Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी रंगशालाको पुनर्निर्माण सुरु, जीर्ण प्याराफिट हटाएर नयाँ संरचना निर्माण गरिने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ५, २०८२
नारायणी रंगशालाको पुनर्निर्माण सुरु, जीर्ण प्याराफिट हटाएर नयाँ संरचना निर्माण गरिने

वीरगंज (पर्सा), ५ चैत । लामो समयदेखि जीर्ण अवस्थामा रहेको नारायणी रंगशालाको प्याराफिट पुनर्निर्माण प्रक्रिया बिहीबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ । मधेश प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले एक कार्यक्रमबीच शिलान्यास गर्दै निर्माण कार्यको शुभारम्भ गरेका हुन् । शिलान्यास समारोहमा बोल्दै उनले सम्झौतामा उल्लेखित समयसीमाभित्रै काम सम्पन्न हुने विश्वास व्यक्त गरे । यद्यपि, गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा हालै सम्पन्न निर्वाचनका कारण निर्माण कार्य केही समय ढिलाइ भएको जनाइएको छ ।

सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत रंगशालाको पुनर्निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको थियो । सोही बजेटअन्तर्गत ब्लक ‘सि’ को प्याराफिट निर्माणको जिम्मा काठमाडौंस्थित अन्कुर निर्माण सेवा ले २ करोड १७ लाख ७२ हजार रुपैयाँ (भ्याट बाहेक) मा पाएको छ । राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर शिवचन्द्र यादवका अनुसार तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नै रंगशाला पुनर्निर्माणका लागि बजेट व्यवस्था गरेको थियो । हाल बजेट निकासा भएपछि निर्माण प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । अहिले पुराना जीर्ण संरचनाहरू डोजर प्रयोग गरेर भत्काउने काम सुरु भइसकेको छ ।

पहिलो चरणमा पुराना प्याराफिट हटाएर नयाँ संरचना निर्माण गरिने योजना रहेको छ । पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक कुमार कानुले रंगशालाको बिग्रँदो अवस्थालाई ध्यानमा राख्दै चरणबद्ध रूपमा पुनर्निर्माण गरिने बताए । करिब ३५ हजार दर्शक क्षमता रहेको नारायणी रंगशाला, दशरथ रंगशाला पछिको दोस्रो ठूलो रंगशालाका रूपमा चिनिन्छ । तर मर्मत अभावका कारण पछिल्ला वर्षहरूमा यसको प्रयोग घट्दै गएको थियो ।

स्थानीय खेलप्रेमी र खेलाडीहरूले करिब एक दशकदेखि रंगशालाको पुनर्निर्माणको माग गर्दै आएका थिए । संघीय तथा प्रदेश संसदमा समेत यस विषयमा पटक–पटक आवाज उठाइएको थियो । वि.सं. २०३८ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ को पहलमा फुटबल मैदान, क्रिकेट मैदान तथा कवर्ड हल निर्माणका लागि १७ बिघा १० कट्ठा जग्गा अधिग्रहण गरिएको थियो । वि.सं. २०४२ मा निर्माण सम्पन्न भएको रंगशालाको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहले गरेका थिए ।

एक समय राष्ट्रियस्तरका प्रतियोगिताहरूको केन्द्र बनेको यो रंगशाला लामो समयदेखि उपेक्षाका कारण निष्क्रियजस्तै बनेको थियो । पुनर्निर्माण कार्य सुरु भएसँगै अब यो रंगशाला पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

Tags: नारायणी रंगशाला
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि