Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राजनीतिक नियुक्ति फिर्ता लिन प्रधानमन्त्रीलाई प्रभु साहको आग्रह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २, २०८२
राजनीतिक नियुक्ति फिर्ता लिन प्रधानमन्त्रीलाई प्रभु साहको आग्रह

मौलापुर (रौतहट), २ चैत । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले हालै गरेको राजनीतिक नियुक्तिसम्बन्धी निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा यस्तो निर्णय सुशासन र पारदर्शिताको मर्मविपरीत रहेको बताएका हुन् ।

साहले हालको सरकार ‘जेन–जी विद्रोह’को पृष्ठभूमिमा बनेको भन्दै त्यही आन्दोलनको नाममा बनेको सरकारले आफ्नै निकट व्यक्तिहरूलाई राज्यका महत्वपूर्ण निकायमा नियुक्त गर्नु गलत अभ्यास भएको टिप्पणी गरे । निर्वाचन सम्पन्न गराइसकेर सरकार बहिर्गमनको चरणमा पुगिसकेको अवस्थामा यस्ता नियुक्ति गर्नु उपयुक्त नहुने उनको धारणा छ ।

उनले सरकारको पछिल्लो निर्णयले सुशासन र पारदर्शितामाथि आघात पुगेको उल्लेख गर्दै यसलाई निन्दनीय र आपत्तिजनक कदमका रूपमा व्याख्या गरेका छन् । अध्यक्ष साहले निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएका गृहमन्त्री ओम प्रकाश अर्याललाई मन्त्रिपरिषद्ले राष्ट्रिय सभामा मनोनयनका लागि सिफारिस गरेको विषयप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् ।

यस्तो निर्णयले राजनीतिक मर्यादा र नैतिकताको सवाल उठाएको उनको भनाइ छ । त्यसैगरी प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोष को अध्यक्षमा नियुक्त गरेको विषयलाई पनि साहले कडा आलोचना गरेका छन् । उनका अनुसार यस्तो निर्णयले सुशासन र पारदर्शिताको सिद्धान्तमाथि नै प्रश्न उठाएको छ ।

साहले यसअघि पनि जेन–जी आन्दोलनका शहीद परिवारको नाममा आफ्नै परिवारका सदस्यलाई जागिर दिइएको आरोप लागेको स्मरण गराउँदै यस्ता निर्णयहरूले आन्दोलनको मूल भावना कमजोर बनाउने बताएका छन् । उनले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको भएपनि त्यसलाई सार्वजनिक नगरिएकोप्रति पनि असन्तुष्टि जनाएका छन् ।

प्रतिवेदन सार्वजनिक नगरी आफ्ना निकट व्यक्तिलाई राज्यका महत्वपूर्ण निकायमा नियुक्त गर्न सरकारले ध्यान केन्द्रित गरेको भन्दै उनले यसलाई लज्जास्पद अवस्था भएको टिप्पणी गरे । अध्यक्ष साहले प्रधानमन्त्रीलाई ती विवादित निर्णय तत्काल फिर्ता लिन तथा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

Tags: राजनीतिक नियुक्ति निर्णय फिर्ता लिन आग्रह
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि