Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा फागुनमा ८४ अपराधका मुद्दा दर्ता : ५२ हजारभन्दा बढी ट्रामाडोल बरामद

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २, २०८२
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

वीरगंज (पर्सा), २ चैत । पर्सा जिल्लामा फागुन महिनामा विभिन्न प्रकारका ८४ वटा अपराधका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार उक्त अवधिमा लागूऔषध नियन्त्रण, अपराध अनुसन्धान तथा शान्ति सुरक्षा व्यवस्थापनमा उल्लेखनीय गतिविधि सञ्चालन गरिएको छ । प्रहरीका अनुसार दर्ता भएका अपराधमध्ये २१ सामाजिक अपराध, १९ संगठित तथा आर्थिक अपराध, १३ ज्यानसम्बन्धी, १० चोरीसम्बन्धी, ८ महिला तथा बालबालिका सम्बन्धी, ६ आत्महत्या, २ सवारी ज्यान र ५ अन्य अपराध रहेका छन् ।

यसैगरि फागुन महिनामा लागूऔषध सम्बन्धी ५ वटा मुद्दा दर्ता भई ५ जना पक्राउ परेका छन् । प्रहरीले विभिन्न स्थानबाट ३४२ किलो गाँजा, ०.२६ ग्राम ब्राउन सुगर तथा ५२ हजार ३०० ट्रामाडोल क्याप्सुल बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट ५१ जना फरार प्रतिवादी पक्राउ गरिएको छ । यसैगरी फैसला कार्यान्वयन अभियान अन्तर्गत ४७ जना पक्राउ गरी १२ वर्ष ३ महिना कैद तथा ३ लाख ४८ हजार ४५५ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालयको विवरण अनुसार फागुन महिनामा ४८ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् । तीमध्ये ४५ वटा मिलापत्रमार्फत टुंग्याइएको छ भने अधिकांश उजुरी वीरगञ्ज महानगरपालिका क्षेत्रबाट आएका छन् । यस अवधिमा ६ वटा झुण्डिएर आत्महत्याका घटना दर्ता भएका छन् । प्रहरीको तथ्यांक अनुसार आत्महत्या गर्नेमा १६–२५ वर्ष उमेर समूहका ५ जना रहेका छन् भने ६० वर्षभन्दा माथिका १ जना छन् ।

यसैगरि फागुन महिनामा पर्सामा ७३ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ३ जनाको मृत्यु र २८ जना घाइते भएका छन् । ट्राफिक कारवाहीबाट ९४५ सवारी साधनलाई कारवाही गरी १२ लाख १९ हजार ५०० रुपैयाँ जरिवाना उठाइएको छ । प्रहरीले विभिन्न स्थानबाट ५ करोड ४९ लाख २९ हजार ६१९ रुपैयाँ बराबरका सामान राजश्व चुहावट नियन्त्रणका क्रममा बरामद गरेको जनाएको छ । साथै भन्सार छलीबाट करिब ३ लाख ७९ हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको छ ।

प्रहरीले लागूऔषध, महिला हिंसा, बालविवाह, ट्राफिक सचेतना लगायतका विषयमा ६३ वटा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रममा १ हजार ७५१ जना लाभान्वित भएका छन् । प्रहरीका अनुसार अपराध नियन्त्रणका लागि सिसिटिभी तथा डिजिटल निगरानी, सामुदायिक सचेतना, गस्ती तथा चेकजाँच कडाइ, सूचना संकलन सञ्जाल र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिइएको छ । प्रहरीले सीमावर्ती जिल्लाको संवेदनशीलतालाई ध्यानमा राख्दै सीमामा चेकजाँच कडाइ, रात्री चेकिङ तथा स्ट्यान्डबाइ टोली परिचालन गरेर शान्ति सुरक्षालाई प्रभावकारी बनाइएको जनाएको छ ।

Tags: एक महिनामा ८४ अपराधका मुद्दा दर्ता
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

अशोज ३१, २०८३
औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

अशोज ३१, २०८३
चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

अशोज ३१, २०८३
चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

अशोज ३१, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि