Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सन्तपुरमा दलितमाथि कुटपिट : छानबिनका लागि दलित आयोगको टोली घटनास्थलमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २, २०८२
सन्तपुरमा दलितमाथि कुटपिट : छानबिनका लागि दलित आयोगको टोली घटनास्थलमा

सन्तपुर (रौतहट), २ चैत । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरमा दलित समुदायमाथि भएको कुटपिट घटनाबारे छानबिन गर्न राष्ट्रिय दलित आयोगको टोली घटनास्थल पुगेको छ । आयोगले घटनालाई गम्भीर रूपमा लिँदै पीडित परिवारसँग भेटघाट गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको हो ।

आयोगका सदस्य सुन्दर पुर्कुटीको नेतृत्वमा आएको टोली सोमबार सन्तपुर पुगेर पीडित परिवार र पीडक परिवार सँग छुट्टाछुट्टै भेट गर्दै घटनाबारे विस्तृत जानकारी लिएको छ । टोलीले घटनाको पृष्ठभूमि, पीडितको स्वास्थ्य अवस्था तथा स्थानीय सरोकारवालासँग छलफल गरी आवश्यक तथ्य संकलन गरेको जनाएको छ ।

फागुन १९ गते होली पर्वको पूर्वसन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि उक्त घटना भएको बताइएको छ । बिर्जा राम चमारले सामान्य विवादपछि स्थानीय भुनेश्वर यादव, पसिन्द्र यादवकोसहितको समूह लाठी–भाटा लिएर साँझ करिब ६ बजे घरमै पसेर कुटपिट गरेको बताएका थिए । उनका अनुसार सो समूहले घरभित्र रहेका श्रीमती, छोरीसहित ६ जनामाथि निर्घात कुटपिट गर्नुका साथै घरका सामान तोडफोड गरेको थियो । घरमा रहेका दुईवटा मोबाइलसमेत फोडिएको उनले बताए ।

कुटपिटबाट बिर्जा राम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी श्रीमती गायत्री देवी रामको शरीरभरि निलडाम परेको देखिएको छ । त्यस्तै उनका छोरा राजकुमार रामको टाउकोमा तीन टाँका लागेको छ भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेर सात टाँका लागेको छ । ललन राम चमारको अनुहार र शरीरमा चोटपटक लागेको छ भने नरेश राम चमारको टाउको र आँखामा चोट लागेको पीडित पक्षले जनाएको छ । पीडित बिर्जा राम चमारको उजुरीका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिताराम रिजालको निर्देशनपछि इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियामा बुधबार उक्त मुद्दा दर्ता गरिएको हो ।

घटनामा संलग्न भनिएका पसिन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । अन्य आरोपीहरू भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव भने फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । हाल सम्म पीडित परिवारलाई डर त्रास भइरहेको पीडित परिवारले बताएका हुन । पीडित परिवारसँग कुराकानी गर्दै आयोगका सदस्य पुर्कुटीले जातीय आधारमा हुने हिंसा कानुनविपरीत गम्भीर अपराध भएको उल्लेख गर्दै यस्ता घटनाप्रति राज्य संवेदनशील हुनुपर्ने बताए । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गराउने र पीडितलाई न्याय दिलाउन आयोगले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

घटनास्थल अवलोकनका क्रममा पूर्व मन्त्री विश्वेन्द्र पासवान, फतूवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी विजय यादव निर्बिज, दलित नेता राजेश निर्मानी, ईलाका प्रहरी कार्यलय विजयपुरका प्रमुख , सशस्त्र प्रहरी प्रमुख लगायत दलित अभियन्ता लगायत स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो । आयोगको टोलीले यसैक्रममा स्थानीय जनप्रतिनिधिसँग पनि भेटेर घटनाको अवस्था तथा शान्ति सुरक्षाबारे जानकारी लिएको जनाएको छ ।

Tags: दलित आयोगको टोली घटनास्थलमा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३
हरिखेतान बहुमुखी क्याम्पसमा बबालः क्याम्पस प्रमुखमाथि कालोमोसो, शिक्षकबीच कुटाकुट !

हरि खेतान क्याम्पसमा कुटाकुटपछि पठन पाठन बन्द

जेष्ठ १, २०८३
संविधान संशोधन बहसमा पर्साका तीन जेनजी युवा आमन्त्रित

संविधान संशोधन बहसमा पर्साका तीन जेनजी युवा आमन्त्रित

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि