Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेकपा नेता मनोज चौधरी पक्राउ प्रकरणः ‘फसाउने षड्यन्त्र’को आरोप, १३ दिनदेखि प्रहरी हिरासतमा

अधिवक्ता सुरेन्द्र कुर्मीले चौधरी बम बनाउने वा विस्फोट गराउने प्रवृत्तिका व्यक्ति नभएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै चौधरी लामो समयदेखि विद्यार्थी राजनीतिबाट उदाएका नेता भएको र उनीजस्ता व्यक्तिले आफ्नै गाडीमा बम राखेर हिँड्न नसक्ने बताएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १, २०८२
नेकपा नेता मनोज चौधरी पक्राउ प्रकरणः ‘फसाउने षड्यन्त्र’को आरोप, १३ दिनदेखि प्रहरी हिरासतमा

वीरगंज (पर्सा), १ चैत । मनोज चौधरीलाई लक्षित गर्दै उनलाई फसाउने प्रयास भएको भन्दै पर्सामा जनस्तरबाट आवाज उठ्न थालेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पर्सा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका चौधरीलाई पक्राउ गरिएको घटनाले राजनीतिक तथा सामाजिक वृत्तमा चर्चा र विवाद दुवै बढाएको छ ।

निर्वाचनअघि उनी सवार गाडीबाट शंकास्पद वस्तु फेला परेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका चौधरी हाल १३ दिनदेखि जिल्ला प्रहरी कार्यालय पर्सा को हिरासतमा छन् । प्रहरीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनभन्दा दुई दिनअघि चौधरी सवार गाडीबाट शंकास्पद वस्तु भेटिएको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर यति लामो समयसम्म अनुसन्धानकै नाममा हिरासतमा राखिएको भन्दै विभिन्न क्षेत्रबाट निष्पक्ष छानबिनको माग उठ्न थालेको छ ।

वीरगंजका अधिवक्ता सुरेन्द्र कुर्मीले चौधरी बम बनाउने वा विस्फोट गराउने प्रवृत्तिका व्यक्ति नभएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै चौधरी लामो समयदेखि विद्यार्थी राजनीतिबाट उदाएका नेता भएको र उनीजस्ता व्यक्तिले आफ्नै गाडीमा बम राखेर हिँड्न नसक्ने बताएका छन् । जो जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य पनि हुन्, उनले घटनामा षड्यन्त्रको सम्भावना रहेको उल्लेख गर्दै निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न माग गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका युवा नेता राकेश यादवले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै चौधरीलाई आफूले विद्यार्थी नेताका रूपमा चिन्ने गरेको बताएका छन् । उनका अनुसार चौधरी बम बोकेर हिँड्ने व्यक्तित्व नभएकाले घटनाबारे राज्यले छिटो सत्यतथ्य सार्वजनिक गर्नुपर्छ । त्यसैगरी नेपाली कांग्रेस पर्साका सह–सचिव नविन सिंहले पनि विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय चौधरीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

प्रहरी कारबाहीमाथि प्रश्न
पर्साका केही युवाहरूले समेत चौधरीलाई फसाउने योजनाबद्ध प्रयास भएको आशंका व्यक्त गरेका छन् । १३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान भइरहेको भन्दै प्रहरीको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ । यसअघि नेकपा पर्साका नेताहरूले पनि आफ्ना उम्मेदवारलाई योजनाबद्ध रूपमा फसाउने प्रयास भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका थिए ।

चौधरीका परिवारजनले भने चुनावी समयमा उनको ज्यान लिन सक्ने षड्यन्त्र भएको दाबी गर्दै प्रहरीले उल्टै उनलाई हिरासतमा राखेर दुःख दिएको आरोप लगाएका छन् । प्रहरीले घटनासँग सम्बन्धित भन्दै चार जनालाई नियन्त्रणमा राखेको जनाएको छ । वीरगंज महानगरपालिका–१७ निवासी मनोज चौधरी, पर्सागढी नगरपालिका–३ निवासी सत्यनारायण थारु, बारा प्रसौनी गाउँपालिका–४ निवासी चालक सहाब आलम अन्सारी र धनुषा धनुषाधाम नगरपालिका–९ निवासी सुरज कार्की प्रहरी हिरासतमा छन् ।

परिवारजनका अनुसार सुरज कार्की शंकास्पद वस्तु फेला परेको गाडीमा नभई अर्को गाडीमा सवार रहेपनि प्रहरीले उनलाई सोही गाडीमा सवार देखाएर नियन्त्रणमा लिएको आरोप लगाइएको छ । यता नेपाल प्रहरीले भने घटनाबारे अनुसन्धान अझै जारी रहेको जनाएको छ ।

Tags: चुनावअघि पक्राउ परेका मनोज चौधरी १३ दिनदेखि हिरासतमा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

अशोज ३१, २०८३
औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

अशोज ३१, २०८३
चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

अशोज ३१, २०८३
चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

अशोज ३१, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि