Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ओमप्रकाश सर्राफको पक्षमा व्यापक समर्थन : इनर्वामा युवाहरू प्रवेश, नगवामा रात्रीसभामा !

जनमतप्रति युवाहरुको उत्साह बढ्दो, “हर्न” जिताउने अभियानमा जुट्ने घोषणा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १८, २०८२
ओमप्रकाश सर्राफको पक्षमा व्यापक समर्थन : इनर्वामा युवाहरू प्रवेश, नगवामा रात्रीसभामा !

वीरगंज (पर्सा), १८ फागुन । पर्सा–१ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । यसबीच जनमत पार्टीले युवाकेन्द्रित अभियानलाई थप सशक्त बनाउँदै आफ्नो चुनावी रणनीति अगाडि बढाएको छ । वीरगंज महानगरपालिका-१६ इनर्वा र नगवामा सम्पन्न दुई छुट्टाछुट्टै कार्यक्रममा देखिएको युवा सहभागिताले पर्सा-१ को चुनावी समीकरणमा नयाँ सन्देश दिएको विश्लेषण गरिएको छ ।

इनर्वामा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थित केही युवाहरू औपचारिक रूपमा जनमत पार्टीमा प्रवेश गरेका छन् । क्षेत्र नम्बर–१ स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नवप्रवेशी युवाहरूलाई पार्टीका क्षेत्रीय नेताहरूले सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए । प्रवेशसँगै उनीहरूले अब पर्सा–१ मा जनमत पार्टीको ‘हर्न’ चुनाव चिन्हलाई विजयी गराउन सक्रिय रूपमा लाग्ने घोषणा गरे ।

नवप्रवेशी युवाहरूले क्षेत्रको विकास, सुशासन र रोजगारीलाई प्राथमिक एजेन्डा बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले जनमत पार्टीको नीति तथा कार्यक्रम आफूहरूलाई उपयुक्त लागेको उल्लेख गर्दै स्थानीय जनताको अपेक्षा पूरा गर्ने अभियानमा जुट्ने बताएका छन् । कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले पनि युवाहरूको निर्णयलाई सकारात्मक रूपमा लिँदै स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने धारणा राखेका थिए ।

यसैबीच, वडा नं. १६ कै नगवा पोखरी परिसरमा जनमत पार्टीले आयोजना गरेको भव्य रात्रीसभामा जेन–जी युवाहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । साँझपछिको समयमा सम्पन्न कार्यक्रममा उत्साहजनक सहभागिता, नाराबाजी र प्रतिबद्धताले चुनावी माहोललाई थप ऊर्जा दिएको थियो । सहभागी युवाहरूले परिवर्तनका लागि निर्णायक जनमत आवश्यक रहेको औंल्याउँदै पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफलाई अत्याधिक मतले विजयी गराउन अपिल गरेका थिए ।

वक्ताहरूले सर्राफ मधेशको अधिकार, पहिचान र विकासका मुद्दामा निरन्तर सक्रिय नेतृत्व भएको उल्लेख गर्दै युवामैत्री नीति, पारदर्शी शासन र स्थानीय रोजगारी सिर्जनामा जोड दिएका थिए । ‘अब पुस्तान्तरणको समय आएको छ, युवाको नेतृत्व स्थापित गर्नुपर्छ,’ एक सहभागी युवाले भने । दुवै कार्यक्रममा देखिएको युवा सहभागिता र सक्रियताले पर्सा–१ मा युवा मत निर्णायक बन्न सक्ने संकेत दिएको छ । जनमत पार्टीका पदाधिकारीहरूले आगामी दिनमा घरदैलो, टोलसभा, अन्तरक्रिया तथा सामाजिक सञ्जालमार्फत प्रचारलाई अझ प्रभावकारी बनाउने जानकारी दिएका छन् ।

निर्वाचन नजिकिँदै जाँदा पर्सा–१ मा प्रतिस्पर्धा चर्किँदै गएको छ । तर इनर्वा र नगवामा देखिएको उत्साहले जनमत पार्टीप्रति युवाहरूको आकर्षण बढ्दो क्रममा रहेको सन्देश दिएको छ । अब ‘हर्न’ छापलाई जिताउने लक्ष्यसहित अभियानलाई तीव्रता दिइने जनाइएको छ, जसले आगामी निर्वाचनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Tags: इनर्वाबाट सुरु युवा ध्रुवीकरण : जनमतको पक्षमा बढ्दो समर्थन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

अशोज ३१, २०८३
औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

अशोज ३१, २०८३
चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

अशोज ३१, २०८३
चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

अशोज ३१, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि