Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा क्षेत्र २ : ‘होल बडी चेकअप’ मोडल, ३५ वडाको समस्या पहिचानदेखि समाधानको प्रेस्किप्सनसम्म

‘मान्छे बिरामी हुँदा अन्दाजको भरमा औषधी खाएर हुँदैन, पहिला ‘होल बडी चेकअप’ गरेर रोग पत्ता लगाउनुपर्छ,’ उनी भन्छन्, ‘मैले ३ वर्ष ९ महिना लगाएर मेरो क्षेत्रका ३५ वटै वडाको चेकअप गरिसकेको छु ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १२, २०८२
पर्सा क्षेत्र २ : ‘होल बडी चेकअप’ मोडल, ३५ वडाको समस्या पहिचानदेखि समाधानको प्रेस्किप्सनसम्म

वीरगंज (पर्सा), १२ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्य पदका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट उम्मेदवारी दिएका रूपेश पाण्डे यतिबेला फरक शैली, स्पष्ट एजेन्डा र आत्मविश्वासका साथ चुनावी मैदानमा सक्रिय छन् । काठमाडौंको स्थापित व्यवसाय छाडेर चार वर्षदेखि निरन्तर गाउँ गाउँ पुग्दै जनतासँग प्रत्यक्ष संवाद गरिरहेका पाण्डे आफूलाई ‘नेता’ भन्दा पनि जनताको सुख दुःखको ‘साथी’ र विकासको ‘मुखिया’का रूपमा प्रस्तुत गर्न चाहन्छन् ।

व्यवसायिक रूपमा सफल हुँदाहुँदै पनि आफ्नै माटोको अवस्था देखेर राजनीतिमा होमिएको बताउने पाण्डेले आफ्नो चुनावी अभियानलाई ‘होल बडी चेकअप’को रूपकसँग जोड्दै आएका छन् । ‘मान्छे बिरामी हुँदा अन्दाजको भरमा औषधी खाएर हुँदैन, पहिला ‘होल बडी चेकअप’ गरेर रोग पत्ता लगाउनुपर्छ,’ उनी भन्छन्, ‘मैले ३ वर्ष ९ महिना लगाएर मेरो क्षेत्रका ३५ वटै वडाको चेकअप गरिसकेको छु ।

अब मसँग रोगको पहिचान मात्र होइन, उपचारको प्रेस्किप्सन पनि तयार छ ।’ उनका अनुसार पर्सा–३ को सबैभन्दा जटिल समस्या कृषि उपजले बजार नपाउनु हो । धोरेदेखि भाठासम्मका क्षेत्रमा किसानले उत्पादन गरेका तरकारी, अण्डा र दूधले उचित बजार नपाउँदा पशुलाई खुवाउनुपर्ने वा फाल्नुपर्ने अवस्था रहेको उनले बताए । ‘किसानले मेहनत गर्छ, उत्पादन गर्छ तर मूल्य पाउँदैन । यही कारणले युवा विदेशिन बाध्य छन्,’ पाण्डेले भने ।

कृषि क्षेत्रमा देखिएको यो संकट समाधानका लागि उनले चारवटा आधुनिक ‘कोल्ड स्टोर’ स्थापना गर्ने योजना अघि सारेका छन् । उत्पादन संकलन, भण्डारण र बजार व्यवस्थापनलाई एउटै श्रृङ्खलामा बाँधेर किसानलाई न्यूनतम मूल्य सुनिश्चित गर्ने उनको दाबी छ । ‘उत्पादनदेखि बजारसम्मको शृंखला मजबुत भयो भने किसानले उचित मूल्य पाउँछन्, युवाले यहीँ अवसर पाउँछन्,’ उनले जोड दिए ।

शिक्षा र स्वास्थ्य क्षेत्र पनि आफ्नो प्राथमिकतामा रहेको पाण्डे बताउँछन् । पर्सा–३ मा ११७ वटा विद्यालय र ९३ वटा स्वास्थ्य संस्था भएपनि तिनको गुणस्तर सन्तोषजनक नभएको उनको निष्कर्ष छ । निर्वाचित भएमा सांसदको भूमिकालाई केवल नीति निर्माणमा सीमित नराखी प्रत्यक्ष अनुगमन गर्ने उनको योजना छ । ‘सांसद भनेको मन्त्री बन्ने प्रतीक्षामा बस्ने पद होइन,’ पाण्डे भन्छन्, ‘गरिबका छोराछोरी स्कुल गएका छन् कि छैनन्, झोलामा कपी कलम छ कि छैन, शिक्षक कक्षामा छन् कि छैनन् भन्ने हेर्ने जिम्मेवारी पनि सांसदकै हो ।’ उनले विद्यालय व्यवस्थापन समितिसँग नियमित समन्वय र सार्वजनिक प्रतिवेदन प्रणाली लागू गर्ने प्रतिबद्धता जनाएका छन् ।

खानेपानी, सडक र सिँचाइका अधुरा आयोजनालाई उनले ‘इच्छाशक्ति नभएको नेतृत्व’को परिणाम भनेका छन् । ‘ट्यांकी बनेर पनि पानी नआउने, सडकको टेन्डर भएर पनि काम नहुने, सिँचाइका नहर पुरिएर जाने यी सबै समस्या नेतृत्वको कमजोरीका उदाहरण हुन्,’ उनले आरोप लगाए । आफू निर्वाचित भएमा प्रत्येक योजनाको समयसीमा निर्धारण गरी सार्वजनिक अनुगमन गर्ने व्यवस्था मिलाउने उनको भनाइ छ ।

प्रतिस्पर्धी दल र उम्मेदवारप्रति संकेत गर्दै पाण्डेले लामो समय सत्तामा रहेर पनि आधारभूत विकास गर्न नसक्नेहरूलाई अब विश्राम लिनुपर्ने टिप्पणी गरेका छन् । नयाँ दलहरूलाई भने उनले ‘पानीको फोका’को संज्ञा दिँदै स्थायी नीति र संरचना निर्माण गर्न सक्षम शक्ति आवश्यक रहेको तर्क राखेका छन् । ‘एमालेले मलाई टिकट दिनुको कारण मेरो सामाजिक छवि र काम गर्ने हुटहुटी हो,’ पाण्डे भन्छन्, ‘म राजनीतिमा पैसा कमाउन आएको होइन, पर्सा–३ को मुहार फेर्न आएको हुँ ।’ उनका अनुसार क्षेत्रका मतदाताले उनलाई पार्टीको उम्मेदवार मात्र नभई ‘रूपेश बाबु’का रूपमा स्वीकार गरिरहेका छन् ।

यतिबेला पाण्डे घरदैलो, टोलभेला र किसान युवासँग अन्तरक्रिया कार्यक्रममा व्यस्त छन् । उनले आफ्नो अभियानलाई नारामुखीभन्दा योजनामुखी बनाउने प्रयास गरेको देखिन्छ । कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई चार आधारस्तम्भ बनाएर अघि बढेको उनको प्रचार रणनीति पर्सा–३ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । मतदाताले विकासको स्पष्ट खाका, निरन्तर उपस्थिती र कार्यान्वयनको प्रतिबद्धतालाई कति प्राथमिकता दिन्छन् भन्ने कुराले नै पाण्डेको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।

Tags: रुपेश पाण्डेको ब्रान्डिङ : पार्टीभन्दा माथि उठेर व्यक्तिगत विश्वासको राजनीति
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि