Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

डेढा गाउँमा प्रदीप यादवको जनता दर्शन कार्यक्रम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १२, २०८२
डेढा गाउँमा प्रदीप यादवको जनता दर्शन कार्यक्रम

वीरगंज (पर्सा), १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले मंगलबार वीरगंज महानगरपालिका–३२ टेढा गाउँका विभिन्न टोलमा घरदैलो तथा ‘जनता दर्शन’ कार्यक्रम सञ्चालन गरेका छन् ।

घर घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले सूर्य चुनाव चिन्हमा मतदान गरी एमालेका सम्पूर्ण उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । स्थानीय बासिन्दासँगको भेटघाटमा उनले वर्तमान राजनीतिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै संविधान, सङ्घीय व्यवस्था र राष्ट्रिय अखण्डताको संरक्षणका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए ।

यादवले जेन–जी आन्दोलनपछि मुलुकमा राजनीतिक अन्योल सिर्जना भएको उल्लेख गर्दै त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले दृढ अडानका साथ विदेशी हस्तक्षेपविरुद्ध आवाज उठाएको स्मरण गरे । देशलाई सही दिशामा अघि बढाउन र राष्ट्रिय स्वाधीनता सुदृढ गर्न एमाले नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो ।

आफ्ना दुई कार्यकालको अनुभव प्रस्तुत गर्दै उनले पर्सा जिल्ला र आफ्नो निर्वाचन क्षेत्रमा उल्लेखनीय विकास भएको दाबी गरे । आफू निर्वाचित हुनुअघि र हालको अवस्थाबीच ठूलो अन्तर आएको जिकिर गर्दै सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, सिँचाइ तथा विद्युत् विस्तारमा व्यापक प्रगति भएको बताए । पुनः जनताबाट अवसर पाए अधुरा योजना तीव्र गतिमा सम्पन्न गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

आगामी योजनाबारे जानकारी दिँदै उनले युवा बेरोजगारी न्यूनीकरण, स्वदेशमै रोजगारी सिर्जना, महिला सशक्तीकरण कार्यक्रम, कृषि र पर्यटन प्रवद्र्धन तथा स्थानीय उद्योग स्थापना मार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य सुनाए ।

प्रतिस्पर्धी उम्मेदवारप्रति टिप्पणी गर्दै यादवले केही व्यक्ति चुनावी समयमा मात्र सक्रिय हुने प्रवृत्ति रहेको आरोप लगाए । आफू भने निरन्तर जनतासँग सम्पर्कमा रही काम गर्दै आएको र भविष्यमा पनि जनताकै साथमा रहेर सेवा गर्ने प्रतिबद्धता जनाए । घरदैलो तथा जनता दर्शन कार्यक्रममा एमालेका केन्द्रीय र स्थानीय नेताकार्यकर्ता, विभिन्न टोलका बासिन्दा, युवा, महिला तथा ज्येष्ठ नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि