Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गहवा टोलमा रामकिशोर सिंहको घरदैलो, ‘काम गर्ने नेतृत्व’का पक्षमा स्थानीयको समर्थन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ११, २०८२
गहवा टोलमा रामकिशोर सिंहको घरदैलो, ‘काम गर्ने नेतृत्व’का पक्षमा स्थानीयको समर्थन

वीरगंज (पर्सा), ११ फागुन । उज्यालो नेपाल पार्टी का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले शुक्रबार वीरगंज महानगरपालिका–८ अन्तर्गत गहवा टोलमा सघन घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् । कार्यक्रममा स्थानीय बासिन्दा तथा युवाहरूले फूलमाला लगाएर उम्मेदवार सिंहको आत्मीय स्वागत गरेका थिए ।

घरदैलोका क्रममा स्थानीयहरूले विगतमा विभिन्न दल र उम्मेदवारबाट विकास तथा रोजगारीका नाममा आश्वासन मात्रै पाएको तर व्यवहारमा उल्लेखनीय उपलब्धि नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे । चुनावको बेला युवालाई प्रयोग गर्ने, रोजगारीको वाचा गर्ने र जितिसकेपछि जनतासँग सम्पर्कविहीन हुने प्रवृत्तिबाट दिक्क भएको उनीहरूको भनाइ थियो ।

यसपटक भने परिणाम दिन सक्ने नयाँ र सक्षम उम्मेदवारलाई साथ दिने प्रतिबद्धता स्थानीयहरूले जनाएका छन् । सहभागीहरूले कुलमान घिसिङको कार्यशैलीलाई उदाहरणका रूपमा उल्लेख गर्दै ‘काम गर्ने नेतृत्व’को आवश्यकता औंल्याए । उज्यालो नेपाल पार्टीले त्यही सोच बोकेको दाबी गर्दै उम्मेदवार सिंहप्रति समर्थन व्यक्त गरिएको थियो ।

कार्यक्रममा बोल्दै सिंहले आफू निर्वाचित भएलगत्तै स्थानीय समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राख्दै योजनाबद्ध ढंगले काम अघि बढाइने उनले बताए । ‘युवालाई अवसर दिनु नै समृद्ध समाजको आधार हो,’ उनले भने, ‘स्थानीय उद्योग तथा कलकारखानामा सक्षम र योग्य स्थानीयलाई रोजगारीमा प्राथमिकता दिलाउन पहल गर्नेछु ।’

सिंहले वीरगंज महानगरपालिका–२० मा निर्वाचित भएर काम गर्दा हासिल गरेको अनुभवलाई संघीय संसदसम्म पुर्‍याई क्षेत्रीय विकासका मुद्दा सशक्त रूपमा उठाउने धारणा राखे । स्थानीय तहमा काम गर्दा सिकेको अनुभव र जनताको अपेक्षालाई केन्द्रमा राखेर संसदमा आवाज बुलन्द गर्ने उनको भनाइ थियो । कार्यक्रममा सहभागी स्थानीयहरूले उम्मेदवार सिंहलाई आगामी निर्वाचनमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

गहवा टोलमा सम्पन्न घरदैलो कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको आयोजकले जनाएको छ । चुनाव नजिकिँदै जाँदा गहवा क्षेत्रमा राजनीतिक गतिविधि थप सक्रिय बन्दै गएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि