Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-३ मा एमालेको अभियान तीव्र, जमुनियामा अगुवा भेला सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ११, २०८२
पर्सा-३ मा एमालेको अभियान तीव्र, जमुनियामा अगुवा भेला सम्पन्न

वीरगंज (पर्सा), ११ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत सखुवा प्रसौनी गाउँपालिका वडा नं. २ जमुनियामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले चुनावी गतिविधि तीव्र पारेको छ । पार्टीले अगुवा नेता तथा सक्रिय कार्यकर्तासँग भेटघाट तथा रणनीतिक छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम सम्पन्न गर्न एमालेका नेता तथा सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल ले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उक्त भेलामा स्थानीय तहका अगुवा नेता, युवा कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । छलफलका क्रममा संगठनलाई थप मजबुत बनाउने, घरदैलो अभियानलाई प्रभावकारी बनाउने, मतदाता सम्पर्क विस्तार गर्ने तथा विकासका एजेण्डालाई जनस्तरसम्म पुर्‍याउने विषयमा विस्तृत रणनीति तय गरिएको सहभागीहरूले जानकारी दिएका छन् ।

वक्ताहरूले पर्सा–३ को दीर्घकालीन विकासका लागि कृषि क्षेत्रमा आधुनिकीकरण, सडक तथा अन्य पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा युवालाई रोजगारीसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । उनीहरूले स्थायित्व, सुशासन र समृद्धिका लागि एमाले नै सक्षम र विश्वसनीय शक्ति भएको दाबीसमेत गरे ।

छलफलका क्रममा पर्सा–३ का युवा उम्मेदवार रूपेश पाण्डेको सक्रियताबारे सकारात्मक चर्चा भएको बताइएको छ । विगत केही वर्षदेखि गाउँ–टोलमा पुगेर जनताका समस्या बुझ्दै आएका पाण्डेप्रति स्थानीय तहमा विश्वास र अपेक्षा बढ्दै गएको नेताहरूले उल्लेख गरे । फागुन २१ गते हुने निर्वाचनमा उनलाई विजयी बनाउन सबै तहबाट सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरिएको जनाइएको छ ।

कार्यक्रममा नेता जयसवालले संगठनलाई एकताबद्ध, अनुशासित र परिणाममुखी ढंगले अघि बढाउन आग्रह गरे। उनले प्रत्येक टोल र बस्तीमा पुगेर पार्टीका नीति, कार्यक्रम र विकास दृष्टिकोण स्पष्ट रूपमा जनतामाझ पुर्‍याउन कार्यकर्तालाई निर्देशन दिएका थिए । पर्सा–३ मा राजनीतिक प्रतिस्पर्धा चर्किंदै गइरहेको अवस्थामा जमुनियामा सम्पन्न यो कार्यक्रमलाई एमालेको पक्षमा वातावरण निर्माण गर्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ । पार्टीका नेताहरूका अनुसार अब घरदैलो, टोलसभा, युवासँग अन्तरक्रिया तथा जनसम्पर्क कार्यक्रमलाई थप तीव्रता दिइनेछ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि