Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-२ मा टेमानीको तीव्र चुनावी दौड, खानेपानीदेखि ढल निकाससम्मका मुद्दामा प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ११, २०८२
पर्सा-२ मा टेमानीको तीव्र चुनावी दौड, खानेपानीदेखि ढल निकाससम्मका मुद्दामा प्रतिबद्धता

वीरगंज (पर्सा), ११ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक कुमार टेमानीले चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार टेमानीले सोमबार वीरगंज महानगरपालिका वडा नं. १ मा घरदैलो कार्यक्रमसँगै अगुवा कार्यकर्ता भेला आयोजना गरेका हुन् ।

घरदैलो अभियानका क्रममा टेमानीले ज्येष्ठ नागरिक, महिला, युवा तथा व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका दैनिक जीवनसँग जोडिएका समस्या र अपेक्षा सुने । आयोजित अगुवा भेलामा स्थानीय बुद्धिजीवी, समाजसेवी, व्यवसायी तथा टोल विकास समितिका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा उनले आफू केवल मत माग्न नभई जनताका गुनासा बुझेर समाधानका लागि स्पष्ट प्रतिबद्धता जनाउन आएको बताए ।

स्थानीय बासिन्दाले सबैभन्दा बढी उठाएको मुद्दा खानेपानीको अभाव थियो। नियमित तथा स्वच्छ पानी नपाउने, चापाकल र धारामा पानी नआउने तथा गुणस्तर कमजोर हुँदा स्वास्थ्यमा असर परेको गुनासो गरिएको थियो । यसबारे टेमानीले संघीय तहबाट पहल गरी दीर्घकालीन खानेपानी आयोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षा क्षेत्रको अवस्था पनि सन्तोषजनक नभएको अभिभावकहरूको भनाइ थियो । सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारको कमी, शिक्षक दरबन्दी अभाव र गुणस्तरीय शिक्षाको समस्या रहेको उनीहरूले बताएका छन् । यसप्रति टेमानीले विद्यालय स्तरोन्नति, प्राविधिक शिक्षा विस्तार तथा युवालाई रोजगारीमुखी सीप प्रदान गर्ने कार्यक्रम ल्याउने योजना रहेको बताए ।

स्वास्थ्य सेवा पहुँच र गुणस्तरसमेत स्थानीय सरोकारको विषय बनेको छ । सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता, औषधिको अभाव र स्वास्थ्यकर्मी कमीबारे गुनासा उठेका छन् । टेमानीले वडास्तरमै प्राथमिक स्वास्थ्य सेवा प्रभावकारी बनाउने र सरसफाइ अभियानलाई सुदृढ गर्ने आश्वासन दिए ।

यस्तै, वर्षायाममा देखिने बाढी तथा पानी जम्ने समस्या पनि वडा नम्बर १ का बासिन्दाको चिन्ताको केन्द्रमा छ । कमजोर नाला र ढल निकास प्रणालीका कारण सामान्य वर्षामै सडक र घरभित्र पानी पस्ने अवस्था रहेको स्थानीयले बताएका छन् । यस विषयमा टेमानीले वैज्ञानिक ढंगले ढल निकास प्रणाली निर्माण र सडक पूर्वाधार सुदृढीकरणका लागि विशेष योजना ल्याउने प्रतिबद्धता जनाए ।

अगुवा भेलालाई सम्बोधन गर्दै टेमानीले विकास नारामा सीमित नभई व्यवहारमा देखिनुपर्ने धारणा राखे । ‘जनताको घरदैलोमा पुगेर सुनेका समस्या नै मेरा एजेन्डा हुन्,’ उनले भने, ‘खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाइ र ढल निकासका सवालमा संघीय संसद्मा प्रभावकारी आवाज उठाउनेछु ।’ उनले पारदर्शी, जवाफदेही र जनमुखी राजनीतिक अभ्यासलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

अशोज ३१, २०८३
औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

अशोज ३१, २०८३
चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

अशोज ३१, २०८३
चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

अशोज ३१, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि