Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बडेर्वा, तेलिया र फुलवारीयामा सुशील कानुको घरदैलो, भ्रष्टाचारमुक्त देशका लागि घण्टीमा मतदान गर्न अपिल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १०, २०८२
बडेर्वा, तेलिया र फुलवारीयामा सुशील कानुको घरदैलो, भ्रष्टाचारमुक्त देशका लागि घण्टीमा मतदान गर्न अपिल

वीरगंज (पर्सा), १० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले आइतबार पर्सागढी नगरपालिका–९ का बडेर्वा र तेलिया तथा वडा नम्बर ७ को फुलवारीयामा घरदैलो तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन् । टोल टोलमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका कानुले आफ्नो चुनावी प्राथमिकता र योजनाबारे जानकारी गराउँदै घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे ।

उनले मुलुकमा लामो समयदेखि देखिँदै आएको भ्रष्टाचार र बेथितिले अर्थतन्त्र तथा सुशासनमा गम्भीर असर पारेको उल्लेख गर्दै अब परिवर्तन अपरिहार्य भएको बताए । ‘देशलाई सही दिशामा अघि बढाउन घण्टी छापमा मतदान आवश्यक छ,’ उनले मतदातासँग भने । संवादका क्रममा कानुले प्रजातन्त्र स्थापना भएदेखि विभिन्न राजनीतिक शक्तिहरू सत्तामा पुगे पनि सुशासन र पारदर्शितामा अपेक्षित सुधार हुन नसकेको आरोप लगाए । उनले प्रणालीमा देखिएको कमजोरीका कारण विकासको गति अवरुद्ध भएको दाबी गर्दै नयाँ राजनीतिक संस्कार आवश्यक रहेको बताए ।

स्थानीयसँग खुला छलफल गर्दै उनले क्षेत्रका दीर्घकालीन समस्या, त्यसका जरा र सम्भावित समाधानबारे धारणा राखे । निर्वाचित भएपछि महिलाहरूलाई लक्षित गरी घरमै बसेर सिक्न सकिने प्राविधिक तथा सीपमूलक तालिम सञ्चालन गर्ने योजना उनले सुनाए । कृषि, पशुपालन, सिलाइ कटाइ लगायतका सीपमूलक कार्यक्रममार्फत महिलालाई आत्मनिर्भर बनाउने आफ्नो प्राथमिकता रहेको उनले स्पष्ट पारे । ‘सीप र प्रविधिमा पहुँच विस्तार भएमा पारिवारिक आम्दानी वृद्धि हुनेछ र आर्थिक सशक्तीकरणमा ठूलो टेवा पुग्नेछ,’ कानुको भनाइ थियो ।

घरदैलोका क्रममा किसानहरूले जङ्गली जनावरबाट हुने बाली क्षतिको समस्या उठाएका थिए । यस विषयमा कानुले प्रभावकारी नीति निर्माण, उचित क्षतिपूर्ति व्यवस्था र दीर्घकालीन समाधानका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाए । ‘किसानको मेहनतको मूल्य सुरक्षित गर्ने र उनीहरूको पसिनाको सम्मान हुने व्यवस्था गर्न सदनमा सशक्त आवाज उठाउनेछु,’ उनले बताए । कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले कानुलाई नयाँ सोच, स्पष्ट दृष्टिकोण र जनताको कुरा प्रत्यक्ष सुन्ने उम्मेदवारका रूपमा चित्रण गरेका थिए ।

उनीहरूले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक शैलीको नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्दै यसपटक परिवर्तनका लागि रास्वपालाई अवसर दिनुपर्ने बताए । घरदैलो कार्यक्रम उत्साहपूर्ण र शान्त वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ । उम्मेदवार कानुले आगामी दिनमा पनि निर्वाचन क्षेत्रका अन्य बस्तीमा जनसम्पर्क अभियानलाई निरन्तरता दिँदै मतदातासँग प्रत्यक्ष भेटघाट जारी राख्ने जानकारी दिएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि