Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रदीप यादवको अपिल, विकास र स्थिरताका लागि सूर्यमा मतदान

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १०, २०८२
प्रदीप यादवको अपिल, विकास र स्थिरताका लागि सूर्यमा मतदान

वीरगंज (पर्सा), १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका–२१ मा व्यापक घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् । आइतबार बिहानैदेखि सुरु भएको अभियानअन्तर्गत उनले वडाका विभिन्न टोलमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेका थिए ।

घरदैलोका क्रममा उम्मेदवार यादवले मतदातालाई सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे । उनले पर्साको समग्र विकास, आर्थिक समृद्धि र राजनीतिक स्थायित्व सुनिश्चित गर्न एमालेको विजय आवश्यक रहेको धारणा व्यक्त गरे । ‘पर्सालाई विकासको नयाँ चरणमा पुर्‍याउन र स्थिर सरकार निर्माण गर्न सूर्य चिन्हमा मतदान अनिवार्य छ,’ उनले भने ।

पूर्व मन्त्रीसमेत रहेका यादवले आफूले विगतमा सांसद र खानेपानी मन्त्रीका रूपमा निर्वाह गरेको भूमिकाबारे स्मरण गराउँदै त्यस अवधिमा क्षेत्रका लागि सम्पन्न गरिएका योजनाहरू उल्लेख गरे । उनले खानेपानी विस्तार, पूर्वाधार सुधार र आधारभूत सेवाको पहुँच विस्तारमा आफूले खेलेको भूमिकाबारे जानकारी दिँदै अधुरा योजना पूरा गर्न पुनः जनताको साथ आवश्यक रहेको बताए । ‘मैले जिम्मेवारी सम्हालेको समयमा सुरु गरेका कामहरूलाई पूर्णता दिन र नयाँ योजनाहरू अघि बढाउन एमालेको जित जरुरी छ,’ उनले जोड दिए ।

स्थानीय मतदाताले घरदैलोका क्रममा सडक स्तरोन्नति, ढल निकास व्यवस्थापन, सुरक्षित खानेपानी, नियमित विद्युत आपूर्ति, रोजगारीको अवसर, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवाजस्ता समस्याहरू उठाएका थिए । उम्मेदवार यादवले ती सबै माग ध्यानपूर्वक सुनेर प्राथमिकताका आधारमा समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाए । उनले स्थानीय आवश्यकताअनुसार ठोस योजना बनाएर चरणबद्ध रूपमा कार्यान्वयन गरिने बताए ।

यादवले विगतका चुनावमा आफूले गरेका कार्यहरूको समीक्षा गर्दै जनताले प्रत्यक्ष अनुभव गरेका विकास योजनालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । उनले जनप्रतिनिधि जनताको सेवक भएकाले निर्वाचनपछि पनि निरन्तर सम्पर्कमा रहने र समस्याको समाधानका लागि सक्रिय रहने विश्वास दिलाए ।

घरदैलो कार्यक्रममा एमालेका स्थानीय नेता कार्यकर्ता, वडाका जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। अभियान उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको र मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको आयोजकहरूले जनाएका छन् । उम्मेदवार यादवले आगामी दिनमा पनि निर्वाचन क्षेत्रका अन्य वडामा घरदैलो तथा जनसम्पर्क अभियानलाई तीव्रता दिँदै मतदाताको घरदैलोमा पुग्ने कार्यक्रम जारी रहने जानकारी दिएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि