Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेश प्रहरीमा उठेको प्रश्न : व्यक्ति दोषी कि प्रणाली नै कमजोर ?

सादा पोशाकमा परिचालित प्रहरीको भूमिका गोप्य सूचना संकलन, अपराध नियन्त्रण र रणनीतिक अपरेशनमा केन्द्रित हुनुपर्छ । तर यदि यही संयन्त्र असुली र दबाबको माध्यम बन्ने हो भने, त्यसले प्रहरी संगठनको आत्मालाई नै क्षति पुर्‍याउँछ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
फाल्गुन ३, २०८२
डीआईजीको छायाँमा सईको राज : मधेश प्रहरीमा असुली, सरुवा र तस्करीको खतरनाक सेटिङ्ग !

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम यतिबेला गम्भीर आरोप र आन्तरिक असन्तोषको केन्द्रमा छ । प्रहरी संगठनभित्रैबाट उठेका आवाजहरूले केवल कुनै एक व्यक्तिमाथिको आरोप मात्र होइन, समग्र प्रणालीको पारदर्शिता, उत्तरदायित्व र नेतृत्वको विश्वसनीयतामाथि प्रश्न खडा गरेका छन् । बरिष्ठ सई गोपाल थापा मगरमाथि लगाइएका आरोपहरू सामान्य प्रकृतिका छैनन् । आठ जिल्लामा घुमुवा परिचालनमार्फत असुली, तस्करी ‘लाइन’ सञ्चालन, दररेट तोकेर रकम असुली, नमाने सरुवा थन्क्याउने जस्ता दाबीहरू प्रहरी संगठनको आन्तरिक अनुशासन र नैतिक धरातलसँग प्रत्यक्ष जोडिएका छन् ।

यस्ता आरोप पुष्टि भए यो केवल व्यक्तिगत भ्रष्टाचारको मामला नहुनेछ; यो त संस्थागत संरचना कसरी कमजोर बनाइयो भन्ने गम्भीर प्रश्न बन्नेछ । प्रहरी संगठन अनुशासन, आदेश र कमाण्ड चेनमा आधारित संस्था हो । तर जब एउटै कर्मचारीमाथि ‘असामान्य अधिकार’ प्रयोग गरेको, जिल्ला प्रहरी प्रमुखसमेत निरीह बनेको, र डीआईजीको नाम प्रयोग गरी मनपरी निर्णय गरेको आरोप उठ्छ, तब प्रश्न व्यक्ति भन्दा माथि उठ्छ के नेतृत्वले प्रणालीलाई सन्तुलित राख्न सकेको छ ? सबैभन्दा चिन्ताजनक पक्ष घुमुवा प्रणालीको दुरुपयोग हो । सादा पोशाकमा परिचालित प्रहरीको भूमिका गोप्य सूचना संकलन, अपराध नियन्त्रण र रणनीतिक अपरेशनमा केन्द्रित हुनुपर्छ । तर यदि यही संयन्त्र असुली र दबाबको माध्यम बन्ने हो भने, त्यसले प्रहरी संगठनको आत्मालाई नै क्षति पुर्‍याउँछ ।

प्रहरी जवान रमेश हमालको घटनाले यो विवादको मानवीय पाटोलाई उजागर गर्छ । निरन्तर सरुवा, मानसिक दबाब र अस्थिर कार्यस्थलले कुनै पनि कर्मचारीको मनोबल भत्काउन सक्छ । जब संगठनभित्र बोल्न डर लाग्ने वातावरण सिर्जना हुन्छ, त्यहाँ पारदर्शिता र सुधारको अपेक्षा कमजोर बन्छ । विवादित कर्मचारीलाई प्रधान कार्यालय तानेर पुनः काजमा त्यही संवेदनशील क्षेत्रमा फर्काइएको घटनाले अझ ठूलो प्रश्न खडा गरेको छ उजुरी र छानबिन प्रक्रिया कति प्रभावकारी छ ? यदि दर्जनौँ उजुरी परेर पनि औपचारिक छानबिन अघि बढ्दैन भने, त्यो ‘उजुरी गरेपनि केही हुँदैन’ भन्ने सन्देश दिने खतरनाक संकेत हो ।

यो अवस्था मधेश प्रहरीको मात्र समस्या होइन, यो राज्य संयन्त्रको विश्वसनीयतासँग जोडिएको विषय हो । सीमावर्ती क्षेत्रमा तस्करी, अवैध कारोबार र असुलीका आरोपहरू गम्भीर राष्ट्रिय सरोकारका विषय हुन् । यस्ता विषयमा नेतृत्व मौन बस्नु वा ढिलाइ गर्नु संगठनको साखमा दीर्घकालीन चोट पुर्‍याउने कदम हुन सक्छ । अब आवश्यक छ निष्पक्ष, स्वतन्त्र र समयबद्ध छानबिन। छानबिन केवल औपचारिकता नहोस्, प्रमाणका आधारमा दोषी देखिए कडा कारबाही होस् । साथै, घुमुवा प्रणाली, सिभिल परिचालन र सरुवा प्रक्रियामा स्पष्ट मापदण्ड र पारदर्शिता सुनिश्चित गरियोस् ।

प्रहरी संगठनको शक्ति बन्दुक र वर्दीमा मात्र होइन, जनविश्वासमा निहित हुन्छ । यदि विश्वास गुम्यो भने अधिकारको औपचारिकता मात्र बाँकी रहन्छ । मधेश प्रहरीमाथि लागेको प्रश्नचिन्ह हटाउने एउटै उपाय छ सत्यको निर्भीक खोजी र संरचनागत सुधार । अहिलेको मौनता वा ढाकछोपले समस्या समाधान हुँदैन, बरु दाग अझ गहिरो बनाउँछ । प्रश्न स्पष्ट छ के नेतृत्वले सत्यसँग आँखा जुधाउने साहस देखाउँछ ? समयले त्यसको उत्तर मागिरहेको छ ।

Tags: मधेश प्रहरीमा ‘घुमुवा शासन’ जबर्जस्ती असुली र सरुवाको आतंक !
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

अशोज २८, २०८३
वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

अशोज २८, २०८३
समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

अशोज २८, २०८३
ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि