Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा एमालेको चुनावी गणितः निरन्तरता, नयाँ अनुहार र रणनीतिक सन्तुलन !

पर्सामा एमालेले अपनाएको उम्मेदवार छनोट रणनीतिले अनुभव र नयाँपन, जित्ने सम्भावना र संगठन विस्तारबीच सन्तुलन खोजेको स्पष्ट देखिन्छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
माघ ५, २०८२
पर्सामा एमालेको चुनावी गणितः निरन्तरता, नयाँ अनुहार र रणनीतिक सन्तुलन !

नेकपा एमालेले पर्सा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदै आगामी निर्वाचनका लागि स्पष्ट राजनीतिक सन्देश दिएको छ । उम्मेदवार छनोटको प्रक्रियाले एमालेको वर्तमान रणनीति, संगठनात्मक प्राथमिकता र मधेस राजनीतिप्रतिको दृष्टिकोणलाई एकसाथ उजागर गरेको देखिन्छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेले जसपा नेपाल परित्याग गरी आइतबार राति मात्रै पार्टी प्रवेश गरेका पूर्व मन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवलाई उम्मेदवार बनाएको छ । ओली निवास गुण्डु पुगेर औपचारिक रूपमा एमाले प्रवेश गरेका यादवले तत्काल टिकट पाउनु आफैंमा एमालेको व्यावहारिक राजनीति र चुनावी यथार्थ बुझ्ने क्षमतालाई संकेत गर्छ । जसपा नेपालले टिकट नदिने निर्णय गरेपछि एमाले रोजेका यादव २०७४ र २०७९ मा सोही क्षेत्रबाट लगातार दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका अनुभवी नेता हुन् । क्षेत्र नम्बर १ मा एमालेले ‘परीक्षित अनुहार’ मार्फत जितको सम्भावना बलियो बनाउने रणनीति अपनाएको देखिन्छ ।

क्षेत्र नम्बर २ मा भने एमालेले फरक बाटो रोजेको छ । वीरगंज महानगरपालिका वडा नम्बर २९ निवासी रिमा यादवलाई उम्मेदवार बनाएर पार्टीले नयाँ अनुहारलाई अवसर दिएको छ । सक्रिय राजनीतिमा लामो समयदेखि नरहेकी र कानून क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका प्रद्युम्न यादवकी पत्नी रिमा यादवलाई अघि सार्नु एमालेको सामाजिक सन्तुलन, स्थानीय पहुँच र नयाँ मतदातालाई आकर्षित गर्ने प्रयासका रूपमा लिन सकिन्छ । यसले पार्टीभित्र नेतृत्व विस्तार र नयाँ पुस्तालाई राजनीतिमा ल्याउने संकेत पनि दिन्छ ।

पर्सा क्षेत्र नम्बर ३ मा एमालेले अनुभव र राजनीतिक निरन्तरतालाई प्राथमिकता दिएको छ । मधेस प्रदेशसभा सदस्य तथा पूर्व शिक्षामन्त्री प्रमोद जयसवाललाई उम्मेदवार बनाएर एमालेले यस क्षेत्रको राजनीतिक यथार्थलाई आत्मसात गरेको देखिन्छ । २०७९ को निर्वाचनमा जसपा नेपालबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभा सदस्यमा निर्वाचित भएका जयसवाल डेढ वर्षअघि मात्रै एमालेमा प्रवेश गरेका थिए । उनको उम्मेदवारीले एमालेप्रति मधेसका प्रभावशाली नेताहरूको आकर्षण बढ्दो क्रममा रहेको सन्देश दिन्छ ।

क्षेत्र नम्बर ४ मा एमालेले पुनः जालिम मियाँमाथि भरोसा गरेको छ । २०७९ को निर्वाचनमा कांग्रेस उम्मेदवार रमेश रिजालसँग झिनो मतान्तरले पराजित भएका मियाँलाई दोहोर्‍याउनु पार्टीको ‘निरन्तरता र पुनः प्रयास’ को नीति झल्काउने निर्णय हो । २०७४ मा जगरनाथपुर गाउँपालिकाको अध्यक्ष निर्वाचित भइसकेका मियाँ स्थानीय स्तरमा परिचित र अनुभवी नेता मानिन्छन् ।

समग्रमा हेर्दा, पर्सामा एमालेले अपनाएको उम्मेदवार छनोट रणनीतिले अनुभव र नयाँपन, जित्ने सम्भावना र संगठन विस्तारबीच सन्तुलन खोजेको स्पष्ट देखिन्छ । कतै पार्टी परिवर्तनबाट आएका प्रभावशाली नेता, कतै नयाँ अनुहार, कतै पुनः अवसर पाएका पुराना उम्मेदवार-यी सबैले एमालेले पर्सालाई केवल निर्वाचन क्षेत्रका रूपमा नभई राजनीतिक प्रयोगशालाका रूपमा पनि हेरेको संकेत गर्छ । अब यी निर्णयले जनमतमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्नको उत्तर भने आगामी निर्वाचनले नै दिनेछ ।

Tags: पर्सामा एमालेको चुनावी गणित
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि