Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

माघी पर्वको पूर्वसन्ध्यामा सुनसान वीरगंज बजार, धार्मिक उल्लासबीच स्थानीय व्यापार संकटमा

माघे सङ्क्रान्ति पर्वको आगमनसँगै सामान्यतया पूजासामग्री, लत्ताकपडा, खाद्यान्न, तिल, चाकु, घ्यू, तरुल तथा उपहार सामग्री किनमेल गर्न बजार क्षेत्रमा उल्लेख्य चहलपहल देखिनुपर्ने हो । तर यस वर्ष माघ पर्वको पूर्व सन्ध्यामा वीरगंजका मुख्य बजार क्षेत्रहरू अस्वाभाविक रूपमा सुनसान देखिएका छन् ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
पुस ३०, २०८२
माघी पर्वको पूर्वसन्ध्यामा सुनसान वीरगंज बजार, धार्मिक उल्लासबीच स्थानीय व्यापार संकटमा

वीरगंज (पर्सा), ३० पुस । नेपालको आर्थिक नगरीको रुपमा परिचित वीरगंज बजार पर्वको पूर्व सन्ध्यामा सुनसान छ । कुनैपनि पर्वको बखत जहिलेपनि अत्याधिक चहल पहल हुने गरेको वीरगंज बजार अहिले सनातन हिन्दू परम्पराअनुसार माघ पर्व र माघे सङ्क्रान्तिको पूर्व सन्ध्यामा बजारमा चहलपहल नबढेको कारण व्यापारीहरु मर्कामा परेका छन् ।

माघे सङ्क्रान्ति पर्व आत्मशुद्धि, दान–पुण्य, स्नान र नयाँ ऊर्जा आरम्भ गर्ने पवित्र अवसरका रूपमा मनाइन्छ । यस पर्वको आगमनसँगै सामान्यतया पूजासामग्री, लत्ताकपडा, खाद्यान्न, तिल, चाकु, घ्यू, तरुल तथा उपहार सामग्री किनमेल गर्न बजार क्षेत्रमा उल्लेख्य चहलपहल देखिनुपर्ने हो । तर यस वर्ष माघ पर्वको पूर्व सन्ध्यामा वीरगंजका मुख्य बजार क्षेत्रहरू अस्वाभाविक रूपमा सुनसान देखिएका छन् ।
धार्मिक र सांस्कृतिक चाडपर्वले जीवन्त बन्ने वीरगंजका घण्टाघर, माइस्थान, आदर्शनगर, छपकैया तथा प्रतिमा चोक आसपासका बजार क्षेत्रहरूमा अपेक्षित भीडभाड नदेखिँदा व्यापारिक गतिविधि सुस्त बनेको छ । चाडपर्वको अवसरमा व्यापार फस्टाउने आशामा पसलहरू सजाएर बसेका व्यापारीहरू ग्राहकको अभावका कारण निराश देखिन्छन् ।

भारतको सीमावर्ती शहर रक्सौलसँग प्रत्यक्ष रूपमा जोडिएको भौगोलिक अवस्थाका कारण अधिकांश उपभोक्ता किनमेलका लागि सीमापारि आकर्षित हुन थालेपछि वीरगंजका स्थानीय व्यापारीहरू गम्भीर संकटमा परेका छन् । स्थानीय व्यापारीहरूका अनुसार रक्सौलमा सामान सस्तो मूल्यमा उपलब्ध हुने, एउटै स्थानमा विविध विकल्प पाइने तथा कर र भन्सार प्रक्रियामा खासै कडाइ नहुँदा उपभोक्ताहरू सहज रूपमा भारततर्फ किनमेल गर्न रुचाउने गरेका छन् । यसको प्रत्यक्ष असर वीरगंजका पसलहरूमा देखिएको छ, जहाँ बिक्री उल्लेख्य रूपमा घटेको व्यापारीहरूको भनाइ छ ।

माघ पर्व केवल मौसमी परिवर्तनको संकेत मात्र नभई सामाजिक सद्भाव, स्थानीय उत्पादनको उपभोग र आर्थिक चक्रलाई गतिशील बनाउने धार्मिक अवसर पनि हो । तर यही पवित्र समयमा आफ्नै शहरका बजार सुनसान हुनु धार्मिक चेतनासँगै स्थानीय अर्थतन्त्रप्रति नागरिकको दायित्वबारे समेत प्रश्न उठ्ने अवस्था आएको छ ।

स्थानीय व्यापारीहरू स्थानीय उत्पादन, साना व्यवसाय र परम्परागत व्यापार संरचनाको संरक्षणका लागि दीर्घकालीन तथा प्रभावकारी नीति आवश्यक रहेको बताउँछन् । यदि समयमै ठोस पहल नगरिएमा वीरगंजको ऐतिहासिक व्यापारिक पहिचान र धार्मिक चाडपर्वसँग जोडिएको स्थानीय बजार संस्कृतिमा अझ गहिरो संकट आउने उनीहरूको चिन्ता छ ।

माघ पर्वजस्ता धार्मिक अवसर केवल पूजा अनुष्ठानमा सीमित नराखी स्थानीय उत्पादनको प्रयोग, आफ्नै बजारप्रतिको भरोसा र स्वदेशी व्यापार प्रवद्र्धनसँग जोड्न सकिएमा मात्र चाडपर्वको वास्तविक आध्यात्मिक र सामाजिक सार्थकता स्थापित हुने जानकारहरूको भनाइ छ ।

Tags: पर्वको पूर्वसन्ध्यामा सुनसान वीरगंज
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि