Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राष्ट्रिय धोती दिवस : पहिचान, समानता र समावेशी राष्ट्रियताको बहस !

राष्ट्रिय पोशाकको बहस केवल कपडाको प्रश्न होइन; यो राज्यले कसको संस्कृति देख्छ, कसलाई प्रतिनिधित्व गर्छ र कसलाई अदृश्य बनाउँछ भन्ने राजनीतिक प्रश्न हो । धोती दिवसले यही अदृश्यतालाई चुनौती दिएको छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
पुस १७, २०८२
राष्ट्रिय धोती दिवस : पहिचान, समानता र समावेशी राष्ट्रियताको बहस !

नयाँ अंग्रेजी वर्षको पहिलो दिन वीरगंजमा मनाइएको ‘राष्ट्रिय धोती दिवस’ केवल एउटा सांस्कृतिक कार्यक्रम मात्र रहेन, यसले नेपालको पहिचान, समानता र समावेशी राष्ट्रियताको गहिरो बहसलाई पुनः सतहमा ल्याएको छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेसको पहिचान र सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको यस कार्यक्रमले राज्यको पोशाक नीति र सांस्कृतिक दृष्टिकोणमाथि प्रश्न उठाएको छ ।

धोती, कुर्ता र गम्छा पहिरनमा सजिएका नेता कार्यकर्ता घण्टाघर चोकबाट नगर परिक्रमा गर्दै माईस्थान, आदर्शनगर र घडिअर्वा हुँदै पुनः घण्टाघरमै फर्किनुले धोती केवल पहिरन नभई सामूहिक पहिचानको प्रतीक भएको सन्देश दिएको छ । सांस्कृतिक झाँकीसहितको र्‍यालीले परम्परा र आधुनिक चेतनाबीचको सम्बन्धलाई सार्वजनिक स्थलमा अभिव्यक्त गरेको देखिन्छ ।

कोणसभामा जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले उठाएको मूल प्रश्न स्पष्ट छ नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक हुँदाहुँदै किन एउटा समुदाय विशेषको पोशाकलाई मात्र ‘राष्ट्रिय पोशाक’को रूपमा प्रवद्र्धन गरिँदै आएको छ ? धोती केवल मधेसी समुदायको पहिचान मात्र नभई साझा सांस्कृतिक धरोहर भएको तर्कले राष्ट्रिय पोशाकको अवधारणामाथि पुनर्विचारको माग गर्दछ ।

सर्राफको भनाइअनुसार, जनमत पार्टीले हरेक वर्ष जनवरी १ तारिखमा राष्ट्रिय धोती दिवस मनाउनु केवल परम्परा जोगाउने अभ्यास होइन, राज्यलाई समावेशी सोचतर्फ धकेल्ने राजनीतिक सांस्कृतिक दबाब पनि हो । अन्य जाति र समुदायका पहिरनप्रति सम्मान राख्दै धोती कुर्तालाई पनि राष्ट्रिय पोशाकको सूचीमा समावेश गर्नुपर्ने माग समानताको सिद्धान्तसँग जोडिएको छ, कुनै समुदायविरुद्धको चुनौती होइन ।

कार्यक्रममा नेतृ नजमा खातुन तथा बृजेश्वर प्रसाद चौधरी, राजनारायण मिश्र, कृष्ण कुशवाहा, राजु गिरीलगायतको सहभागिताले यो बहस केवल एक व्यक्तिको आवाज नभई सामूहिक चेतनाको अभिव्यक्ति भएको पुष्टि गर्छ । सहभागीहरूले धोतीलाई पहिचान, समानता र सांस्कृतिक स्वाभिमानको प्रतीकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुले मुद्दाको सामाजिक गहिराइ देखाउँछ ।

वास्तवमा, राष्ट्रिय पोशाकको बहस केवल कपडाको प्रश्न होइन; यो राज्यले कसको संस्कृति देख्छ, कसलाई प्रतिनिधित्व गर्छ र कसलाई अदृश्य बनाउँछ भन्ने राजनीतिक प्रश्न हो । धोती दिवसले यही अदृश्यतालाई चुनौती दिएको छ । यदि नेपालले आफूलाई साँच्चै बहुसांस्कृतिक राष्ट्रका रूपमा स्वीकार गर्छ भने, राष्ट्रिय प्रतीकहरूमा पनि त्यो विविधता प्रतिबिम्बित हुनुपर्छ ।

यस अर्थमा, वीरगंजमा मनाइएको राष्ट्रिय धोती दिवस सांस्कृतिक उत्सव मात्र नभई समावेशी राष्ट्रियताको मागसहित उठेको शान्त तर सशक्त आवाज हो । अब प्रश्न राज्यतर्फ फर्किएको छ के यो आवाजलाई सुन्ने इच्छाशक्ति देखाइनेछ, कि फेरि यसलाई ‘क्षेत्रीय मुद्दा’ भन्दै नजरअन्दाज गरिनेछ ? यही उत्तरले नेपालको सांस्कृतिक लोकतन्त्रको दिशा निर्धारण गर्नेछ ।

Tags: राष्ट्रिय धोती दिवस
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि