Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

समानुपातिक प्रणालीको आत्मा हराउँदैः प्रतिनिधित्व कि राजनीतिक वंशवादको नयाँ ढाल ?

राजतन्त्र हट्यो तर वंशवाद उन्मूलन भएन । पहिले राजाका छोरा राजा, भारदारका छोराहरू शासनसत्तामा; आज नेताका छोराछोरी सांसद । प्रणाली बदलियो, तर मानसिकता उही । सत्ता ‘गोलाकार’ भएर त्यही धनी, सबल, पहुंचवाला वर्गभित्र घुमिरह्यो ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
पुस १६, २०८२
समानुपातिक प्रणालीको आत्मा हराउँदैः प्रतिनिधित्व कि राजनीतिक वंशवादको नयाँ ढाल ?

नेपालको समानुपातिक निर्वाचन प्रणाली कुनै दलको दया कृपाको उपज होइन, इतिहासभर राज्य र निर्णय प्रक्रियाबाट अलग गरिएका समुदायको आवाज संसदसम्म पुर्‍याउने संघर्षको उपलब्धि हो । संविधानले यसलाई समावेशिता र सामाजिक न्यायको आधार बनायो ‘जाति, वर्ग, लिंग, क्षेत्र, पहिचान र आर्थिक तहबाट पछि पारिएका नागरिकलाई सत्तासङ्गठनमा समान अवसर दिलाउन ।’ तर विडम्बना ! त्यही व्यवस्था आज राजनीतिक दलहरूको सत्ता व्यवस्थापन र नातावादको सुरक्षित भर्‍याङ्गमा रूपान्तरण भइसकेको छ ।

समावेशिता ‘कागजमा’ व्यापक देखिएपनि व्यवहारमा समानुपातिक सूची पहुँचवालाको ‘आरक्षित सिट’ बनेको स्पष्ट छ । दलहरूको ताजा सूची हेर्दा यो चरम विडम्बना उजागर हुन्छ ‘समूह वा क्लस्टर त सबै समेटिए, तर भित्र वास्तविक प्रतिनिधि होइन’ । प्रभावशाली, धनी, शिक्षित र नेटवर्क धारी क्रिमी लेयर (तरमारा वर्ग) अगाडि ।’ ‘गरिब दलित, सीमान्तकृत महिला, उत्पीडित जनजाति, अपाङ्गता भएका व्यक्ति र दुर्गमका नागरिक’ जसका लागि समानुपातिक जन्मिएको थियो उनीहरू फेरि पछाडि धकेलिएका छन् ।

समानुपातिक प्रणाली आज विकृत मात्रै होइन, संवैधानिक मर्ममाथिको संगठित हमला बनिसकेको छ । पुराना दल त विगतदेखि यस्तै प्रवृत्तिका वाहक थिए, तर नयाँ दलहरूले पनि ‘पुरानोको प्रतिरूप’ बन्ने गति चाँडो देखाए । परिवर्तनको भाष्य बोकेका दलहरु समेत समावेशिता होइन, चिनजान, पहुँच र चर्चाका नामहरूलाई अगाडि राखे । आन्तरिक निर्वाचन गरियो, मत ल्याउनेले स्थान पाएन, बरु शक्ति समीकरण, पार्टी एकता र नेतासँग नजिकिन्छ भन्ने आधारले सूची बने ।

‘नयाँ राजनीति’का दाबी भित्र पुरानै चरित्र देखिनु लोकतन्त्रका लागि चिन्ताजनक संकेत हो । यदि परिवर्तनको दाबी गर्ने दलले पनि शक्ति आधारित सूची बनाउने हो भने पुरानासँग फरक के रह्यो ? समानुपातिक सूची आज प्रत्यक्ष निर्वाचनमा जनमत लिने साहस नगर्नेहरूका लागि ‘ब्याकडोर’ जस्तै भयो । चुनाव जित्ने हैसियत नभएका, हारिसकेका वा चुनाव लड्न नचाहने नेताहरू सूचीबाट संसद प्रवेश गर्छन् । यसले लोकतन्त्रको मूल मूल्य प्रतिस्पर्धा र जनउत्तरदायित्व कमजोर पार्छ ।

उता सेलिब्रिटी र चर्चित नामहरू पनि सीमान्तकृत कोटाबाट संसद छिर्न खोज्छन् । यदि साँच्चै ‘जनप्रतिनिधि’ बन्ने लक्ष्य थियो भने प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिने हिम्मत किन नदेखाउने ? समानुपातिक त त्याग गरेर तल्लो वर्गका व्यक्तिलाई ठाउँ दिने नैतिकता किन नदेखाइनु ? यो प्रश्न अब अपरिहार्य रूपमा दलहरूको दैलोमा ठोक्किंदैछ ।

भारतले क्रिमी लेयर हटाउने निर्णय गरिसक्यो । नेपालमा पनि सर्वोच्च अदालतले समावेशिता दुरुपयोग रोक्न र तल्लो तहलाई प्राथमिकता दिनुपर्ने व्याख्या गरिसकेको छ । तर राजनीतिक दलहरूले आदेशको मर्मलाई नदेखेझैँ गरे । संरचनागत न्यायको स्थान अब सत्ता व्यवस्थापन, भागबण्डा र पहुँचको सौदाबाजीले लिएर बसिसकेको छ ।

राजतन्त्र हट्यो तर वंशवाद उन्मूलन भएन । पहिले राजाका छोरा राजा, भारदारका छोराहरू शासनसत्तामा; आज नेताका छोराछोरी सांसद । प्रणाली बदलियो, तर मानसिकता उही । सत्ता ‘गोलाकार’ भएर त्यही धनी, सबल, पहुंचवाला वर्गभित्र घुमिरह्यो । लोकतन्त्र निजी राजनीतिक क्लबमा सीमित बन्दै गएको छ ।

यदि समानुपातिक प्रणाली यस्तो नै दुरुपयोग हुँदै गयो भने जनता भोलि प्रश्न उठाउनेछन् ‘समानुपातिक प्रणाली किन चाहियो ? कसका लागि ?’ सीमान्तकृतका लागि कि सत्ता केन्द्रीकृत समूहका लागि ? । समानुपातिक सूची बनाउँदा कडा मापदण्ड, पारदर्शिता, सार्वजनिक जिम्मेवारी र वास्तविक पिछडिएका वर्गको प्राथमिकता अनिवार्य हुनुपर्छ । प्रत्यक्षमा हारेकालाई समानुपातिकबाट पुरस्कृत गर्ने रवैया रोकिनुपर्छ । परिवार, वंश, नातावादको ढोका बन्द हुनुपर्छ ।

समानुपातिक प्रणाली सामाजिक न्यायको मेरुदण्ड हो तर यो मेरुदण्ड भाँचिदैछ । अब संसदमा ‘जनताको आवाज’ जाने कि ‘वंश–सञ्जाल’को लाइन ? निर्णय दलहरूले गर्नुपर्छ । तर निष्कर्ष जनताले निकाल्नेछन् ।

Tags: समानुपातिक निर्वाचन प्रणाली
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३
भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भदौ १२, २०८३
भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि