Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘पत्रकारिता’ : चुनौतीबीच जिम्मेवारी र विश्वसनीयताको परीक्षा !

पत्रकारिताको आत्मा भनेकै समाचारको विश्वसनीयता हो । सत्यता पुष्टि नगरी प्रकाशित हुने समाचारले समाजमा भ्रम, अविश्वास र द्वन्द्व जन्माउने खतरा उत्तिकै बढेको छ । त्यसैले ‘पहिलो’ भन्दा पनि ‘सही’ समाचार नै पत्रकारिताको मूल मन्त्र हुनुपर्छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
पुस ९, २०८२
‘पत्रकारिता’ : चुनौतीबीच जिम्मेवारी र विश्वसनीयताको परीक्षा !

बाराको कलैयामा सम्पन्न ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमले वर्तमान नेपाली सञ्चार क्षेत्रको यथार्थ, समस्या र सम्भावनालाई एकै ठाउँमा उजागर गरेको छ । मिडिया काउन्सिल मधेस प्रदेशको आयोजनामा सम्पन्न उक्त गोष्ठी केवल औपचारिक छलफलमा सीमित नरही सञ्चारमाध्यमको भूमिका, जिम्मेवारी र भविष्यप्रति गम्भीर बहसको थलो बनेको देखिन्छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व मुख्यमन्त्री एवं प्रदेश सांसद जितेन्द्र सोनलले उठाएका विषयहरू आजको सन्दर्भमा विशेष महत्वका छन् । उनले देश विकासका लागि सकारात्मक सोच अपरिहार्य रहेको भन्दै सञ्चारमाध्यमको विकास पनि त्यही सोचसँग जोडिएको स्पष्ट पारे । वास्तवमै, नकारात्मकता, अफवाह र अपुष्ट सूचनाले भरिएको वातावरणमा सञ्चारमाध्यम स्वयं जिम्मेवार र विषयगत रूपमा दक्ष नबन्ने हो भने समाजलाई सही दिशा दिन कठिन हुन्छ ।

पत्रकारिताको आत्मा भनेकै समाचारको विश्वसनीयता हो । सोनलले समाचारको विश्वसनीयतामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनु केवल सुझाव मात्र होइन, आजको पत्रकारिताका लागि चेतावनी पनि हो । डिजिटल युगमा सूचना छिटो फैलिन्छ, तर सत्यता पुष्टि नगरी प्रकाशित हुने समाचारले समाजमा भ्रम, अविश्वास र द्वन्द्व जन्माउने खतरा उत्तिकै बढेको छ । त्यसैले ‘पहिलो’ भन्दा पनि ‘सही’ समाचार नै पत्रकारिताको मूल मन्त्र हुनुपर्छ ।

राज्यको भूमिकाबारे सोनलले व्यक्त गरेको धारणा पनि विचारणीय छ । सञ्चारमाध्यमको नियमन, संरक्षण र प्रवद्र्धन राज्यको दायित्व हो भन्ने उनको भनाइ लोकतान्त्रिक व्यवस्थाको आधारसँग मेल खान्छ । तर नियमनको नाममा नियन्त्रण र दबाब सिर्जना हुनु हुँदैन । राज्यले स्वतन्त्र पत्रकारितालाई सम्मान गर्दै जिम्मेवार र व्यावसायिक सञ्चार माध्यमलाई संरक्षण गर्नु आजको आवश्यकता हो ।

गोष्ठीमा उठेको अर्को महत्वपूर्ण सन्दर्भ निर्वाचनसँग सम्बन्धित छ । तोकिएको मितिमै निर्वाचन नहुँदा मुलुक थप द्वन्द्वमा फस्न सक्ने चेतावनीले राजनीतिक स्थायित्व र लोकतान्त्रिक प्रक्रियामा सञ्चारमाध्यमको भूमिकालाई समेत स्मरण गराउँछ । निर्वाचन, शासन प्रणाली र जनअधिकारका विषयमा तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार रिपोर्टिङ गर्न सक्ने क्षमता सञ्चारमाध्यममा हुनैपर्छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ र मिडिया काउन्सिल मधेस प्रदेशका पदाधिकारी तथा सञ्चारकर्मीहरूले व्यक्त गरेका विचारहरूले स्पष्ट देखाउँछ ‘सञ्चार क्षेत्र अहिले संरचनागत, आर्थिक, प्राविधिक र नैतिक चुनौतीको चपेटामा छ ।’ पर्सा र बाराका दर्जनौँ सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिताले स्थानीय स्तरमै यी चुनौती गहिरो रूपमा अनुभूत भइरहेको संकेत गर्छ ।

अन्ततः, सञ्चारमाध्यम समाजको ऐना मात्र होइन, मार्गदर्शक पनि हो । सकारात्मक सोच, विषयगत दक्षता, समाचारको विश्वसनीयता र राज्यको जिम्मेवार भूमिकाबीच सन्तुलन कायम गर्न सकियो भने मात्र सञ्चारमाध्यमले लोकतन्त्रलाई सुदृढ बनाउने आफ्नो मूल कर्तव्य पूरा गर्न सक्छ । यो अन्तरक्रियाले उठाएका सवालहरूलाई अब छलफलमै सीमित नराखी व्यवहारमा उतार्नु नै आजको सबैभन्दा ठूलो चुनौती हो ।

Tags: पत्रकारिता
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि