Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘मोबाइल–सिरक’ व्यवसाय : ग्रामीण सीपको आधुनिक रूपान्तरण, युवा उद्यमशीलताको नयाँ पहिचान

ट्र्याक्टरमै चढेको उद्यमशीलता : चार दाजुभाइको मोबाइल–सिरक सेवाबाट मासिक लाखौँ आम्दानी

हरिशंकर शर्मा
हरिशंकर शर्मा
मंसिर २५, २०८२
‘मोबाइल–सिरक’ व्यवसाय : ग्रामीण सीपको आधुनिक रूपान्तरण, युवा उद्यमशीलताको नयाँ पहिचान

बाराको बिश्रामपुर गाउँपालिका १ घोडासहनका चार दाजुभाइ नाजिर हुसेन, साबिर अली, फैजुलाह मियाँ र मोसाहेब मियाँले सुरु गरेको ‘मोबाइल–सिरक’ सेवा आज वीरगंज र आसपासका बस्तीहरूमा चर्चाको विषय बनेको छ । घरघरमै पुगेर पुराना कपडालाई रुईमा रूपान्तरण गर्दै सिरक–तोसक तयार गरिदिने उनीहरूको सेवा सतही रूपमा हेर्दा सामान्य कामजस्तै देखिन सक्छ, तर यसको भित्री पक्षले ग्रामीण सीप, उद्यमशीलता र स्थानीय मागको अद्भुत संयोजन उजागर गर्छ ।

चार दाजुभाइले एक ट्याक्टरबाट सुरु गरेको काम आज चारवटै ट्याक्टरसहित व्यवस्थित उद्यममा बदलिएको छ । प्रत्येक ट्याक्टरमा जडान गरिएको पिन्जा मेसिनले पुराना लुगा र कपडालाई पुनः उपयोगयोग्य बनाउँछ, जसले स्थानीयलाई नयाँ सिरक–तोसक किन्नुभन्दा कम लागतमै आफ्नै घरमै नयाँ सिरक बनाउने सुविधा प्रदान गरेको छ । यो केवल सेवा मात्र होइन घरमै पुग्ने सुविधासँग जोडिएको ‘ग्राहक मैत्री’ समाधान हो ।

उनीहरूले राखेका कामदारलाई बस्ने खानेसहित मासिक २५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनु, ग्रामीण तहमा रोजगार सिर्जनाको सकारात्मक दृष्टान्त हो । एक कामदारले दैनिक झण्डै १० वटा सिरक वा तोसक उत्पादन गर्ने, र एक ट्याक्टरबाट दिनकै २० हजार रुपैयाँसम्म आम्दानी हुने तथ्यले यस व्यवसायले सम्भावनाको ठूलो ढोका खोलिदिएको देखिन्छ । खर्च कटाएपछि मासिक दुईदेखि तीन लाख रुपैयाँसम्म बचत गर्ने क्षमता आजका युवा उद्यमीका लागि प्रेरणादायक मोडेल बन्न सक्ने स्थितिमा छ ।

लगानीका हिसाबले करिब पाँच लाख रुपैयाँमा एक सेट (पुरानो ट्याक्टर सहित मेसिन) तयार पार्न सकिने जानकारीले यो व्यवसायमा प्रवेश अवरोध न्यून रहेको देखाउँछ । सीमित पूँजी र स्थानीय सीपमै आधारित यो मोडेलले ग्रामीण भेगमा उद्यम विकासका लागि व्यवहारिक मार्गदर्शन दिन्छ न त बाह्य बजारमा निर्भरता, न त ठूलो सरकारी सहयोग आवश्यक ।

यस व्यवसायको लोकप्रियताले एक तथ्य पुष्टि गर्छ, सेवाग्राहीहरूले खोजेको सुविधा, सुलभता र विश्वासपूर्ण सेवाका आधारमा कुनै पनि परम्परागत सीपलाई आधुनिक उद्यममा रूपान्तरण गर्न सकिन्छ । पिन्जा मेसिनबाट कपडा धुने पुरानो सीप आज ट्याक्टरमा चढेर बस्ती बस्ती भौंतारिन्छ र यही सेवाले चार दाजुभाइलाई मात्र होइन, उनीहरूसँगै काम गर्ने श्रमिकलाई समेत आर्थिक पहिचान दिलाइरहेको छ ।

ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने यस्ता साना तर प्रभावकारी उद्यमहरूलाई नीतिगत रूपमा प्रोत्साहन गर्ने समय आएको छ । यसले स्थानीय उत्पादन उपभोग चक्रलाई सुदृढ बनाउनुका साथै स्वरोजगारको ठोस विकल्प पनि निर्माण गर्छ । नाजिर र उनका दाजुभाइको पहलले देखाएको बाटो सीपमा आधारित, ग्राहक केन्द्रित र मोबाइल सेवामुखी उद्यमशीलता अबका युवा उद्यमीका लागि अभ्यास योग्य मार्गदर्शन हो । यही कारण ‘मोबाइल–सिरक’ सेवा केवल एक व्यवसाय होइन, यो ग्रामीण सीपको आधुनिक रूपान्तरण, स्थानीय मागको सूक्ष्म बुझाइ र उद्यमशीलताको सशक्त उदाहरण हो ।

हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि