Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ऐच्छिक निर्णयले संकटमा ‘कम्प्युटर शिक्षा’ !

हरिशंकर शर्मा
हरिशंकर शर्मा
मंसिर १५, २०८२
ऐच्छिक निर्णयले संकटमा ‘कम्प्युटर शिक्षा’ !

सूचना–प्रविधिको युगमा कम्प्युटर शिक्षा विलासिता होइन, आवश्यकता हो । तर तीन वर्षअगाडि अनिवार्यबाट हटाएर ऐच्छिक बनाइएपछि पर्सा जिल्लाका सामुदायिक विद्यालयहरूमा कम्प्युटर शिक्षाको अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ । शिक्षाको गुणस्तर सुधार्नका लागि गरिएको पूर्वाधार निर्माण, उपकरण खरिद तथा लाखौँको लगानी अहिले प्रयोगविहीन बक्साभित्र थन्किनु विडम्बना बाहेक केही छैन ।

अनिवार्य शिक्षाको अवधिमा अधिकांश विद्यालयले कम्प्युटर ल्याब निर्माण गरे । कतिपय विद्यालयले प्रयोगात्मक कक्षा नियमित चलाए । तर विषयगत शिक्षकको अभावका कारण धेरै विद्यालयमा कम्प्युटर शिक्षा नाममात्रमा सीमित रह्यो । अब त ऐच्छिक बनाइएपछि विद्यार्थी संख्या समेत घट्दै गएको छ । अन्य विषयका शिक्षकमार्फत कक्षा सञ्चालन हुँदा विद्यार्थीहरूको जिज्ञासा समाधान र प्रविधि–सीप विकास पूर्णरूपमा अवरुद्ध भएको छ । प्रयोगात्मक कक्षा रोकिएपछि विद्यार्थीको लगाव झनै क्षीण हुनु स्वाभाविकै हो ।

पोखरिया नगरपालिकाको पद्म महोवनी माविका सात कम्प्युटरदेखि अन्य विद्यालयमा १५ वटासम्मका उपकरण प्रयोगविहीन बस्नु राज्यको योजनामाथिको ठूलो प्रश्न हो । ‘सीपमूलक शिक्षाको विस्तार’ भन्ने उद्देश्यलाई ऐच्छिक नीतिले उल्टो दिशातर्फ धकेलेको प्रमाण यही हो । नेपाल विकसित प्रविधि उत्पादन गर्ने राष्ट्र त परै जाओस्, प्रविधि उपभोग गर्न पनि पछि परिरहेको असल उदाहरण हो पर्साका सामुदायिक विद्यालयहरू । विषयगत शिक्षक अभाव र गैरप्रयोगात्मक अध्यापनले भविष्यका श्रमशक्ति कमजोर बनाउँदैछ । विश्व काम गर्ने सीप माग्छ, र हामी अझै पाठ्यपुस्तकको पाना पल्टाउँदै बस्ने ?

अब पनि ढिलाइ गर्नु शिक्षा प्रणालीप्रति गम्भीर विश्वासघात हुनेछ । सरकार, स्थानीय तह र विद्यालय व्यवस्थापन समितिले संयुक्त रूपमा कम्प्युटर शिक्षा पुनः अनिवार्य बनाउने, विषयगत शिक्षक व्यवस्थापन गर्ने तथा प्रयोगात्मक कक्षालाई प्राथमिकता दिने नीति लागू गर्नैपर्छ । आजको पुस्तालाई प्रविधि ज्ञानबाट वञ्चित गराउनुभन्दा ठूलो अन्याय अरू हुन सक्दैन । कम्प्युटर शिक्षा ऐच्छिक होइन, भविष्यमाथिको अनिवार्य लगानी हो ।

हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुईजना पक्राउ

ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुईजना पक्राउ

अशोज २६, २०८३
बजेट पारित भएपनि खाता बन्दः तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

बजेट पारित भएपनि खाता बन्दः तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

अशोज २६, २०८३
दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

अशोज २६, २०८३
विद्युत प्राद्यिकरण सप्तरीका प्रमुखविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

सामाजिक सुरक्षा भत्ता अनियमितता प्रकरणः विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

अशोज २६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि