Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

औषधी ऐन संशोधनः कानुन जनताको भलो वा प्रशासनिक दमनको प्रतीक !

औषधी व्यवसाय संकटमाः कानुन कहाँ न्यायोचित, कहाँ कठोर ? जनताको जीवनसँग खेलिनु हुँदैन

हरिशंकर शर्मा
हरिशंकर शर्मा
मंसिर १३, २०८२
औषधी ऐन संशोधनः कानुन जनताको भलो वा प्रशासनिक दमनको प्रतीक !

औषधी ऐन, २०३५ को दफा ११ मा गरिएको संशोधनले नेपालभरका हजारौँ औषधी व्यवसायीको अस्तित्व नै संकटमा पारेको गुनासो बलियो रूपमा उठिरहेको छ । औषधी व्यवसायी संघ मधेस प्रदेशले सुरु गरेको चरणबद्ध संघर्षले यस मुद्दालाई राष्ट्रव्यापी बहसको केन्द्रमा तानेको छ ।

शनिबार वीरगंजमा मौन धर्नासहित सुरु भएको विरोधले एउटा महत्वपूर्ण प्रश्न उठाएको छ । सरकार सार्वजनिक स्वास्थ्य सुधारका नाममा औषधी व्यवसायीहरूको अधिकार खोस्न त लागिरहेको छैन ? नियम कडाइ कि पेशामाथि प्रहार ? यस्ता कानुनी संशोधनहरू स्वास्थ्य सुरक्षा र औषधीको दुरुपयोग रोक्नका लागि अपरिहार्य मानिन्छन् । तर, पूर्व जानकारी वा पर्याप्त संक्रमणकालीन व्यवस्था बिना थोक तथा खुद्रा दुवै तहमा थपिएको कठोरता जीवनयापनसँग जोडिएको पेसामै संकट उत्पन्न भएको छ ।

यी चिजहरूले देखाउँछ कि सरकारको उद्देश्य जे भएपनि कार्यान्वयन प्रक्रियाले हजारौँ व्यवसायीलाई बेरोजगारीको जोखिममा धकेलिदिएको छ । अन्य पार्टीबाट प्रवेश गरेका नेताहरूमाथि लाग्ने भनिएको ७ वर्षे हदम्याद औषधी व्यवसायमा कसरी लागू भयो ? यो प्रश्न अझै अन्धकारमै छ । व्यवसायीहरू भन्छन् ‘हाम्रो सीप, अनुभव, लगानीबारे किन सोचिएन ?’ यदि नीति निर्माणकै क्रममा व्यवसायीको आवाज सुन्नै नचाहिने हो भने यस्ता कानुन, जनताको भलो होइन प्रशासनिक दमनको प्रतीक बन्न पुग्छन् ।

व्यवसायीहरूको प्रमुख माग हेर्दा नवीकरण प्रक्रियामा लचिलोपन, गैरव्यावहारिक उपदफा हटाउने, औषधी अनलाइन बिक्रीमा रोक, प्रशिक्षणप्राप्त व्यवसायीलाई अवसर जस्ता मागहरु व्यापार मात्र होइन, औषधी पहुँच र गुणस्तरसँग पनि जोडिएका छन् । सरकारले औषधीको वितरणमा अस्पतालमै सीमित गर्ने नीति लागू गर्दै गर्दा ग्रामीण क्षेत्रका बिरामीलाई उपचारै नपाउने अवस्था सिर्जना नहोला भन्न सकिन्न ।

औषधी व्यवसायीहरुको मागप्रति आगामी दिनमा चुनौतिहरु अझै थपिने अवस्था सृजना भएको छ । सरकार चुपरहे व्यवसायीहरूको चेतावनी स्पष्ट छ ‘फार्मेसी बन्द, देशभर सेवा अवरुद्ध’ । औषधी नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो । यो संघर्ष चर्किदै जाँदा जनतामै असर हुने निश्चित छ । त्यसैले यतिबेला दुवै पक्षले बुझ्नुपर्छ ‘आरोग्य सेवा राजनीति होइन, संवेदनशील दायित्व हो ।’

औषधी व्यवसायीले उठाएका प्रश्नहरू सुनिन लायक मात्र होइन, समाधान गरिनैपर्ने छन् । नीति कडाइ आवश्यक छ । तर कानुन जनजीवनसँग विसंगत र गैरव्यावहारिक हुने क्षणमै त्यो सुधार होइन त्रुटि हो । अब सरकारको एउटा कदम वार्ता र सहमतिले नै यस विवादलाई समाधानतर्फ लैजान सक्छ । नत्र, औषधी पसलका ढोका बन्द हुँदा संकटमा पर्ने पहिलो पात्र जनता नै हुन्छन् ।

हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि