Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राहतको घोषणा मात्र पर्याप्त छैन, मधेसले दीर्घकालीन समाधान खोज्नैपर्छ !

हरिशंकर शर्मा
हरिशंकर शर्मा
मंसिर १०, २०८२
राहतको घोषणा मात्र पर्याप्त छैन, मधेसले दीर्घकालीन समाधान खोज्नैपर्छ !

मधेस प्रदेश सरकारले खडेरी र डुबानको दोहोरो मार व्यवहोरेका किसानका लागि प्रतिकठ्ठा १५०० रुपैयाँ राहत र बेरोजगार युवाका लागि मासिक २००० रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । सतही रूपमा हेर्दा यो निर्णय पीडित किसान र आशाहीन युवाका लागि महत्वपूर्ण राहतजस्तै देखिन्छ । तर यसका बहुपक्षीय प्रभाव र व्यवहारिकता कति स्थायी र प्रभावकारी हुन्छन् भन्ने प्रश्न उठाउन आवश्यक छ ।

प्रदेशभरका किसानहरू गत वर्ष निरन्तर खडेरीले जुझिरहेकै बेला असोजमा आएको अविरल वर्षाले फेरि उनीहरूको बाली डुबायो । प्रकृतिको कठोर परीक्षामाथि सरकारको ढिलो चासोले किसान थप निराश बनेका थिए । अहिले आएर राहतको घोषणा सकारात्मक संकेत हो, तर प्रतिकठ्ठा १५०० रुपैयाँले कति किसानको वास्तविक घाटा सम्बोधन हुन्छ ? धानबाली नष्ट हुँदा किसानको लगानी, अनाज ह्रास, बजार जोखिम र ऋण चुकौतीजस्ता समस्याको तुलना गर्दा यो राहत केवल ‘प्रतीकात्मक मल्हम’ बन्ने खतरा छ । राहत वितरणमा पारदर्शिता, वास्तविक क्षति मूल्यांकन र पहुँचविहीन किसानसम्म कार्यक्रम पुग्ने ग्यारेन्टी अझ चुनौतीपूर्ण छ ।

खडेरीमा किसानका बाली जले, बचेखुचेको बाली डुबानले बगायो । किसानको ऋण बढ्यो, भोकचाह बढ्यो, तर प्रदेश सरकारले दिने भनिएको १५०० रुपैयाँले के–कति पूर्ति गर्छ ? एक कठ्ठा धानबाली नष्ट हुँदा किसानको घाटा दर्जनौँ हजार हुन्छ राहत भने १५०० रुपैयाँ । यो हिसाबले राहतभन्दा बढी राजनीतिक मेकअप जस्तो देखिन्छ । यसबाहेक, वर्षौँदेखि राहत वितरणमा मनपरी, दलाली र सूची–हेरफेरका काण्डहरू भएका इतिहास छ । अब फेरि त्यही प्रक्रिया दोहोरिने आशंका किसानको मनमा स्वाभाविक छ । प्रदेश सरकारले यी जोखिमका बारेमा एउटा शब्द बोलेको छैन । किसानका लागि आधुनिक सिंचाइ, बीउ बिजन, कृषिबिमा, भण्डारण केन्द्र, बजार पहुँच अनिवार्य छन् ।

यस्तै, बेरोजगार युवालाई लक्ष्य गरेर ल्याइएको २००० रुपैयाँ मासिक भत्ता योजना पनि चर्चा योग्य छ । प्रदेशमा करिब १ लाख ४८ हजार बेरोजगार स्नातक युवाको संख्या आफैँमा चिन्ताजनक तथ्य हो । उनीहरूलाई न्यूनतम जीवन निर्वाहका लागि भत्ता दिनु आवश्यक कदम हो तर के यो दीर्घकालीन समाधान हो ? बेरोजगार स्नातक युवालाई मासिक भत्ता २००० रुपैयाँले के हुन्छ ? बस भाडा, घरभाडा वा मोबाइल इन्टरनेट ? यो भत्ता युवालाई उठाउने होइन, निर्भरता बढाउने नीति बन्ने खतरा छ । रोजगार सिर्जना, उद्योग विस्तार, सीप विकास, प्रविधि ज्ञान, निजी क्षेत्र साझेदारी यी सबै विषयमा प्रदेश सरकारले मौन किन ?

प्रदेश सरकारले किसान राहत र युवा भत्ता कार्यक्रमका लागि ७१ करोड रुपैयाँ बराबरको बजेट छुट्याउने अनुमान गरेको छ । रकम ठूलो हो तर प्रश्न अझ ठूलो छ । के यो खर्च दीर्घकालीन उद्देश्य पूरा गर्नेछ, वा केही दिनको लोकप्रियतामा सीमित हुनेछ ? समाधान अल्पकालीन राहत र दीर्घकालीन संरचनात्मक सुधारको संयोजनमा छ । भत्ता बाँडेर बेरोजगारी हट्दैन, किसानलाई सान्त्वना बाँडेर कृषिको भविष्य सुरक्षित हुँदैन । यी दुबै कार्यक्रम लक्षण उपचार हुन् मूल समस्याको रोग निदान होइन ।

राज्यको उत्तरदायित्व राहत बाँडेर समाप्त हुँदैन । उत्तरदायित्व तब पूरा हुन्छ जब किसानलाई सिंचाइ प्रणाली, बीउ–बिजन, बिमा, भण्डारण, बजार सुनिश्चितता मिल्छ । जब युवालाई कर्मशीलता, रोजगार, सीप, उद्यमशीलता वातावरण मिल्छ । सरकारको निर्णय सुरुचिपूर्ण अवश्य छ, तर मूल प्रश्न कायम छ । के मधेसको गहिरो घाउ मलहमले निको हुन्छ, कि शल्यक्रियाको आवश्यकता छ ? आजको स्थिति हेर्दा उत्तर स्पष्ट छ ‘मल्हमले मात्र हुनेवाला छैन, शल्यक्रिया आवश्यक छ’ ।

हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि