वीरगंज (पर्सा), २८ मंसिर । आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा एक सय ७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा एक सय ७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८/७९ मा पर्सामा एक सय ५२ उद्योगले लगत कट्टा गरिएका थिए । बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरूको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार जानकारी दिएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिएभने आव २०७८÷८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएका थिए । आव २०७९/८० मा एक हजार दुई सय ७५ उद्योगको नवीकरण, एक सय ६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा रु एक करोड ६ लाख ३९ हजार दुई सय ५० राजस्व सङ्कलन भएको थियो । उक्त आवमा चार हजार चार सय ६० जनाले रोजगारी पाएको प्रमुख सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस् !