Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छिपहरमाई अध्यक्ष गुप्ताको थप कर्तुत, निर्देशिका विपरित दिइएको ठेक्का अधिकृतले रद्द गरेपछि…..

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २७, २०८०
छिपहरमाई अध्यक्ष गुप्ताको थप कर्तुत, निर्देशिका विपरित दिइएको ठेक्का अधिकृतले रद्द गरेपछि…..

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २७ मंसिर । पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले ठेक्कामा गरेर थप कर्तुत बाहिरिएको छ । मंसिर १४ गते सिधा कुरा जनतासँग कार्यक्रम मार्फत अध्यक्ष गुप्ताले फर्जी सूचना तयार गरि विकास निर्माणको बजेट आफ्नै परिवारलाई बाँडेको रहस्यबारे खुलासा गरेका थियौं । उनले आ.व. २०७९/०८० मा ठेक्का नं. १८/०७९/८०, १९/०७९/८०, २०/०७९/८०, २१/०७९/८० र २२/०७९/८० को ५ वटा ठेक्काको टेण्डर आह्वानको सूचना प्रकाशन नै नगरि फर्जी कागज तयार गरि परिवार एवं कार्यकर्तालाई बजेट दिएको रहस्य खुलाएका थियौं ।

अहिले पुनः उनको अर्को कुर्तत बाहिरिएको छ । उनले आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाको सौर्य सिचाँई प्रणाली जडानको करिब ९० लाखको बजेट पनि आफन्तलाई नै दिएको सार्वजनिक भएको हो । अध्यक्ष गुप्ताले ठेक्का नंं. ०१-०८०/८१ 3HP सौर्य सिचाँई प्रणाली जडानको करिब ९० लाखको बजेट आफ्नै परिवारका सदस्यहरुको नाममा भुक्तानी गराउन खोजेको पाइएको हो । अध्यक्ष गुप्ताले यो बजेटको सूचना नै प्रकाशित नगरि गाउँपालिकामा नोटिस मात्रै टाँसेर आफ्नै कार्यकर्ताको नाममा रहेको सप्लायर्सलाई गोप्य रुपमा टेण्डर पारि छिपहरमाई गाउँपालिका – ४ तुलसीबर्वाभरि सौर्य सिचाँई जडान गर्ने कार्य पनि सम्पन्न गरिसकेका छन् तर भुक्तानी दिने बेलामा प्रमुख प्रशासकीय अधिकृतले उक्त टेण्डरलाई खारेज गरेपछि अध्यक्ष गुप्ताको काला कर्तुत बाहिरिएको हो ।

गाउँपालिकाले मिति २०८० कात्तिक १९ गते सूचना प्रकाशित गरि उक्त टेण्डरलाई खारेज गरेको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले सूचना प्रकाशित गर्दै उक्त ठेक्का विद्युतीय खरिद प्रणाली संचालन निर्देशिका, २०८० को दफा ५ बमोजिम नभएकोले रद्द गरेका थिए । प्रकाशित सूचनामा ‘सार्वजनिक निकाय र सरकारी कोषको प्रयोग गरि खरिद गर्ने सँस्थाले खुल्ला रुपमा बोलपत्र वा पूर्व योग्यता वा प्रस्ताव आह्वान गरि निर्माण कार्य वा मालसामान वा परामर्ष सेवा वा अन्य सेवा खरिद गर्दा विद्युतीय खरिद प्रणाली मार्फत मात्र खरिद गर्नुपर्नेछ भन्ने खरिद प्रणाली संचालन निर्देशिका २०८० को दफा ५ मा प्रष्ट रुपमा उल्लेख रहेको अवस्थामा यस कार्यालयबाट २०८० साउन ६ गते प्रकाशित सूचना बमोजिम आह्वान गरिएको ठेक्का नं. ०१-०८०/८१ 3HP सौर्य सिचाँई प्रणाली जडानको ठेक्का विद्युतीय खरिद प्रणाली संचालन निर्देशिका बमोजिम नभएकोले उक्त ठेक्का रद्द गरिएको छ’ भनि उल्लेख गरिएको छ ।

यो सूचनाले पनि अध्यक्ष गुप्ताले पालिकाको बजेटमा गर्ने गरेको गोरखधन्दालाई पुष्टि गरेको छ । गोप्य रुपमा पालिकामा मात्रै सूचना टाँस गरि आफन्त एवं कार्यकर्ताको नाममा रहेको सप्लायर्सलाई ठेक्का पारि काम पनि सम्पन्न भइसकेको अवस्थामा नियमपूर्वक नभएको भनि अधिृकतले टेण्डर रद्द गरेपछि अध्यक्ष गुप्ताले अधिकृत साहलाई सरुवा गराएका थिए । यसो पनि हाल कार्यरत रहेका प्रमुख प्रशासकीय अधिकृतलाई पनि त्यही कामको भुक्तानी गराउन खोज्दा नमानेपछि उनलाई पनि सरुवा गराइएको गाउँपालिका श्रोतले जनाएको छ । अध्यक्ष गुप्ताले अधिकृतलाई दबाब दिई आफ्नो मनोमानी ढङ्गले संचालन खोजेकै कारण त्यहाँ महिनौं पिच्छे प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा हुने गरेको छ ।

सम्पन्न भइसकेको योजनाको बजेट निकाशा नहुँदा अध्यक्ष गुप्ता अहिले तनावमा रहेको गाउँपालिका श्रोतले जनाएको छ । जुनपनि अधिकृतलाई आफ्नो रबर स्टाम्प बुझ्ने अध्यक्ष गुप्तालाई अधिकृत सिकिन्द्र साह र कृष्णा ठाकुरले कडा जवाफ दिएका छन् । हाल कार्यरत अधिकृत कृष्णा ठाकुरले पनि रद्द गरिएको योजनाको बजेट निकाशा नगर्ने अडान राखेपछि उनलाई पनि सरुवा गराएर अशोक रौनियारलाई ल्याइएको छ । अध्यक्ष गुप्ताले यही बजेट निकाशा गराउनकै लागि रौनियारलाई सरुवा गराएर ल्याएको गाउँपालिका श्रोतले जनाएको छ । तर यो योजनाको बजेटमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि निगरानी रहेको बताइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि