वीरगंज (पर्सा), २० मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले एनसेल कम मूल्यमा बिक्री गर्नुमा जालझेल रहेको बताएका छन् । बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै यादवले आजियटाले ‘कू’ प्रचार गरेको भन्दै सरकारले लगाम लगाउनुपर्ने बताए ।
“कम मूल्यमा बिक्री गर्दा जालझेल भएको छ । पाँच अर्ब खुद नाफा गरेको कम्पनी साढे ६ अर्बमा कसरी बिक्यो ? शंकास्पद छ,” उनले भने । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसदसमेत रहेका यादवले दूरसञ्चार प्राधिकरणलाई जानकारी नहुनु पनि शंकास्पद भएको बताएका छन् ।
“कारोबार आम्दानी नेपालमा गर्ने अनि बिक्री विदेशमा गर्ने ? सरकारको ध्यान कता छ ? स्माट सेल र एनसेलको सम्बन्ध के हो ? स्माटले नेपाललाई डुबाएको छ । दुवैको लगानीकर्ता एकै हो । सरकारले स्पष्ट पारोस्,” यादवले भने ।
प्रतिक्रिया दिनुहोस् !