Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छिपहरमाई गापा अध्यक्ष मनोज गुप्ताको फर्जी काम बाहिरिएपछि भाडाका पत्रकार प्रयोग गरि सफाई दिदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १९, २०८०
छिपहरमाई गापा अध्यक्ष गुप्ताको गोरख धन्दा, टेण्डर आह्वानमा फर्जी गरि अढाई करोड आफन्तलाई

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १९ मंसिर । पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले फर्जी कागज तयार पारि विकास निर्माणको बजेट आफ्नै परिवार एवं कार्यकर्तालाई बाँडेको विषयमा न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग कार्यक्रम’ मा प्रकाशन भएपछि गुप्ता अहिले भाडाका फेसबुकिया पत्रकार, युटबुरहरुलाई गुहार्नमा व्यस्त भएका छन् । प्रत्यक्ष प्रशासन कार्यक्रममा अध्यक्ष गुप्तामािथ लागेको आरोपबारे प्रतिक्रिया लिनको लागि पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन् । गाउँपालिकाको बजेटमाथि अध्यक्ष गुप्ताले मच्चाएको ब्रम्ह्लुटबारे छताछुल्ल भएपछि उनी अहिले भाडाका पत्रकारहरु मार्फत सफाई दिन आतुर भएका छन् ।

आफूमाथि लागेको आरोपको जवाफ दिन नसक्ने अध्यक्षले तथ्यविहीन सामाग्री प्रकाशन गरिएको भनेर भ्रामिक जवाफ दिइरहेका छन् तर हामीसँग जवाफ दिन उनले आँट पनि गरेका छैनन् । हामीले तथ्य, प्रमाण सहित फर्जी कामको खुलासा गरेका थियौं तर उनले अन्य भाडाका पत्रकारहरु मार्फत दिएको सफाईमा आफू सत्य रहेको प्रमाण नदेखाई प्रकाशन गरिएको विषयलाई बँग्याएर पत्रकारिता जगतमाथि खेदो खन्ने काम गरि रहेका छन्, र उनलाई साथ दिइरहेका छन् भाडाका पत्रकार । उनी सही छन् भने हामीले लगाएको आरोपको प्रमाण पेश गर्न सक्नुपर्यो, नत्र यसरी आफू सहि रहेको भनेर जथाभावी प्रमाण विना बोलेर खण्डन गर्नुको कुनै औचित्य छैन् ।

एउटा शिर्षकमा होइन, आधा दर्जन भन्दा बढि शिर्षकमा अनियमितता गरेको अध्यक्ष गुप्तामाथि आरोप लागेको छ । उनकै पालिकाका स्थानीयहरुले अध्यक्ष गुप्ताले स्टेडियम निर्माण, दलित आवास भवन निर्माण, चापाकल जाडान, सोलारबत्ती जडान, सशर्त अनुदानको रकम, शिक्षक भर्ना जस्ता विभिन्न शिर्षकको बजेटमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् । स्थलगत रिपोर्टिङ्गको क्रममा स्थानीयसँग बुझ्दा अध्यक्ष गुप्ताको लुटतन्त्रको सीमा नाघिसकेको बताएका छन् । विकास निर्माणको नाममा परिवार, नातागोता एवं कार्यकर्ताहरुलाई अन्धाधुन्द बजेट बाँडेका छन् । यि सबै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टँगालमा उजुरीको चाँङ्ग नै लागेको छ । उनले आफ्नो सफाईको क्रममा बोलेका छन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पालिका विरुद्ध उजुरी परेको पनि छ’ । यदि उनी सही काम गरेका छन् भने उजुरी कसरी पर्यो ? यो खोजविनको विषय छ ।

मंसिर १४ गते बिहीबारको दिन न्यूज २४ टेलिभिजनमा प्रकाशित रिपोर्टमा पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले फर्जी कागज तयार पारि विकास निर्माणको बजेट आफ्नै परिवारलाई बाँडेको रहस्यबारे खुलासा गरिएको थियो । अध्यक्ष गुप्ताले गाउँपालिका अन्तर्गत विभिन्न ५ वटा विकास निर्माणको टेण्डर प्रकाशन नै नगरि टेण्डर आह्वानको सूचना प्रकाशितको फर्जी कागज तयार गरि परिवार एवं कार्यकर्तालाई बजेट दिएको रहस्य प्रकाशन गरेको थियो ।

आ.व. २०७९/०८० मा ठेक्का नं. १८/०७९/८०, १९/०७९/८०, २०/०७९/८०, २१/०७९/८० र २२/०७९/८० को ५ वटा ठेक्का आफ्नो भाई, चाचा, हजुरबुवा एवं पार्टीका कार्यकर्तालाई फर्जी तरिकाबाट दिएको हो । फर्जी कामलाई सफल बनाउन तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद गुप्ताले साथ दिएका थिए । पालिकाको स्वास्थ्य शाखामा कार्यरत शम्भु गुप्तालाई अध्यक्ष मनोज गुप्ताले आफ्नो स्वार्थ पुरा गर्नका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाई आफ्नो स्वार्थ पुरा गरेका थिए ।

अध्यक्ष गुप्ताले ठेक्का नं. १८/०७९/०८० को ५८ लाख २१ हजार ५०६ रुपैयाँ ३१ पैसाको ‘खानेपानीको लागि ट्युबबेल (चापाकल) जडान गर्ने’ ठेक्का नं. १९/०७९/०८० को ४१ लाख ५६ हजार ५८४ रुपैयाँ ९ पैसाको ‘स्टेडियम निर्माण’ को ठेक्का चाचा ओमप्रकाश गुप्तालाई, ठेक्का नं. २०/०७९/०८० को ३७ लाख ४७ हजार ७९ रुपैयाँ ५३ पैसाको ‘४ कोठे भवन निर्माण’ को ठेक्का आफ्नै कार्यकर्ता राजेश पटेल, ठेक्का नं. २१/०७९/०८० को ५८ लाख २२ हजार ४३२ रुपैयाँ १ पैसाको ‘दलित आवास भवन निर्माण’ को ठेक्का चाचा अवध साह कानु, ठेक्का नं. २२/०७९/०८० को ४५ लाख ७० हजार ३४० रुपैयाँ ९१ पैसाको ‘दलित आवास भवन निर्माण’ को ठेक्का कार्यकर्ता अजिब आलमलाई फर्जी तरिकाले दिएका हुन् ।

यि ५ वटै विकास निर्माणको लागि टेण्डर आह्वानको सूचना प्रकाशित नै नगरि एकैपटक टेण्डर स्वीकृतको सूचना ‘सौर्य दैनिक’ पत्रिकामा २०७९।१२।१५ गते एवं २०८०।०१।०४ गते प्रकाशित गरि अध्यक्ष गुप्ताले आफ्नै भाई, चाचा, हजुरबुवा एवं पार्टीका कार्यकर्ताहरुलाई बजेट बाँडेका हुन् । जबकी यि टेण्डरको आह्वानको सूचना नै प्रकाशित नगरिएको हामी सौर्य देनिक पत्रिकाको आधिकारिक वेभसाइटबाट डाउनलोड गरेर प्रमाण सहित प्रकाशन गरेका थियौं । यदि उनले सही तरिकाले सूचना प्रकाशन गरेका छन् भने त्यो सूचना कहाँ छापिएको छ, देखाउन सक्नुपर्यो, नत्र भाडाको पत्रकार मार्फत सफाई दिनुले उनको कार्यशैलीलाई पुष्टि गरेको छ । टेण्डर आह्वान नै नगरि स्वीकृतको सूचना प्रकाशित गरि निमित्त प्रमुख प्रशासकीय अधिकृतको सहयोगमा अध्यक्षले २ करोड ४१ लाख १७ हजार ९४१ रुपैयाँको ठेक्का आफ्नो परिवारका सदस्यहरुलाई बाँडेका हुन् । दोश्रो कार्यकाल अध्यक्षमा विजयी भएका अध्यक्ष गुप्ता भ्रष्टाचारी गर्न माहिर रहेको यसैबाट पुष्टि हुन्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि