Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मेलामा प्रहरीले नाच नाच्नमा रोक लगाएपछि झडप, अश्रुग्याँस तथा रबरको गोली प्रहार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १८, २०८०
मेलामा प्रहरीले नाच नाच्नमा रोक लगाएपछि झडप, अश्रुग्याँस तथा रबरको गोली प्रहार

वीरगंज (पर्सा), १८ मंसिर । वीरगंज महानगरपालिका वडा नं १७ अलौको सिवान टोलस्थित शनिबार लागेकाे महाबिरी झण्डा मेलामा प्रहरीले ज्यादती गरेकाे स्थानियहरुले आराेप लगाएका छन् । मेलामा शनिबार राति शान्तिपूर्ण तरिकाले नाच नाचिरहे पनि प्रहरीले अवराेध गर्दै लाठी चार्ज समेत गरेकाे स्थानियहरुकाे भनाई छ ।

प्रहरीले ज्यादती गरेकाे भन्दै स्थानियहरु आइतबार अलाैंकाे हनुमान मन्दिर चाैकमा टायर बालेर प्रदर्शन समेत गरेका छन् । मेलामा नाच नचाउने विषयमा दर्शक र नेपाली सुरक्षाकर्मीबीच विवाद भएकाे थियो । विवाद झडपमा परिणत हुँदा एक जना सर्बसाधारणसहित केही सुरक्षाकर्मी समेत घाइते भएका छन् । प्रहरीले राती ११ बजेपछि नाच नचाउन नपाउने भन्दै अवरोध गरेको थियो । तर पनि राती १२ बजेसम्म नाच नचाउन दिइएको थियो ।

राति १२.३० बजेपछि नचाउने काम नरोकिएको कारण स्थानीय प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साबाट थप प्रहरी मगाएपछि नाच हेर्न आएका दर्शकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्ज पछि सो स्थानको अवस्था तनावग्रस्त भएको थियो । नेपालको सिवानटोल र भारतीय सीमावर्ती गाउँ हरैयाका स्थानीयवासीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि केही सुरक्षाकर्मी समेत घाइते भएकाे वताइएकाे छ ।

झडपमा प्रहरी चौकी श्रीसियाका सहायक प्रहरी हवल्दार सुबोध कुमार यादव, प्रहरी जवानद्वय सुभाष चौधरी, रोसन सिंहल घाइते भएकाे बुझिएकाे छ । प्रहरीले भिडलाई तितरवितर पार्न ३ राउन्ड अश्रुग्याँस र १ थान रबरको गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी कुमार विक्रम थापाले बताए।

घटनामा हरैयाका १७ वर्षीय युवक राजनकुमार घाइते भएका छन् । उनको बायाँ खुट्टामा गम्भीर चोट लागेर डंकन अस्पतालमा उपचार भइरहेका छ । घाइते परिवारजनका अनुसार प्रहरीको गोलीको छर्रा लागेर राजन घाइते भएको दावी गरिएको छ । तर सुरक्षा निकायले उनीमाथि गोलि नचलाएको र भाग्ने क्रममा लडेर चोट लागेको हुन सक्ने अथवा अश्रु ग्याँसको सेलबाट खुट्टा पोलेको हुन सक्ने भनी आशंका गरेको छ।

हरेकवर्ष छठ पर्वको १५ दिनपछि महाबिरी झण्डा मेला दुई देशको गाउँ नेपालको शिवानटोला र भारतको हरैया गाउँका स्थानीयको संयुक्त सहमतिमा मेला समिति चयन गरेर झण्डा मेला लाग्दै आएको छ । हिजोको महाबिरी झन्डा मेलामा भारत बिहार मझौलियाका चर्चित नाच ल्याइएको थियो । मेलामा रातिकाे समय धेरै बर्ष पहिलादेखि नाच नाच्दै आएपनि यस बर्ष प्रहरीले अवराेध गरेपछि विवाद भएकाे स्थानियहरुले वताएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्व. वीरेन्द्र शाहको स्मृतिमा श्रद्धाञ्जलीसभा

स्व. वीरेन्द्र शाहको स्मृतिमा श्रद्धाञ्जलीसभा

जेष्ठ १९, २०८३
नयाँ भन्सार ऐनविरुद्ध एजेन्टहरूको ‘पेन डाउन’ : देशभरका भन्सार कार्यालयहरु प्रभावित

वीरगंज नाका मार्फत दलहन आयातमा कमी

जेष्ठ १९, २०८३
हरिखेतान क्याम्पसको संचालक समिति पुनर्गठन

हरिखेतान क्याम्पसको संचालक समिति पुनर्गठन

जेष्ठ १९, २०८३
प्रतिभावान महिला क्रिकेट खेलाडी मोनरमालाई क्रिकेट कीट सहयोग

प्रतिभावान महिला क्रिकेट खेलाडी मोनरमालाई क्रिकेट कीट सहयोग

जेष्ठ १९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि