Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी अस्पतालमा ‘पोष्ट नेटल केयर’ वार्ड निर्माणको लागि त्रिपक्षीय हस्ताक्षर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १७, २०८०
नारायणी अस्पतालमा ‘पोष्ट नेटल केयर’ वार्ड निर्माणको लागि त्रिपक्षीय हस्ताक्षर

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १७ मंसिर । वीरगंज स्थित नारायणी अस्पतालको प्रसुती गृह अन्तर्गत पोष्ट नेटल केयर (पि.एन.सि.) वार्ड निर्माणको लागि त्रिपक्षीय हस्ताक्षर भएको छ । अस्पतालको सभकक्षमा आयोजित एक कार्यक्रमबीच के.एन.पि. जापान प्राइभेट लिमिटेड, नारायणी अस्पताल तथा वीरगंज महानगरपालिकाबीच त्रिपक्षीय हस्ताक्षर भएको हो । के.एन.पि. जापान प्राइभेट लिमिटेडको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको हुन वार्डको लागि के.एन.पि.को तर्फबाट कन्ट्री हेड मनोज मिश्रा, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्ड डा. चितरन्जन साह एवं महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै के.एन.पि. जापान प्राइभेट लिमिटेडका कन्टी हेड मनोज मिश्राले यस कम्पनीको सामाजिक कार्य अन्तर्गतको बजेटलाई संघीय राजधानी काठमाडौंबाट कटौती गरेर वीरगंज स्थित नारायणी अस्पताललाई प्रदान गरिएको बताए । उनले यस कम्पनीले वीरगंज औद्योगिक कोरिडोर क्षेत्रबाट लाभ लिईरहेकोले त्यसको केही अँश यहाँका नागरिकहरुलाई सहयोग पुर्‍याए कम्पनी परिवार पनि गर्वान्वित हुने भएकोले सामाजिक कार्यको ३५ लाख बजेट नारायणी अस्पताललाई दिइएको बताए । उनले सन् २०१२ देखि स्थापित भई हालसम्म वीरगंज औद्योगिक कोरिडोर क्षेत्रकै योगदानले नेपालमा तेश्रो ठूलो कम्पनीको रुपमा स्थापित भएको बताए ।

कार्यक्रममा के.एन.पि. जापन प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अशोक वैद्यले वीरगंज महानगरपालिकाको अथक प्रयासले यो कार्य सम्भव भएकोले महानगर प्रमुखलाई धन्यवाद व्यक्त गरे । उनले यस कम्पनीले काठमाडौंमा विभिन्न सामाजिक कार्यमा सहयोग पुर्‍याई सकेको अवस्थामा वीरगंजमा पनि केही सामाजिक कार्यमा बजेट लगानी गर्नुपर्ने अवस्थालाई मध्यनजर अस्पतालमा पि.एन.सि. वार्ड निर्माण गर्न लागिएको बताए ।

उनले त्रिपक्षीय अस्पताक्षर सम्पन्न भइसकेकोले भोलिदेखि नै निर्माणको कार्य शुरु हुने बताए । निर्माण कार्यमा कुनै पनि कमि नहुने निर्माण कम्पनीलाई निर्देशन समेत दिइसकेको उनको भनाई छ । नेपालकै दोश्रो ठूलो अस्पतालको रुपमा रहेको नारायणी अस्पतालको अवस्था नाजुक रहेकोले यसको सुधारको लागि यस सहयोगले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले युवाहरुको प्रयासले नै परिवर्तन सम्भव रहेको बताए । उनले नारायणी अस्पताल विकास समितिको अध्यक्षमा नवनियुक्त युवा धिरज कुमार गुप्ता, एवं यहाँका जनप्रतिनिधिहरु पनि युवाहरु नै रहेकोले सबैले चाहे वीरगंजमा विकासको परिवर्तन हुने विश्वास व्यक्त गरे ।

साथै उनले वीरगंज महानगरपालिका भित्रको ९१ वटा सामुदायिक विद्यालयहरुको रंगरोगनमा सहयोग गरिदिन के.एन.पि. परिवारलाई आग्रह समेत गरे । नेपाल सरकारको नियमानुसार सम्पूणर् सामुदायिक विद्यालय एउटै रङ्गको हुनुपर्ने भएकोले यस कार्यका लागि कम्तिमा सामान उपलब्ध गराईदिन हुन के.एन.पि. परिवारलाई आग्रह गरे ।

नारायणी अस्पताल प्रसुती गृहको पछाडि रहेको केबिन भवनमा २० बेड क्षमताको वार्ड निर्माण गर्न लागिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्ड डा. चिन्तरन्जन साहले जानकारी दिए । उनका अनुसार के.एन.पि. जापान प्राइभेट लिमिटेडको अनुमानित ३५ लाख रुपैयाँको बजेटमा उक्त वार्ड निर्माण गर्न लागिएको र ४५ दिन भित्र निर्माणको काम सम्पन्न भई २ महिना भित्र उद्घाटन गर्ने लक्ष्य रहेको जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि