Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज रास्वपा पर्सा राष्ट्रिय धोती दिवस हरिखेतान बहुमुखी क्याम्पसमा विवाद सामुदायिक विद्यालय हरिखेतान क्याम्पस विवाद वीरगंजमा लगाइएको कर्फ्यू हट्यो साम्प्रदायिक तनावले शिक्षा प्रभावित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छिपहरमाई गापा अध्यक्ष गुप्ताको गोरख धन्दा, टेण्डर आह्वानमा फर्जी गरि अढाई करोड आफन्तलाई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १५, २०८०
छिपहरमाई गापा अध्यक्ष गुप्ताको गोरख धन्दा, टेण्डर आह्वानमा फर्जी गरि अढाई करोड आफन्तलाई

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १५ मंसिर । पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले फर्जी कागज तयार पारि विकास निर्माणको बजेट आफ्नै परिवारलाई बाँडेको रहस्य खुलेको छ । अध्यक्ष गुप्ताले गाउँपालिका अन्तर्गत विभिन्न ५ वटा विकास निर्माणको टेण्डर प्रकाशन नै नगरि टेण्डर आह्वानको सूचना प्रकाशितको फर्जी कागज तयार गरि परिवार एवं कार्यकर्तालाई बजेट दिएको रहस्य बाहिरिएको हो ।

आ.व. २०७९/०८० मा ठेक्का नं. १८/०७९/८०, १९/०७९/८०, २०/०७९/८०, २१/०७९/८० र २२/०७९/८० को ५ वटा ठेक्का आफ्नो भाई, चाचा, हजुरबुवा एवं पार्टीका कार्यकर्तालाई फर्जी तरिकाबाट दिएको पाइएको हो । यो फर्जी कामलाई सफल बनाउन तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद गुप्ताले साथ दिएका छन् । पालिकाको स्वास्थ्य शाखामा कार्यरत शम्भु गुप्तालाई अध्यक्ष मनोज गुप्ताले आफ्नो स्वार्थ पुरा गर्नका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएका थिए ।

उनी निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त भएपछि अध्यक्ष गुप्ताले आफ्नो मनोमानी रुपमा विकास निर्माणको करिब अढाई करोड बजेटको ५ वटा ठेक्का आफ्नो भाई, चाचा, हजुरबुवा एवं कार्यकर्तालाई दिएका हुन् । ठेक्का नं. १८/०७९/०८० को ५८ लाख २१ हजार ५०६ रुपैयाँ ३१ पैसाको ‘खानेपानीको लागि ट्युबबेल (चापाकल) जडान गर्ने’ ठेक्का आप्mनै चाचा पर्ने ओमप्रकाश गुप्तालाई दिएका छन् । वीरगंज – २४ रामगढवाका अनमोल निर्माण सेवालाई ठेक्का परेको बताइपनि निर्माणको काम भने अध्यक्षका चाचा ओमप्रकाश गुप्ताले गरेका हुन् ।

ठेक्का नं. १९/०७९/०८० को ४१ लाख ५६ हजार ५८४ रुपैयाँ ९ पैसाको छिपहरमाई गा.पा.-२ सम्भौता स्थित ‘स्टेडियम निर्माण’ को ठेक्का पनि चाचा ओमप्रकाश गुप्तालाई नै दिएका छन् । यो टेण्डरको ठेक्का पनि अनमोल निर्माण सेवालाई परेको बताइएपनि निर्माण कार्य भने चाचा ओमप्रकाशले नै गरेका हुन् । ठेक्का नं. २०/०७९/०८० को ३७ लाख ४७ हजार ७९ रुपैयाँ ५३ पैसाको छिपहरमाई गा.पा.-४ स्थित ‘श्री नेराप्रावि बन्जारीको ४ कोठे भवन निर्माण’ को ठेक्का अजय एण्ड प्रतिमा कन्स्ट्रकसनलाई परेको छ । जसको संचालक उनकै पार्टीका कार्यकर्ता जयमंगलापुर निवासी राजेश पटेल हुन् ।

ठेक्का नं. २१/०७९/०८० को ५८ लाख २२ हजार ४३२ रुपैयाँ १ पैसाको छिपहरमाई गापा-४ तुल्सीबर्वा स्थित ‘दलित आवास भवन निर्माण’ को ठेक्का श्री अनिल आदित्य निर्माण सेवालाई पारिएको छ । जसको संचालक अध्यक्षका चाचा अवध साह कानु हुन् । चाचालाई ठेक्का पारेर योजना शाखामा कार्यरत भाई संजय साह, अर्का चाचा लालबाबु गुप्ता, कान्छो हजुरबुवा सत्रुधन गुप्ता मिलेर निर्माण कार्य गरेका हुन् ।

ठेक्का नं. २२/०७९/०८० को ४५ लाख ७० हजार ३४० रुपैयाँ ९१ पैसाको तुल्सीबर्वामै अर्को ‘दलित आवास भवन निर्माण’ को ठेक्का मुस्कान कन्स्ट्रक्सनलाई पारिएको छ । जसको संचालक कालिकामाई गाउँपालिका तिनडुबिया निवासी अजिब आलम हुन् र यिनी अध्यक्ष गुप्ताका विशेष व्यक्ति हुन् । यि ५ वटै विकास निर्माणको लागि टेण्डर आह्वानको सूचना प्रकाशित नै नगरि एकैपटक टेण्डर स्वीकृतको सूचना ‘सौर्य दैनिक’ पत्रिकामा २०७९।१२।१५ गते एवं २०८०।०१।०४ गते प्रकाशित गरि अध्यक्ष गुप्ताले आफ्नै भाई, चाचा, हजुरबुवा एवं पार्टीका कार्यकर्ताहरुलाई बजेट बाँडेका हुन् ।

ठेक्का स्वीकृत भएको भनेर २०७९ चैत १५ र २०८० वैशाख ४ गते सौर्य देनिक पत्रिकामा प्रकाशित सूचना ।

टेण्डर स्वीकृत भएको प्रकाशित सूचनामा भनिएको छ ‘यस छिपहरमाई गाउँपालिकाको कार्यालयबाट मिति २०७१।१०।१७ गते सौर्य दैनिक पत्रिकामा प्रकाशित विद्युतीय बोलपत्र आह्वानको सूचना अनुसार प्राप्त हुन आएका बोलपत्रहरु मध्ये निम्न लिखित बोलपत्र न्यूनतम मुल्याङ्कित र सारभुत रुपमा प्रभावग्राही भई स्वीकृतीको लागि छनौट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ तथा सोही ऐनको दफा ४७ को प्रयोजनको लागि सूचना प्रकाशन गरिएको छ ।’ तर २०७९।१०।१७ गतेको सौर्य दैनिक पत्रिकामा छिपहरमाई गाउँपालिकाको बोलपत्र आह्वानको सूचना नै प्रकाशन भएको छैन । यहाँ ठेक्का नं. १८, १९ र २० को ३ वटा ठेक्कालाई फर्जी तरिकाले पारिएको छ ।

यसैगरि २०८० वैशाख ४ गतेको सौर्य दैनिक पत्रिकामा टेण्डर स्वीकृतको प्रकाशित सूचनामा भनिएको छ ‘यस गाउँपालिकाको कार्यालयबाट मिति २०७९।११।१९ गते सौर्य दैनिक पत्रिकामा प्रकाशित बोलपत्र आह्वानको सूचना अनुसार प्राप्त हुन आएका बोलपत्रहरु मध्ये निम्न लिखित बोलपत्र न्यूनतम मुल्याङ्कित र सारभुत रुपमा प्रभावग्राही भई स्वीकृतीको लागि छनौट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ तथा सोही ऐनको दफा ४७ को प्रयोजनको लागि सूचना प्रकाशन गरिएको छ ।’ तर २०७९।११।१९ गतेको सौर्य दैनिक पत्रिकामा यो पनि सूचना प्रकाशित गरिएको छैन ।

टेण्डर आह्वान नै नगरि स्वीकृतको सूचना प्रकाशित गरि निमित्त प्रमुख प्रशासकीय अधिकृतको सहयोगमा अध्यक्षले २ करोड ४१ लाख १७ हजार ९४१ रुपैयाँको ठेक्का आफ्नो परिवारका सदस्यहरुलाई बाँडेका हुन् । दोश्रो कार्यकाल अध्यक्षमा विजयी भएका अध्यक्ष गुप्ता भ्रष्टाचारी गर्न माहिर रहेको यसैबाट पुष्टि हुन्छ । संघीयताको भरपुर फाइदा त यिनले उठाई रहेका छन् । गाउँपालिका बजेटलाई खुलेयाम बाँडफाँड गरि अध्यक्ष गुप्ताले करोडौंको सम्पत्ति आर्जन गरेका छन् ।

उनले वीरगंजको लिंकरोडदेखि उत्तरपट्टिको गल्लीमा आलिसान होटल खडा गरेका छन् । जसको उद्घाटन भर्खरै यही बुधबार गरेका छन् । पालिकाको बजेट हिनामिना भरि करिब ५ करोडको लगानीमा अध्यक्ष गुप्ताले ६ तल्ले ‘होटल बिराट एण्ड प्लाजा’ संचालनमा ल्याएका हुन् । यति मात्रै कहाँ हो र ? उनले वीरगंजको श्रीपुर, रानीघाटदेखि काठमाडौंसम्म घरघडेरी जोड्न सफल भएका हुन् । उनको भ्रष्टाचार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दाको चाङ नै लागेको छ तर पैसाको आडमा पटक पटक उम्किँदै आएका छन् ।

मिति २०७९ माघ १७ गते र २०७९ फागुन १९ गते सौर्य दैनिक पत्रिकामा प्रकाशित विद्युतीय बोलपत्र आह्वानको सूचना भनिएकोमा त्यस दिनको सौर्य दैनिक पत्रिका । सौर्य दैनिक पत्रिकाको आधिकारिक पेजबाट डाउनलोड गरिएको छ । यस पत्रिकामा कहिँ सूचना छापिएको छैन । पत्रिकाको पिडिएफ हेर्न यहाँ क्लिक गर्नुहोस् : Saurya Dainik 2079-10-17

Saurya Dainik 2079-11-19
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

माघ १, २०८२
नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

माघ १, २०८२
बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

माघ १, २०८२
धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

माघ १, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि