Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिल्ला प्रशासन बारामा बेथितिको चाङ्ग !, कर्मचारी अभावले नागरिकता वितरणमा बढि समस्या

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १२, २०८०
जिल्ला प्रशासन बारामा बेथितिको चाङ्ग !, कर्मचारी अभावले नागरिकता वितरणमा बढि समस्या

कलैया (बारा), १२ मंसिर । माथिको तस्बिरमा देखिएको लामबद्ध लाइन र भिड कुनै मन्दिर वा मेलाको होइन । यो भिड जिल्ला प्रशासन कार्यालय बारा कलैयाको हो । यस्तो भिड जिल्ला प्रशासन कार्यालयमा दिनहुँ हुने गर्दछ । यदि तपाईँ कुनै काम लिएर जिल्ला प्रशासन कार्यालय बारामा जानुभयो भने तपाईँले सहजै सेवा पाउने स्थिति भने छैन । घण्टौँसम्म लाइन बस्तु पर्ने वा काम नभएर रित्तै हात फर्कनु पर्ने पनि हुन सक्दछ । जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र जस्ता सेवाहरू दिने गरेको छ । अरू सेवा भन्दा पनि नयाँ नागरिकता र प्रतिलिपि नागरिकता वितरणमा सबैभन्दा बढी समस्या देखिएको छ ।

कार्यालयमा सेवा लिन आउनेहरूको अत्यधिक चाँप हुनु र कार्यालयमा पर्याप्त कर्मचारीहरू नहुँदा सेवा प्रवाहमा समस्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बारा बेथितिको चाङ्ग बनेको छ । जिल्ला प्रशासन कार्यालय बाराअन्तर्गत अधिकृत स्तरका मात्रै ४ जना कर्मचारी नहुँदा नागरिकता वितरणमा सबैभन्दा बढी समस्या देखिएको कार्यालयले जनाएको छ । लामो समयदेखि कार्यालयमा प्रशासकीय अधिकृतहरू नहुँदा सेवाग्राहीहरूलाई सहज रूपमा सेवा दिन नसकेको प्रशासन कार्यालयको पनि स्वीकारोक्ति रहेको छ । कार्यालयमा सेवाग्राहीहरूले सहज रूपमा सेवा नपाउनु र बढी भिडभाड हुनको कारण मुख्यतः कर्मचारी अभाव नै रहेको प्रशासन कार्यालयको नेतृत्व गरिरहेका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको भनाई छ ।

जिल्ला प्रशासन कार्यालयमा मात्र होइन यस अन्तर्गत रहेका अन्य कार्यालयहरू इलाका प्रशासन कार्यालय कोल्हवी, इलाका प्रशासन कार्यालय सिमरा र इलाका प्रशासन कार्यालय सिम्रौनगढका गरी र ४ जना प्रशासकीय अधिकृत रवाना लिएदेखि अधिकृतबाट हुने सबै काम ठप्प भएको छ । नागरिकता लगायतका सेवाहरू सहज रूपमा सेवा दिन सिमरा, कोल्हवी र सिम्रौनगढमा पनि इलाका प्रशासन कार्यालय सञ्चालनमा छ । तर कोल्हवी र सिम्रौनगढमा अधिकृत नहुँदा सेवाग्राहीहरू लामो दुरी पार्दै कलैया जिल्ला प्रशासन कार्यालय जाने गरेका छन् । अधिकृत नै नहुँदा इलाका प्रशासनको काम ठप्प बने पछि कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा सेवा लिनेहरूको चाँप बढेको छ । इलाका प्रशासन कार्यालय ठप्प भएपछि दैनिक जसो कोल्हवी र सिम्रौनगढका सयौँ सेवाग्राहीहरू आएपछि अझ कार्यालयमा चाँप बढेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।

छोटो समयको जिम्मेवारी लिएर गएका कर्मचारी समयावधि भित्रै रवाना लिएर गएपछि सेवाग्राही मारमा परेको सापकोटाको भनाई छ । दुई जना अधिकृतले गर्नुपर्ने काम अहिले प्रशासकीय अधिकृत अनिता कुमारी राजलबटले मात्र गरेर भए पनि काम चलाऊ रूपमा सेवाग्राहीहरूलाई सेवा दिइरहेको प्रमुख जिल्ला अधिकारी सापकोटाको गुनासो छ । इलाका प्रशासन कार्यालयहरू रहेका प्रशासकीय अधिकृतहरूको सरुवा भएपछि काम ठप्प भएको कुरा स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले उक्त समस्याको बारेमा आफूले बारम्बार सम्बन्धित माथिल्लो निकायमा घचघच्याइरहेको जानकारी दिए । बारामा वंशज,जन्मसिद्ध जस्ता नयाँ नागरिकता र प्रतिलिपि लिने नागरिकहरूको चाप बढेपछि अन्यौलता सिर्जना भएको प्रजिअ सापकोटाको भनाई छ ।

जिल्ला प्रशासन कार्यालयमा बिहान ८ बजेदेखि नै लाइनमा बसेर पनि काम हुन नसकेको आइतबार कार्यालय परिसरमा भेटिएका सेवाग्राही राम पासवानले दुःखेसो व्यक्त गरे । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउँदा एक दिनको काममा हप्तौँ लाग्ने गरेको र शाखा अधिकृत नहुँदा काम नभई घर फर्किने अवस्था रहेको अर्का एक सेवाग्राहीले बताए । प्रशासन कार्यालयमा सबैभन्दा बढी प्रतिलिपि लिन आउने सेवाग्राहीले बढी दुःख पाउने गरेका छन् । प्रतिलिपि नागरिकता लिन हप्तादेखि महिनौँसम्म लाग्ने गरेको एक सेवाग्राहीले गुनासो सुनाए । साभार : आईएनएस/स्वतन्त्र समाचार सेवा 

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि