वीरगंज (पर्सा), १० मंसिर । पर्साकाे छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत कृष्ण ठाकुर हाजिर भएकाे १५ दिन भन्दा बढी भएपनि खाता संचालन नहुँदा विकास निर्माणकाे काम प्रभावित भएकाे छ । अधिकृत ठाकुर कार्तिक २४ गते नै गाउँपालिकामा हाजिर भएपनि हाल सम्म खाता संचालन हुन सकेकाे छैन । खाता संचालन नहुँदा विकास निर्माणकाे काम प्रभावित भएकाे स्वम् जनप्रतिनिधिहरुले नै वताएका छन् ।
गाउँपालिका अध्यक्ष मनाेज कुमार गुप्ताले कोलनिकाको हाकिम नहुँदा खाता खुल्न नसकेकाे वताएका थिए । तर काेलनिकाकाे हाकिम यज्ञराज उप्रेति वीरगंज आएपनि खाता संचालन हुन सकेकाे छैन् । गाउँपालिकामा निमिति प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना अन्तर्गत खाता संचालनमा ढिलाई गरिएकाे समाचार स्राेतले जनाएकाे छ । स्राेतका अनुसार प्रमुख प्रशासकिय अधिकृत ठाकुरलाई केही दिन प्रशासनिक काम मात्र गराएर गाउँपालिकाबाट पठाउने गाउँपालिकाका केही जनप्रतिनिधि र कर्मचारीहरुकाे याेजना रहेकाे छ ।
साेही याेजना अन्तर्गत खाता संचालनमा ढिलाई हुँदा गाउँपालिका आर्थिक कामकाज प्रभावित भएकाे हाे । छिपहरमाईकाे यस अघिकाे प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र प्रसाद साहकाे सरुवा गराएर निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना बनाइएपनि संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले साे याेजना विफल बनाइदिएकाे थियाे ।
सुरुमा मन्त्रालयले पठाएकाे नयाँ प्रमुख प्रशासकिय अधिकृत ठाकुरलाई हाजिर नै नगराउने याेजना रहेपनि त्यसाे हुन सकेन । अधिकृत ठाकुर हाजिर भएपनि अब खाता संचालनमा अवराेध सृजना गरिएकाे छ । यस विषयमा बुझ्न प्रमुख प्रशासकिय अधिकृत ठाकुरसंग फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।
प्रतिक्रिया दिनुहोस् !