सिरहा, ७ मंसिर । सिरहाको मिर्चैया नगरपालिका-९ मा अवस्थित पौराणिक एवं धार्मिक पर्यटकीय स्थल कमलदहमा आजदेखि मेला सुरु भएको छ । हरिबोधिनी एकादशीको दिनदेखि तीन दिनसम्म लाग्ने ऐतिहासिक कमलदह मेला आजदेखि विधिवत् सुरु भएको हो । मेलाको उद्घाटन एक कार्यक्रमका बिच मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले गरेका हुन् ।
मेलाको उद्घाटन गर्दै मन्त्री सिंहले कमलदह जस्तो ऐतिहासिक ठाउँमा आउन पाउँदा आफू सौभाग्यशाली महसुस गरिरहेको बताए । कमलदहको विकासका लागि आफूले पहल गर्ने पनि उनले बताए । राज्य र सरोकारवालाको उपेक्षामा परेको कमलदहको विकास गर्न सकिए देशकै नमूना पर्यटकीय गन्तव्य बन्नसक्ने विश्वास उनले व्यक्त गरे ।
मेलामा कुस्ती, सांस्कृतिक, मनोरञ्जनात्मक लगायतका विभिन्न किसिमका कार्यक्रम आयोजना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस् !