Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दर्जनौँ ठेक्का अलपत्र पार्ने बद्नाम रौनियारलाई ओलीले माला अबिर लगाउँदै एमालेमा गरे स्वागत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ६, २०८०
दर्जनौँ ठेक्का अलपत्र पार्ने बद्नाम रौनियारलाई ओलीले माला अबिर लगाउँदै एमालेमा गरे स्वागत

वीरगंज (पर्सा), ७ मंसिर । अनियमिततामा अदालतबाट दन्डित भएका पूर्वसांसद हरिनारायण रौनियारलाई एमालले स्वागत गरेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली भएको बेला विवादास्पद पप्पु कन्ट्रक्सनका संचालक समेत रहेका रौनियारले ठेक्कापट्टामा अनियमितता गरेको भन्दै अख्तियारले अनुशन्धान कारवाही अगाडि बढाएपछि उनी सांसद पदबाट निलम्बनमा परेका थिए ।

नेपाल कम्यनिष्ट पार्टी एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओली रौनियारको जन्मथलो पोखरियामा पुगेर रौनियारलाई पार्टीमा प्रवेश गराएा हुन । जनता समाजवादी पार्टी (जसपा) छाडेर उनी मंगलबार एमाले छिरेका हुन् । पर्साको पोखरियामा आयोजित बृहत पार्टी प्रवेश तथा बिशाल आमसभा कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई अबिर र माला लागउदै पार्टीमा भित्र्याउनु भएको हो । रौनियार २०७४ को निर्वाचनमा पर्सा ३ बाट एमाले उम्मेदवारलाई हराउँदै जसपाको टिकटमा सांसद निर्वाचित भएका थिए ।

देशभर दर्जनौँ निर्माणको ठेक्का लिएर अलपत्र पारेका उनी बदनाम ठेकेदारको रुपमा परिचित छन् । पोखरीयमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अर्थिक संकटबाट निकास दिने पार्टी एमाले मात्रै भएको दाबी गरेका छन् । पूर्वप्रधानमन्त्री ओलीले आगामी चुनावमा एमालेको सरकार नै बन्ने ठोकुवा गरे। पार्टीले देशमा संगठन विस्तारको अभियान चलाइरहेको बताउदै देशैभरी पार्टी प्रति देखिएको आकर्षणले २०८४ को चुनावमा एमालेको एकल सरकार बन्ने उनले निश्चित गरे।

नेता ओलीले एमाले बाहेक कुनै पनि पार्टीले देशलाई समृद्ध बनाउन नसक्ने ठोकुवा गर्दै अहिलेको बेथिती र विसंगतीबाट बाहिर निकाल्ने एमाले सरकारको विकल्प नै भएको जिकिर गरे । छिमेकी मुलुकहरुसंग समान हैसियत बनाएर अगाडि बढ्ने नेतृत्व क्षमता एमाले पार्टिसगं मात्र रहेको बताउदै उनले भगवान रामको जन्म ठोरीको अयोध्यापुरीमा नै भएको पुन दाबी गरे । उनेले भने, ‘अहिले भारतले राम मन्दिर बनाइरहेको अयोध्या भगवान रामको जन्मभूमी होइन, डेढ सय वर्षपहिलासम्म अयोध्याको नाम फैजलावाद थियो, वास्तविक रामको जन्मभूमि त नेपालको ठोरी हो भन्ने कुरा कतिपय विद्धानहरुले प्रमाणित गरिसकेका छन ,धर्मशास्त्रमै उल्लेख छ ।

एक अर्को प्रसंगमा बोल्दै नेता ओलीले दुर्गा प्रसाईंलाई नयाँ तत्वहरुको सिखण्डीको संज्ञा दिए । ‘शाही सेना भएको राजालाई फाल्ने एमाले कसैसंग झुक्दैन’ नेता ओेलीले भने, ‘गठबन्धन सरकारको बेथितीका कारण नै ती सिखण्डीहरु सक्रिय भएका हुन ।’ कार्यक्रममा पप्पु कन्ट्रक्सनका पुर्व सञ्चालक एवम जसपाका केन्द्रिय सदस्या हरिनारायण रौनियार विभिन्न पार्टिका पदाधिकारीहरु एमालेमा प्रवेश गरेका छन । जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व सांसद रौनियारलाई अध्यक्ष ओलीले अबीरको टीका र माला लगाएर एमालेमा प्रवेश गराएका थिए।

२०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रौनियारसंगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवी लगायत विभिन्न पार्टीका सयौं नेताकार्यकर्ता पनि एमाले प्रवेश गरे । पार्टी प्रवेश कार्यक्रममा बोल्दै पप्पु कन्ट्रक्सनका संस्थापक प्रमुख समेत रहेका रौनियारले जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दालाई भजाएर सत्तामा पुग्ने निजी स्वार्थमा लागेकाले आफुले जसपा परित्याग गरेको बताउनु भयो । उनले एमाले अध्यक्ष केपी ओलीबाटै देशको विकास र समृद्धि सम्भव रहेकाले आफु एमाले प्रवेश गरेको बताउनु भयो ।

एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्माको अध्यक्षतामा आयोजित कार्यक्रमलाई एमाले केन्द्रीय सचिव योगेश भट्टराई ,रघुवीर महासेठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, ज्वाला साह, अच्युत मैनाली,केन्द्रीय सदस्यहरु अरविन्द सिंह, राजकुमार गुप्ता लगायतले पनि सम्बोधन गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजका मेयर राजेशमान सिंह प्रहरी नियन्त्रणमा, अनुसन्धानको लागि अदालतमा उपस्थित गराइयो

वीरगंजका मेयर राजेशमान सिंह प्रहरी नियन्त्रणमा, अनुसन्धानको लागि अदालतमा उपस्थित गराइयो

जेष्ठ १९, २०८३
रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि