वीरगंज (पर्सा), २ मंसिर । हिन्दुहरुको महान पर्व छठ पुजाको अवसरमा नेपाली काँग्रेसका नेता एवं कार्यकर्ता रुस्तम शेखले गरिब, असहाय परिवारलाई छठ पर्वको लागि खाद्यान्न सामाग्री सहित कपडा वितरण गरेका छन् । प्रत्येक वर्ष झै यस वर्ष पनि छठ पर्व गर्ने ५५ जना गरिब असहाय परिवारलाई छठ पर्वको सामाग्री सहित लत्ताकपडा वितरण गरेका हुन् ।
छठ पर्व गर्ने तर पैसा अभाव भएका परिवारहरुलाई पुजाको लागि खाद्यान्न सामाग्री सहित कपडा वितरण गरिएको रुस्तम शेखले जानकारी दिए । उनका अनुसार कतिपय गरिब, असहाय परिवार पैसा अभावमा छठ पर्व गर्न कठिनाई भइरहेको अवस्थामा उनीहरुलाई धार्मिक कार्यमा प्रोत्साहन गर्नको लागि खाद्यान्न सामाग्री सहित लत्ता कपडा वितरण गरिएको बताए । उनले छठ ब्रत गर्ने महिलाहरुको लागि साडी तथा छठपुजाको लागि प्रसाद बनाउन प्रयोग हुने खाद्यान्न सामाग्री आटा वितरण गरेका हुन् ।
उनले वीरगंज महानगरपालिका वडा नम्बर १३ का ५५ जना गरिब, असहाय, विपिन एवं एकल महिलाहरुलाई साडी र आटा वितरण गरिएको बताए । धार्मिक कार्यमा सहयोग गर्न पाउँदा आफू गर्वान्वित महसुस गरेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस् !