Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरकारी गाडीमा कर्मचारी श्रीमतीको रजाई, घरायसी सामान किनमेल गर्न भारतीय बजारसम्म

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २, २०८०
सरकारी गाडीमा कर्मचारी श्रीमतीको रजाई, घरायसी सामान किनमेल गर्न भारतीय बजारसम्म

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २ मंसिर । सरकारी स्वामित्वमा रहेको सवारी साधनको दुरुपयोग गर्ने कार्य रोकिएको छैन । विगतदेखि पटक पटक सरकारी सवारीको दुरुपयोगबारे समाचारहरु प्रकाशन हुँदै आएको एवं सामाजिक सञ्जालमा विरोध हुँदापनि सरकारी गाडी दुरुपयोगको कार्य रोकिएको छैन । सरकारी कार्यालयको कामकाज भन्दा पनि हाकिम एवं कर्मचारीका श्रीमतीहरुले आफ्नो निजी कामको लागि सरकारी गाडीको दुरुपयोग गर्ने कार्य बढ्दै गएको हो ।

जनताको सेवा गर्ने क्रममा पालिका तथा सरकारी कार्यालयको कामको लागि आवत जावत गर्न सरकारले उपलब्ध गराएको सरकारी नम्बर प्लेटको गाडी पालिकाका जनप्रतिनिधिका आफन्त, श्रीमती तथा कर्मचारीको श्रीमतीहरु चढेर घरायसी सामान किनमेल गर्न रक्सौल पुग्ने गरेको पाइएको हो । घरायसी सामान किनमेल गर्न सरकारी गाडी भारतीय सिमावर्ती सहर रक्सौल स्थित थुप्रै हेर्न सकिन्छ । खास गरेर सार्वजनिक विदाको दिन सरकारी गाडी कार्यालय प्रमुख तथा जनप्रतिनिधिका आफन्तले किनमेलको लागि भारतीय सिमावर्ती सहर रक्सौल लगेको पाइएको छ । स्थलगत अनुगमनको क्रममा भारतको रक्सौल स्थित भारतीय आयल कर्पोरेशनको दक्षिणपट्टि रहेको सवारी पार्किङ्गमा थुप्रै संख्यामा नेपाल सरकारले उपलब्ध गराएको सवारी पार्किङ्ग गरेको अवस्थामा देख्न सकिन्छ ।

अहिले तिहार तथा छठ पर्वको बेला घरासयी सामान किन्न कर्मचारी एवं जनप्रतिनिधिका श्रीमतीहरु सरकारी गाडी चढेर रक्सौल बजार पुग्ने गरेको छ्यापछ्याप्ती देख्न सकिन्छ । शुक्रबार साँझ रक्सौल बजारको पार्किङ्ग स्थलमा ‘प्रदेश २-०३-००१ झ ०००५, बा. १ झ ७६८९’ नम्बरको सरकारी गाडी पार्किङ्ग स्थलमा पार्क गरि राखिएको थियो । दुबै गाडीमा महिला सवार भई घरायसी सामान किनमेल गर्न रक्सौल बजार पुगेका थिए । सरकारी गाडी लिएर आएका सवारी चालकसँग बुझ्दा आफूले केही नगरेको, जसले गाडी ल्याएको छ उसैसँग गएर बुझ्न भनि त्यहाँबाट फरार भएका थिए ।

यो त उदाहारणको पात्र मात्रै हुन्, पर्सा जिल्लामा रहेका १४ वटा पालिकाहरु सिमावर्ती क्षेत्रमा पर्ने अधिकाँश पालिकाको गाडी भारतीय सिमावर्ती सहरमा पुग्ने गरेको पाइन्छ । यहाँ स्थित सरकारी कार्यालयका कर्मचारीका श्रीमतीहरु पनि सरकारी गाडी चढेर घरायसी सामान किन्न रक्सौल बजारसम्म पुग्ने गरेको पाइन्छ । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा त तस्करहरुले ल्याउने सामान भन्दा पनि बढि सामान लोड गरेर खुलेयाम मुख्य भन्सार हुँदै ल्याउने गरेको सहजै देख्न सकिन्छ ।

यसरी सरकारी नम्बरको गाडी लिएर सिमावर्ती सहरमा सामान किनमेल गर्न जाँदा कोही कसैले रोकटोक समेत गर्ने गरेको छैन । कार्यालयको काम गर्नका निम्ति मात्रै सरकारी गाडी प्रयोग गर्न पाउने प्रावधान रहेको अवस्थामा यहाँका कर्मचारीहरु खुलेयाम आफ्नो घरायसी सामान किनमेल गर्न रक्सौल आउजाउ गर्ने गरेका छन् । सरकारी गाडीमा बोकी भारतीय सिमावर्ती सहरबाट सामान ल्याउँदा भन्सार स्थित सुरक्षाकर्मीले रोकटोक नगर्ने, जति सामान भएपनि चेकजाँच नहुने, त्यसमा पनि आफ्नो निजी खर्च पनि नहुने कारणले गर्दा पनि जनप्रतिनिधि तथा कर्मचारी पत्निहरु सरकारी गाडीको दुरुपयोग गर्ने गरेको पाइन्छ ।

सम्बन्धित नियामक निकाय जिल्ला प्रशासन कार्यालयको कमजोरीको कारण पनि जिल्लाका पालिका लगायत सरकारी कार्यालयहरुको गाडीको खुलेयाम दुरुपयोग हुने गरेको छ । यसो पनि सार्वजनिक विदाको दिन सरकारी गाडी चलाउन नपाइने अवस्थामा नियम कानूनलाई लत्याउँदै सरकारी निकायका कर्मचारी श्रीमती एवं जनप्रतिनिधिका श्रीमतीहरुले सरकारी गाडीको दुरुपयोग गर्ने गरेका छन् । स्थानीय निकायका जनप्रतिनिधि एवं कर्मचारी श्रीमतीहरुले सरकारी गाडीको दुरुपयोग गरेको यो पहिलो घटना पनि होइन, पटक पटक यो विषयको उठान गरिएको छ तर सम्बन्धित निकायको लाचारीपनको कारण सरकारी गाडी दुरुपयोगमा कमि हुनुको साथै झन बढ्दै गएको पाइन्छ ।

सामान्यता सरकारी विदामा सरकारी गाडी चलाउन पाइँदैन, तर कुनै यस्तो कार्यालय हुन्छ, फिल्डमा जानुपर्ने हुन्छ, शान्ति सुरक्षा कायम गर्न जानुपर्ने हुन्छ, त्यस्तो अवस्थामा जिल्ला प्रशासन कार्याल्यबाट सवारी पास जारी गरिन्छ र त्यसले मात्रै गाडी चलाउन पाउँछ तर यसरी अनुमति नलिई सरकारी विदाको दिन चलाउने गाडीलाई जिल्ला प्रशासन कार्यालयले रोक्न सकेको छैन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि