Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा रास्वपा पर्सा जसपा नेपाल पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छठ पर्वसम्म श्रीसिया नदी प्रदूषण नगर्ने उद्याेगीहरुकाे प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १७, २०८०
छठ पर्वसम्म श्रीसिया नदी प्रदूषण नगर्ने उद्याेगीहरुकाे प्रतिबद्धता

वीरगंज (पर्सा), १७ कात्तिक । वीरगंजकाे सिर्सिया नदीलाई प्रदूषित गर्दै आएका उद्योगीहरूले छठ पर्वसम्म मात्रै नदीलाई प्रदूषण नगर्ने प्रतिबद्धता जनाएका छन् । वीरगंज उद्योग वाणिज्य सङ्घको अग्रसरतामा बिहीबार बसेको सरोकारवाला उद्योगीहरूको बैठकमा उद्योगका सञ्चालकहरूले आगामी दीपावलीदेखि छठ पर्वसम्म सिर्सिया नदीमा प्रदूषण र फोहोर पानी बिर्सजन नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

श्रीसिया नदीमा फाेहर पानी फाल्ने उद्याेगीहरुलाई बाेलाएर हिन्दुहरुकाे महान पर्व छठ सम्म नदीमा फाेहर पानी नफाल्न आग्रह गरिएको वीरगंज उद्याेग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवालले वताए । त्यस अनुसार नै उद्याेगीहरुले प्रतिवद्ध समेत जनाएकाे उनले वताए । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे दबावमा यस्ताे आग्रह गरिएकाे पनि उनले वताए । त्यसपछि पनि श्रीसिया नदीमा फाेहर फाल्ने उद्याेगहरु आफै जिम्मेवार हुने पनि बैठकमा भनिएकाे अध्यक्ष अग्रवालले जानकारी दिए ।

छठ सम्म मात्र किन ? प्रश्नकाे जवाफमा अध्यक्ष अग्रवालले भने “छठ लगत्तै फेरि वृहत् बैठक बसेर नदीलाई दीर्घकालसम्म कसरी सफा र स्वच्छ राख्न सकिन्छ भन्ने विषयमा ठोस कार्य योजना बनाउँछौ । अहिले हिन्दुहरुको महान पर्व छठ नजिक रहेकाेले तत्कालकाे लागि श्रीसिया नदी सफा राख्न यस्ताे अग्राह गरिएकाे हाे ।’ अग्रवालकै अध्यक्षतामा बसेको बैठकमा मरियम लेदर इण्डष्ट्रिज, नारायणी लेदर इण्डष्ट्रिज, शिवशक्ति घ्यू उद्योग, अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स, नेपाल लेदर इण्डष्ट्रिज, ग्लोबल लेदर इण्डष्ट्रिज, मारुती पेयर मिल्स, दुर्गा पल्पस इण्डष्ट्रिज लगायत अन्य उद्योगका सञ्चालकहरूको सहभागिता रहेको थियो ।

वीरगंजकाे लाइफ लाइनका रूपमा रहेको सिर्सिया नदी विगत तीन दशकदेखि प्रदूषणको सिकार बन्दै आएको छ । पर्सा–बारा औद्योगिक कोरिडोरमा रहेका मध्ये करिब ४५ उद्योगहरूले उद्योगबाट निस्कने फोहोर जन्य पदार्थ र रसायनयुक्त फोहोर पानी सिधै नदीमा विसर्जन गर्दै आएका कारण नदी प्रदूषित बनेको हो । नदीलाई प्रदूषण मुक्त बनाउने अभियान थालेको वीरगंज महानगरपालिकाले पाँच वटा उद्योगहरूलाई जनही तीन-तीन लाख रुपैयाँका दरले जरिवाना गर्दासमेत उद्योगहरूले नदीमा फोहोर र प्रदूषित पानी सिधै विसर्जन गर्दै आइ नै रहेका छन् ।

अघिल्लो महिना मात्रै वीरगंज महानगरपालिकाले आर्थिक जरिवाना गर्दासमेत उद्योगहरूले अटेर गर्दै आएकाले अब नदी प्रदूषित गर्ने उद्योग शील गर्ने चेतावनी समेत दिएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३
पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि