Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रधानाध्यापक सर्राफ हत्याको मुख्य कारण ‘प्रेम सम्बन्ध’ ! सुटरलाई पक्राउ गर्न बारा प्रहरी असफल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १५, २०८०
प्रधानाध्यापक सर्राफ हत्याको मुख्य कारण ‘प्रेम सम्बन्ध’ ! सुटरलाई पक्राउ गर्न बारा प्रहरी असफल

कलैया (बारा), १५ कात्तिक । बाराको सदरमुकाम कलैयामा गत १३ गते सोमबार दिनदहाडै गोली हानिएको घटनामा ‘प्रेम सम्बन्ध’ रहेको बारा प्रहरीले पुष्टि गरेको छ । कलैया उपमहानगरपालिका वडा नं. ६ मदरसा टोल स्थित सोमबार दिउँसो करिब १ बजेको समयमा बाल एकता बोर्डिङ्ग स्कुलका संचालक एवं प्रधानाध्यापक ३५ वर्षीय गुड्डु भनिने रुपेश सर्राफलाई अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । मोटर साइकलमा आएका दुई जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए । गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि वीरगंज स्थित वयोधा अस्पतालमा लगिएको थियो भने बयोधा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

यस घटनाको मुख्य कारण नै ‘प्रेम सम्बन्ध’ रहेको बारा प्रहरीको भनाई छ । दोहोरो प्रेममा परेकी सर्राफकै स्कुलमा लेखापालमा कार्यरत पूर्व कर्मचारी कलैया – ६ निवासी २२ वर्षीय राधा गुप्ताकै कारण प्रधानाध्यापक रुपेश सर्राफको गोली हानी हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ । बुधबार बारा प्रहरीले पत्रकार सम्मेलन गर्दै हत्याको मुख्य कारण नै ‘अवैध सम्बन्ध’ रहेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । उनका अनुसार मृतक रुपेश सर्राफ विवाहित रहेपनि उनी र पूर्व कर्मचारी राधा गुप्ताबीच प्रेम सम्बन्ध रहेको र राधा गुप्ता भारत निवासी मनोज गुप्ताको प्रेम सम्बन्धमा रहेका थिए । भारतीय प्रेमी मनोज गुप्ता पनि विवाहित छन् । दोहोरो प्रेममा परेकी राधाले रुपेश सर्राफसँगको सम्बन्धमा खटपट भएपछि राधा गुप्ता र उनका अर्का भारत निवासी प्रेमी मनोज गुप्ताले मिलेर हत्या गराएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।

राधाकै योजनामा प्रेमी मनोजले भारतबाट सूटरहरु बोलाएर सोमबार दिउँसो रुपेशको हत्या गराएको प्रहरी उपरीक्षक काफलले बताए । रुपेशलाई गोली हान्ने बखत भारतका चार जना सुटर र मनोज आफैंपनि संलग्न थिए । दुई वटा मोटरसाइकलमा सवार भई आएका भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना १ सुकलहीया निवासी २५ बर्षीय सुजित कुमार सिंह, सोही ठाउँ निवासी चञ्चल पाण्डे, २२ बर्षीय मनिष सहनी र २० बर्षीय कामेश्वर सहनीले सर्राफलाई गोली हानेका थिए । सर्राफको हत्यामा संलग्न मुख्य योजनाकार राधासहित पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । मुख्य योजनाकार कलैया ६ मदर्शा टोलकी २२ बर्षीय राधा गुप्ता सहित सोही टोल निवासी ३४ बर्षीय जमिल अख्तर, कलैया – ९ रामपुर निवासी २६ बर्षीय रियाज अन्सारी, भारत बिहार घोडासहन जगीराकोटी निवासी २३ बर्षीय चन्दन कुमार र छिमेकी २३ बर्षीय अभिनव कुमार राजपुत रहेका छन् । तिनीहरुमध्ये राधा मुख्य योजनाकार छन् भने जमिल र रियाज सहयोगी तथा चन्दन र अभिनव सुटर ग्याङको सदस्य रहेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । सर्राफललाई गोली हान्ने चारै जना भारतीय सुटर र राधाका प्रेमी मनोज गुप्ता फरार छन् ।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार राधा भारतीय नागरिक मनोजसँग तीन वर्षदेखि प्रेम सम्बन्धमा थिइन् । २०७९ साल बैशाखदेखि राधा रुपेशको स्कुलमा लेखापाल पदमा काम गर्न थालेपछि उनी रुपेशसँगपनि नजिकिएकी थिइन् । राधा रुपेशसँग नजिकिएको मनोजले थाहा पाएपछि मनोजले राधालाई स्कुल छाड्न दबाब दिदै आएको र राधासँग टाढा रहन रुपेशलाई पटक पटक धम्की समेत दिदै आएका थिए । राधाकै विषयलाई लिएर रुपेश र मनोजबीच पटक पटक विवाद पनि हुँदै आएको थियो । तीन महिना अघि साउन महिनामा पनि रुपेशको हत्या गर्ने प्रयास भएको थियो तर त्यस बखत रुपेशले त्यो घटनालाई दबाएका थिए । यति हुँदापनि रुपेश र राधाबीचको घनिष्टता कम नभएपछि मनोज रुपेशको विद्यालयमै पुगेर राधालाई कुटपिट समेत गरेका थिए त्यस पश्चात राधाले स्कुल छाडेकी थिइन् । स्कुल छाडेपनि रुपेशले राधासँगको सम्बन्ध नतोडेपछि राधाकै योजनामा भारतीय प्रेमी मनोजले भारतबाट सुटरहरु बोलाएर रुपेशको हत्या गराएको अनुसन्धानको क्रममा खुलेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।

अपराधीलाई पक्राउ गर्न बारा प्रहरी असफल
बारा प्रहरीले यस घटनामा संलग्न अपराधीहरुलाई पक्राउ गर्न असफल भएको छ । पत्रकार सम्मेलनमा हत्याको मुख्य योजनाकार र उनका सहयोगीहरुलाई सार्वजनिक गरिएपनि मुख्य अपराधीहरुभने अहिलेसम्म फरार छन् । प्रहरीले यस घटनामा सफल भएको दाबी गरि रहँदा पनि असफल रहेको देखिन्छ । पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ समेत दिन नसकेपछि प्रहरी उपरीक्षक काफ्ले हिँडेका थिए । अनुसन्धानको क्रममा तयार पारिएको फाइललाई सरासर पढेर सुनाई पत्रकारहरुको प्रश्नको जवाफ नै नदिई उठेर हिँडेका थिए । घटनाको अपराधी ५ जनामध्ये कोही पक्राउ पर्न नसकेको कारण बाराबासीमा त्रास अहिलेपनि यथावत नै छ ।

मुख्य योजनाकार एवं सहयोगीहरुलाई सार्वजनिक गरेर यो घटनाको टुँगो लगाउन खोजेपछि सुटरहरु पक्राउ पर्न नसक्नुले कलैयामा सुरक्षा चुनौति अहिलेपनि कायमै रहेको देखिन्छ । गोली काण्डको सुटर यो भन्दा अघि पनि गोली हानी हत्या गरेका थिए । उनीहरु प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका अपराधीहरु हुन् । तिनीहरुमाथि प्रहरीले निगरानी पनि गरि रहेको तर प्रहरीको निगरानीमा रहेका ति अपराधीहरु पुनः सदरमुकामको मुख्य बजारमा नै पुनः गोली हानेर फरार हुनले कलैयाको सुरक्षा व्यवस्थामाथि अझ चुनौति थपिएको छ । सुटरहरु पक्राउ पर्न नसकेको कारण यस्ता घटना पुनः दोहोरिन नसक्ने भन्ने अवस्था नरहेको जानकारहरुको बुझाई छ । घटनालाई सामसुम पार्नकै लागि हतार हतारमा पत्रकार सम्मेलन गर्नुले बारा प्रहरीको अनुसन्धानमाथि नै प्रश्न चिन्ह् खडा भएको छ ।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका ५ जना अभियुक्तमध्ये रियाज अन्सारीका परिवारले बारा प्रहरीले यो घटनालाई टुँगो लगाउनको लागि निर्दोष व्यक्तिलाई फसाएको आरोप लगाएका थिए । जिल्ला प्रहरी कार्यालय बाराकै परिसरमा भेटिएका रियाज अन्सारीका परिवारजनले अभियुक्त बताइएका रियाजको यो घटनामा कुनै संलग्नता नरहेको दाबी गरेका हुन् । रुपेशलाई गोली लागेपछि त्यही रहेका रियाजले उनलाई अस्पताल लैजान सहयोग गरेको अवस्थामा अपराधीलाई पक्राउ गर्न नसकेका बारा प्रहरीले रियाजलाई नै यस घटनाको सहयोगीको रुपमा बताएर सार्वजनिक गरेको बताए । पत्रकार सम्मेलनमा पनि अभियुक्त भनिएकाहरुलाई सार्वजनिक पनि गरिएको थिएन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि