Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिल्ला नेतृत्व कमजोर हुँदा पार्टी नाजुक अवस्थामा पुगेको छ : प्रमुख सचेतक यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १५, २०८०
जिल्ला नेतृत्व कमजोर हुँदा पार्टी नाजुक अवस्थामा पुगेको छ : प्रमुख सचेतक यादव

वीरगंज (पर्सा), १५ कात्तिक । जनता समाजवादी पार्टी नेपाल पर्साले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका जिल्लाभरका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै पार्टीका प्रमुख सचेतक समेत रहनु भएका पर्सा क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य प्रदीप यादबले पार्टी मजबुद हुँदाहुँदै पनि नेतृत्व कमजोर हुँदा पार्टी नाजुक अवस्थामा पुगेको भए पनि अहिले आएको नयाँ नेतृत्वले पार्टी चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो ।

‘संगठन छ, नेता कार्यकर्ता छन् तर पनि जिल्ला कमाण्डर (नेतृत्व) कमजोर र अरुको बैशाखी बन्दा पार्टी नाजुक बन्न पुग्यो,’ उहाँले भन्नुभयो, ‘अरुको बैशाखी बनेको कमजोर नेतृत्वलाई जिल्लाभरका साथीहरुको प्रयासले पाखा लगाएर मजबुद नेतृत्व चयन गरेसँगै पर्टीमा उत्साह र चलायमान बन्ने आशा जगाएको छ ।’ अब पार्टीको कार्यक्रम दिनहुँ हुने भन्दै उहाँले पार्टी चलायमान र गतिशील बनाउँदै जिल्लाको चार वटै क्षेत्रमा पार्टीलाई बलियो बनाउने अभियान अघि बढ्ने बताउनु भयो ।

फरक प्रसंगमा उहाँले अहिले देशको राजनीतिक अवस्था ठिक नभएको भन्दै संघीयतालाई धराप पार्न केही तत्व लागि परेको बताउनु भयो । तराईलाई मरुभुमीकरण बनाउने षड्यन्त्र स्वरुप सरकारले सदनमा पेश गर्न लागेको विधेयक फिर्ता नल्याए सरकार बाटै आफूहरु बाहिरिने चेतावनी पनि दिनुभयो । कार्यक्रममा जसपाका केन्द्रीय सदस्य समेत रहनु भएका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पर्सा जिल्लाका १/२ जना बाहेकका सबै नेता कार्यकर्ताको साथ रहेकाले यही आधिकारीक रहेको बताउनु भयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मोहनलाल चौधरी, जनार्धन यादब, भीमा यादब, संघीय परिषद सदस्य विपिन यादव, शिवजी शोनी, जिल्ला समन्वय समितिका सभापति अजय सर्राफ, प्रेमबाबु पटेल, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।
पार्टीका जिल्ला अध्यक्ष सिंगासन साह तेलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण पार्टीका लजिल्ला सचिव उमेशलाल सहनीले गर्नु भएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३
खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

जेष्ठ २६, २०८३
विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

जेष्ठ २६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि