Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छुरा प्रहार गरि कान्छी श्रीमती हत्या आरोपमा श्रीमान् एवं जेठी श्रीमती पक्राउ, सासु र ससुरा फरार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १३, २०८०
छुरा प्रहार गरि कान्छी श्रीमती हत्या आरोपमा श्रीमान् एवं जेठी श्रीमती पक्राउ, सासु र ससुरा फरार

वीरगंज (पर्सा), १३ कात्तिक । पर्सा प्रहरीले कान्छी श्रीमती हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाको वडा नं. १४ बहुअरी निवासी ४५ बर्षीय एजहारूल हक अन्सारी रहेका छन् । घरायसी विवादका कारण आफ्नै कान्छी श्रीमतीलाई कुटपिट गरि धारिलो चक्कुले छाती तथा पेटमा प्रहार गरि हत्या गरेको आरोपमा अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

उनका अनुसार एजहारुलहकले आफ्नै कान्छी श्रीमती २८ बर्षिय महिमा खातुनलाई कात्तिक ४ गते राति अन्दाजी ८ः३० बजेको समयमा घरायसी विवादका कारण कुटपिट गर्नुको साथै छुरा प्रहार गरि घाइते बनाएका थिए । गम्भिर घाईते महिमाको उपचारको क्रममा घटना भएको भोली पल्टै विहान १०ः३० बजे वीरगंज स्थित वीरगंज हेल्थ केयर अस्पतालमा मृत्यु भएको थियो । मृतकको शव पोष्टमार्टमा वीरगंज स्थित नारायणी अस्पतालमा गरिएको थियो । घटना भएकै दिन महिमाको हत्यामा संलग्न एजहारुलकी जेठी श्रीमती ३८ बर्षीय नुरजहान खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो तर छुरा प्रहार गर्ने श्रीमान एजहारुल फरार भएका थिए । एजहारुलाई प्रहरीले कात्तिक ६ गते नै पक्राउ गरेपनि ७ दिनपछि १३ गते (आज) सोमबार मात्र सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार घरायसी विवादका कारण ससुरा ६५ बर्षीय फजल करिम मियाँ, सासु आमा ६३ बर्षीय सरिफन खातुन र सौता वर्ष ३८ की नुरजहान खातुन समेतले मृतक महिमालाई कुटपिट गरेको र सोही क्रममा अभियुक्त एजहारूलहकले धारिलो हतियार छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अहिले पनि घटनामा संलग्न मृतकका ससुरा फजल र सासु आमा सरिफन फरार नै छन् । पक्राउ परेका अभियुक्तहरूलाई पर्सा जिल्ला अदालतबाट १२ दिनको म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र अन्य अभियुक्तहरूको खोजी कार्य भरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जेठी श्रीमतीसँग सन्तान नभएपछि इजहारुलले जिल्ला बारा कलैया उपमहानगरपालिकाको घुसुकपुरुवा निवासी मृतक महिमासँग विवाह गरेका थिए । महिमाको एउटा ३ बर्षीय छोरी र एक बर्षीय छोरा छन् । वीरगंजकै राधेमाई स्थित ब्युटीपार्लर संचालन गर्दै आएकी मृतक महिमा केही समय पहिला श्रीमान इजहारुल विरुद्ध अदालतमा अंशको मुद्दा दिएकी थिइन् । मुद्दा हाल विचाराधीन अवस्थामा रहेको उनका आफन्तजनले जनाएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि