वीरगंज (पर्सा), ११ कात्तिक । दशैँ अवधिमा पर्सामा विभिन्न २२ वटा दुर्घटना भएका छन् । दशैंको सप्तमीदेखि विजयादशमी सम्ममा दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे सवारी साधनहरु गरी जम्मा २२ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्सामा दशैंको समयमा मोटरसाईकल २३ वटा, कार ७ वटा, दुईवटा ट्रक र दुई वटा साईकल तथा अटो ३ वटा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएकाे हाे । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भने, ३८ जना घाइते भएका छन् ।
यसैगरी ट्राफिक नियम उल्लंघन गरी चलाएका २२ वटा सवारी साधनहरुबाट ३ लाख ५७ हजार राजस्व समेत संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खटिवडाले जानकारी दिए । यो दशैंमा गतबर्ष भन्दा कम दुर्घटना भएकाे ट्राफिक प्रहरी निरीक्षक खतिवडाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस् !