Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सशस्त्र प्रहरीकै संरक्षणमा सँस्थागत तस्करी, सेटिङ्गमा तस्करीका सामान बजारसम्म

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १०, २०८०
सशस्त्र प्रहरीकै संरक्षणमा सँस्थागत तस्करी, सेटिङ्गमा तस्करीका सामान बजारसम्म

वीरगंज (पर्सा), १० कात्तिक । नेपाल भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै संरक्षणमा पर्साको ग्रामीण क्षेत्रका विभिन्न नाकाहरूबाट तस्करी बढेको छ । सशस्त्र प्रहरीले जिल्लाको सदरमुकाममा कडाई गरेजस्तो देखिएपनि ग्रामीण क्षेत्रमा तस्करीमा कुनै कमी कमजोरी नराखेको पाइएको हो । सानोतिनो सामानहरु पक्राउ गरेर केही काम देखाउन खोजेपनि संस्थागत तस्करी भने रोकिएको छैन । जिल्लामा खुला सीमाना भएकाले तस्करहरुलाई अबैध रुपमा सामान नेपाल भित्र्याउन सहज भएको छ । सशस्त्र प्रहरीले दैनिक सानोतिनो सामान बरामद गरेको देखाएर ठूलो परिमाणको तस्करीको सामानहरु सेटिङ्गमा छाड्ने गरेको हो ।

वीरगंज मुल भन्सार नाकाबाट अबैध सामान आउन कडाई गरेको देखाएपनि तस्करीको सामान भने निर्वाध रुपमा वीरगंज बजारसम्म भित्रि रहेको छ । सशस्त्र प्रहरीका हाकिमसँग सेटिङ्ग मिलाएका तस्करहरुले भन्सार कार्यालय अगाडि सशस्त्र प्रहरीको चेकिङ्ग गर्ने स्थानमा आफै उभेर सशस्त्र प्रहरीका जवानहरुले सामान रोकेपछि ‘दाई ठीक छ, भईसक्या छ’ भनेर छाड्न लगाउने गरेको स्थलगत रिपोर्टिङ्गको क्रममा पाइएको हो । त्यसको साथसाथै रातिको समयमा वीरगंज भन्सारको अन्य नाकाहरुबाट कपडा, काजु, हार्डवेयरका सामानहरु साइकलमा निर्वाध रुपमा तस्करी हुने गरेको छ ।

यसैगरि तस्करहरुले वीरगंज भन्सारको साथसाथै पर्साको ग्रामीण नाका नाकालाई तस्करीको ट्रान्जिट प्वाइन्ट बनाएका छन् । ग्रामीण नाकाहरू जानकीटोला भिस्वा, मिर्जापुर, दसावता, पाण्डेपुर, मालीबस्ती, बिजयबस्ती र ठोरी लगायतका नाकाहरुबाट निर्वाध रुपमा तस्करीको सामानहरु नेपाल भित्रि रहेको छ । नाका स्थित सशस्त्र प्रहरीका बिओपीका हाकिमहरुलाई सेटिङ्ग गरि भारतीय बजारबाट तस्करीका सामानहरु २०/२५ वटा मोटरसाईकल प्रयगो गरेर सामानहरु वीरगंज, महुवन, लखनपुर, लङ्गडी, जितपुर सिमरा देखि काठमाडौंसम्म पुग्ने गरेको छ ।

नेपाल भारत सीमा नाकामा दर्जनौं सशस्त्र प्रहरीको चेकिङ्ग प्वान्ट हुँदा रातभरी मोटरसाईल ओहोरदोहोर गर्दा समेत कुनै रोकटोक छैन । तर कुनै सर्वसाधारण आए तिनीहरुले सीमा पारी आउन सक्दैनन् । ‘नयाँ जोगीले बढी खरानी घसेझै’ नयाँ नयाँमा बढी हल्ला गरेको जस्तो देखिएको स्थानीयहरुको भनाई छ । केही स्थानबाट तस्करी गरेको सामान समातेजस्तो गर्ने तर निश्चित नाकाबाट तस्करी संस्थागत तस्करी भने दिनहुँ भइरहेको उनीहरुको भनाई छ ।

तस्करहरुले पर्साको ग्रामीण नाकाको जगरनाथपुर गाउँपालिका वडा नं. २ को दशौता नाका बढी उपयोग गरेका छन् । गाउँका मानिसहरु सबै राती सुतिसकेपछि दशौता नाका प्रयोग गरेर दशौतालमै भन्ने स्थानमा झारेर सामान तस्करी भएको स्थानीयको भनाई छ । उता भिस्वा जानकीटोलको दसौवता र पाण्डेपुर नाकाबाट दिनहँु जसो साँझ ६ बजेदेखिनै भारतीय बजारबाट कपडा, काजु, हार्डवेयर, बोइलर कुखुरा, सेतो अण्डा, किराना समाग्री, राङ्गा भैसी लगायतको सामानहरु तस्करी हुने गरेको छ ।

दशौता नाकाबाट तस्करी गरि ल्याइएको पशु चौपायाहरुलाई जगरनाथपुर स्थित हाटबजारमा खरिद विक्री हुने गरेको छ । भारतबाट ल्याइएको भैसी, पाडाहरुलाई हप्ताको दुई दिन आइतवार र बिहिवार लाग्ने जगरनाथपुर पशुहाट बजारमा विक्री वितरण गरि बिल बिजक बनाई हेटौडादेखि काठमाडौंसम्म पुर्‍याउने गरिएको छ । अवैध रुपमा भारतबाट ल्याइएको पशु चौपायाहरुलाई बैधानिक बनाउनका लागि स्थानीय निकायका जनप्रतिनिधिहरुले सिफारिस गर्ने गरेको पनि पाइएको छ । ‘दुधको साक्षी विरालो’ भएझै अवैध रुपमा भित्र्याइएका चौपायाहरुलाई वैधानिक बनाउन वडाध्यक्षहरुले सिफारिस गर्ने गरेको बताइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरियाका तत्कालीन अधिकृत पाण्डेसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि