Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज प्रतिनिधिसभा निर्वाचन पर्सामा चुनावी सरगर्मी उत्कर्षमा रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट प्रतिनिधिसभा उम्मेदवार रास्वपा सभापति रवि लामिछाने पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सशस्त्र प्रहरीको दोहोरो चरित्र : दिनमा कडाई, रातमा तस्करी, तस्करीका सामान धमाधम बरामद हुँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २, २०८०
सशस्त्र प्रहरीको दोहोरो चरित्र : दिनमा कडाई, रातमा तस्करी, तस्करीका सामान धमाधम बरामद हुँदै

वीरगंज (पर्सा), २ कात्तिक । सशस्त्र प्रहरीले वीरगंज भन्सार नाकाबाट सानो तिनो घरायसी सामानलाई रोकेर तस्करीको लाइन खोलेको पाइएको छ । रक्सौल बजारबाट घरायसी सामान किनेर ल्याउने सर्वसाधारणहरुले वीरगंज भन्सार नाकामा सशस्त्र प्रहरीको तनाव खेप्नु परेको छ भने तस्करहरुले सशस्त्र प्रहरीको आशिर्वादमा वीरगंजको इनर्वा, अलौं, सिर्सिया, भेलाही, प्रसौनीभाठ्ठा, अमरपट्टि, सिक्टा भिस्वा नाकाबाट तस्करीको लाइन खुलाएको बताइएको हो ।

देखाउनको लागि दिनको समयमा वीरगंज भन्सार मुख्य गेटमा सिसिटिभी जडान गरि सशस्त्र प्रहरीले अर्को नाकाबाट कपडा, काजु, हार्डवेयर लगायतका सामानको तस्करीको लाइन खोलेको बताइएको छ । अहिले वीरगंजको इनर्वा बाँसघारी, बलिरामपुर, अलौं, सिर्सिया, भेलाही, प्रसौनीभाठ्ठा, अमरपट्टि, सिक्टा भिस्वा लगायतको नाकाबाट व्यापक कपडा, काजु, हार्डवेयर, इलेक्ट्रोनिक सामान तथा भैसीको तस्करी भइरहेको छ । विगतमा वीरगंजको इनर्वा नाकाबाट तस्करी गर्ने कुख्यात कपडाको तस्कर अहिले वीरगंज लगायत ग्रामीण नाकाबाट तस्करी कार्यलाई तिब्रता दिएका हुन् ।

वीरगंज स्थित सशस्त्र प्रहरीको १३ नं. गणका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्यको आशिर्वादले रातिको समयमा अहिरवा टोला, बलिरामपुर, इनर्वा, नगवा हुँदै वीरगंजको मुख्य बजारसम्म तस्करीको सामान पुग्ने गरेको छ भने दिनमा व्यापक कडाई नौटंकी गरिँदैछ । देखाउनको लागि भन्सार कार्यालयमा दिनमा कडाई गरेर रातिको १० बजेपछि तस्करीको लाइन खोलिएको हो । पोकामा सामान ल्याउने महिलाहरुको सामान खोसेर सशस्त्र प्रहरीले ठूलै तस्करी नियन्त्रण गरि रहेको देखाउन खोजेतापनि रातिको समयमा सशस्त्र प्रहरीकै मिलोमतोमा व्यापक तस्करी भइरहेको छ ।

वीरगंज भन्सारमा सशस्त्र प्रहरीले लछार पछार जस्ता कार्य गर्नुले घरायसी सामान किनेर ल्याउने सर्वसाधारणहरुले पनि सास्ती खेप्नु परेको छ । इनर्वा गाउँका महिलाहरुले पनि सानोतिनो सामान ल्याउँदा सशस्त्र प्रहरीहरुले लछार पछार गरि सामान खोस्ने गरेका छन् । सानोतिनो सामान ल्याई आफ्नो दैनिकी जीवन चलाइँरहेका गरिब, असहाय, एकल महिलाहरु प्रभावित बनेका छन् ।

अहिले दिनहुँ वीरगंज भन्सार कार्यालय अगाडि महिलाहरुको समूह जम्मा हुने, सशस्त्र प्रहरीसँग विवाद गर्ने जस्ता कार्यहरु गरि रहेको देख्न सकिन्छ । सशस्त्र प्रहरीको यो रवैयाबाट नेपाल भारत सीमा क्षेत्रका नेपाली महिलाहरु काम गर्न नपाएर दैनिकी जीवन चलाउन समेत समस्या भएको दुःखेसो पोखी रहेका छन् । दुईचार वटा लुगा ल्याएर दुई तीनसय रुपैया कमाएर बालबच्चा पाल्ने एकल महिलाहरु दिनहुँ भन्सार कार्यालय अगाडि रोएर बस्नुपर्ने अवस्था सृजना भएको छ ।

दुई पटकमा मात्रै ५३ लाखभन्दा बढीका भन्सार छलिका सामान बरामद
असोज २५ गते पर्सा प्रहरीले भारतबाट तस्करी गरी ल्याइएको ५० लाख भन्दा बढि मूल्य बराबरको कम्प्युटर पार्ट्स बरामद गर्यो । वीरगंज महानगरपालिका – ५ स्थित अजय सिंहले आफ्नै चारतल्ले घरमा संचालन गरेको एडी कम्प्युटर सप्लायर्समा शनिबार साँझ छापा मारी ५१ लाख २६ हजार ७०० रुपैयाँ मूल्यको कम्प्युटर, ल्यापटप, हार्डडिक्स लगायतका इलेक्ट्रोनिक्स समान बरामद गरेको थियो ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बीर्ताका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुष्कर बोगटी नेतृत्वको प्रहरी टोलीले छापामारी गरि सिंहको चार तल्ले घरको भुईँ तल्लामा बिलबिजक नभएको कम्प्युटर, ल्यापटप तथा इलेकट्रोनिक्स सामानहरू अनधिकृत रूपमा भण्डारण गरेर राखिएको अवस्थामा फेला पारेको थियो । सिंहको घरमा डेल मिनी सिपीयु ७० थान, सिस्टम बिनाको डेल मिनी सीपीयु ३० थान, बिना सिस्टमको डेल सीपीयु बक्स ४१ थान, डेल सिपीयु बक्स ६० थान, डेल सिपीयु सेट ७६ थान, जियोनिक्स हार्डडिक्स ८८ थान, डेल मनिटर ४२ थान, माउस ५ सय ५० थान, मनिटरको तार ३ सय १२ थान, सीसीटिभीको तार १८ हजार मिटर, मदरबोर्ड २५ थान, ग्राफिक कार्ड ११ थान, कुलीङ फ्यान १९ थान, ल्यापटपको चार्जाज १ सय ३१ थान, क्याट – ६ तार एक रोल र ड्रिल मेसिन एक थान बरामद भएको थियो ।

इमान्दारीको ढोल पिट्ने सशस्त्र प्रहरीले नेपाल भारत सीमा क्षेत्रमा के गर्दैछ ? कि यत्रो ठूलो मात्रामा कम्प्युटर पार्ट्स वीरगंजसम्म आइपुग्यो ? यो खोजविनको विषय हो । सशस्त्र प्रहरीको मिलोमतो नभएसम्म एक किलो चिनी त वीरगंजसम्म आउन सक्दैन भने यत्रो ठूलो परिमाणमा इलेक्ट्रोनिक सामान वीरगंज बजारबाट बरामद हुनुले पनि सशस्त्र प्रहरीले तस्करीको लाइन खुलाएको पुष्टि हुन्छ । केही दिन अघि मात्रै सशस्त्र प्रहरीले वीरगंज महानगरपालिका ५ रेल्वे रोडबाट २ लाख ८१ हजार रुपैयाँ बराबरको भन्सार छली चोरीपैठारीको लत्ताकपडा र साईकल पक्राउ गरेको थियो । वीरगंज बजारबाट अवैध सामान बरामद गर्नुले पनि सीमा क्षेत्रमा खटेका सशस्त्र प्रहरीको काम कार्यवाही प्रष्ट देखिन्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्याब्सन पर्साको अन्तर-विद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु

प्याब्सन पर्साको अन्तर-विद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु

माघ ८, २०८२
निर्वाचन प्रहरीप्रतिको उत्साह: रोजगारी र राष्ट्रसेवाको खोजीमा नारायणी रङ्गशालामा आमाहरुको भीड !

निर्वाचन प्रहरीप्रतिको उत्साह: रोजगारी र राष्ट्रसेवाको खोजीमा नारायणी रङ्गशालामा आमाहरुको भीड !

माघ ८, २०८२
दुई जितपछि तेश्रोको खोजीः पर्सा-१ मा फेरि इतिहास दोहोर्‍याउन ‘प्रदीप यादव’ मैदानमा

दुई जितपछि तेश्रोको खोजीः पर्सा-१ मा फेरि इतिहास दोहोर्‍याउन ‘प्रदीप यादव’ मैदानमा

माघ ८, २०८२
‘नाराभन्दा नीति रोज्ने उम्मेदवार’: पर्सा-१ मा नेकपाबाट अजय चौरसियाको राजनीतिक उदय !

‘नाराभन्दा नीति रोज्ने उम्मेदवार’: पर्सा-१ मा नेकपाबाट अजय चौरसियाको राजनीतिक उदय !

माघ ७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि