Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विवादित प्रमुख प्रशासकीय अधिकृत पाललाई जनप्रतिनिधिहरुले उनकै कार्यकक्षमा गरे घेराउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २९, २०८०
विवादित प्रमुख प्रशासकीय अधिकृत पाललाई जनप्रतिनिधिहरुले उनकै कार्यकक्षमा गरे घेराउ

कलैया (बारा), २९ असोज । बाराको सुवर्ण गाउँपालिकाका जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई उनकै कार्यकक्षमा घेराउ गरेका छन् । सुवर्ण गाउँपालिका उपाध्यक्ष पुनम कुमारीको अगुवाईमा पाँचजना वडाअध्यक्ष र तीनजना कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत पालकै कार्यकक्षमा करिब चार घण्टा सम्म घेराउ गरेका हुन् ।

आव २०८०/०८१ को गाउँसभाबाट पारित भएको निणर्यको प्रमाणित प्रतिलिपी, रेडबुकको प्रमाणित प्रतिलिपी र बैठकबाट निणर्य भएको इन्धन खर्चको विवरण पटक पटक माग गर्दा प्रमुख प्रशासकीय अधिकृत पालले दिन नमानेपछि उनलाई घेराउ गरिएको हो । गाउँसभाबाट पारित भएका ति निणर्यहरुको प्रमाणित प्रतिलिपी नदिएपछि असोज २३ गते उपाध्यक्षकै नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाइएको थियो तर प्रशासन कार्यालयबाट केही चासो नदिएपछि सोमबार प्रमुख प्रशासकीय अधिकृत पाललाई उनकै कार्यकक्षमा घेराउ गरिएको बताइएको छ ।

अधिकृत पालले आफ्नो मनोमानी रुपमा कार्यालय संचालन गर्न खोज्दा जनप्रतिनिधिहरुले उनले गरेको कामको विवरण सहित कार्यपालिका बैठकबाट भएको निणर्य माग गरेको थियो । अधिकृत पाल जुन गाउँपालिकामा गएपनि विवादमा पर्दै आएका छन् । गाउँपालिकामा विवाद उत्पन्न भई अधिकृतलाई जनप्रतिनिधिहरुले उनकै कार्यकक्षमा घेराउ गरेपछि जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको प्रहरी टोलीले विवादलाई साम्य पारेको थियो भने विवादलाई टुङ्गोमा लगाउन प्रहरीले छलफल गराई रहेको बताइएको छ ।

अधिकृत पाल राजनीति संरक्षणमा पालिकामा खुलेयाम भ्रष्टाचारी गर्ने गरेको जनप्रतिनिधिहरुको गुनासो छ । जनप्रतिनिधिहरुलाई पाखा लगाई मनोमानी रुपमा पालिका संचालन गर्न खोजेपछि अधिकृत पाल जुन पालिकामा गएपनि विवादमा पर्ने गरेका छन् । यो भन्दा पहिला त्यही पालिकाबाट विवादमा परि अन्यत्र सरुवा भएका पाल पुनः त्यही पालिकामा सरुवा गराएर आएका हुन् । त्यो भन्दा अगाडि पनि बारागढी गाउँपालिकामा गएपछि विवाद उत्पन्न भएको थियो । त्यस पश्चात जबरजस्ती हाजिर भएपनि दुई हप्ता नवित्दै पुनः उनको अर्को पालिकामा सरुवा भएको थियो ।

विवादित अधिकृतको रुपमा चिनिने पाल कार्यदक्षतामा पनि फितलो छन् । पालिकाको प्रत्येक बजेटमा कमिशन लिएर मात्रै काम गर्नमा माहिर मानिएका अधिकृत पाल सधैं विवादमा पर्दै आएका छन् तर पनि कारवाही गर्ने निकाय नै संरक्षण गर्दै आएको छ । जसले गर्दा भ्रष्टाचार गर्नमा उनको मनोबल झन बढ्दै गएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि