• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २९ असोज । पर्सा जिल्लामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गएको छ । साँघुरो सडकसंगै बढ्दो सहरीकरण र सवारीसाधानको चाँपले जिल्लाको ट्राफिक व्यवस्थापनमा चुनौती थपीदै गएको छ । जथाभावी पार्कीङ गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने क्रम नरोकिएपछि दुरघटना हुने जोखिम बढदो छ ।
पर्सामा केहीसमय यतादेखि ट्राफिक व्यवस्थापनमा चुनौती थपिदै गएको छ । सांघुरो सडक, बढ्दै गएको जनसंख्यासंगै सवारीसाधनमा वृद्धि हुँदै गएपछि दिन प्रतिदिन ट्राफिक व्यवस्था अस्तव्यस्त बन्दै गएको हो । जथाभावी पार्कीङ र ट्राफिक नियमको व्यापक उल्लंघनले पनि ट्राफिक व्यवस्थापन फितलो बनेको छ भने वीरगञ्जका मुख्य सडकहरुमा ट्राफिक जामको समस्या बढ्न थालेको छ ।
यतीबेला ट्राफिक प्रहरीलाई ई–रिक्साको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । पर्सामा ६ सय भन्दा बढी इ–रिक्सा संचालनमा छन् । यसको उचित व्यवस्थापन हुन नसक्दा ट्राफिक समस्या झन बढ्दै गएको छ । जिल्लाको ट्राफिक व्यवस्था चुस्तदुरुस्त बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले बेलाबेलामा साताव्यापी सचेतनामुलक कार्यक्रम संचालन गरेपनि खासै प्रभावकारी हुन सकेको छैन । त्यस्तै जेब्रा क्रसिङको अभावका कारण पैदलयात्रुलाई सडक वारपार गर्न कठिनाई हुने गरेको छ । सवारी चालकहरुले पनि ट्राफिक नियमको वेवास्ता गरेर सवारी हाँकीदिँदा झनै समस्या छ ।
वीरगञ्जको मुख्य सडकहरुमा ट्राफिक प्रहरीहरु नभएका होईन्न, तर ट्राफिक नियम उल्ंघन भए नभएको प्रति वास्ता गरेको पाईदैन । वीरगञ्जमा पार्कीङको अभाव भएपछि महानगरपालिकाले ५ सथानमा पार्कीङको व्यवस्था गरेको छ । यद्यपी अधिकांश सवारीसाधन भने सडक किनारामा मै पार्कीङ गर्ने गरेका छन् । यसतर्फ समेत ट्राफिक प्रहरीको ध्यान गएको छैन । ट्राफिक प्रहरीहरु ड्युटी भन्दा पनि आफन्तसँग गफगाफ गर्ने, छेउछाउमा बस्ने तथा आफैमा व्यस्त हुने गरेको कारण पनि वीरगंजमा ट्राफिक जामको समस्या हुने गरेको स्थानीयहरुको भनाई छ । मुख्य सडकहरुमा ट्राफिक प्रहरीहरुको खासै उपस्थिति नहुने गरेको उनीहरुको भनाई छ ।
यता आर्थिक वर्ष २०७८/७९ मा सानाठूला गरी ३ सय ८४ वटा सवारी दुर्घटना भएको छ जसमध्ये ३९ जनाको मृत्यु भएको छ भने ३ सय ७ जना घाईते भएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा सानाठूला गरी ४ सय ९८ वटा सवारी दुर्घटना भएको छ । जसमध्ये ३९ जनाले ज्यान गुमाएका छन् भने ४ सय ६ जना घाइते भएका छन् । प्रत्येक वर्ष जिल्लामा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
यस्तै आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उलंघन गरेको आरोपमा प्रहरीले ३० हजार ७ सय ९४ सवारीसाधनलाई कारवाही गरि २ करोड ८५ लाख २१ हजार १ सय ५० रुपैयाँ राजश्व संकलन गरेको छ भने गत आर्थिक वर्ष २०७९/८० मा ३५ हजार ५ सय ३४ सवारीसाधनलाई कारवाही गर्दा ३ करोड ४२ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।
यता जिल्ल टाफिक कार्यलय पर्साका प्रहरी निरीक्षक भास्कर खतिवडाले ट्राफिक प्रहरीहरुले पाएको जिम्म्ेवारी ईमानदारीपूर्वक निर्वाह नगरेको स्विकार गरेका छन् । उनले सर्वसाधारणहरुको गुनासो आएपछि गैरजिम्मेवार ट्राफिक प्रहरीलाई कारवाही गर्ने चेतावनी दिएको बताए ।
यता लामोसमय पछि वीरगञ्जको मुख्यसडक घण्टाघरमा ट्राफिक लाईट जडान गरियो, केहीदिन त्यसको प्रयोग गरियो तर अहिले भने ट्राफिक प्रहरीको मनलाग्दी छ, जडान गरिएको ट्राफिक लाईट सातामा एकपटक मात्र संचालनमा आउने गरेको छ । यस सन्दर्भमा ट्राफिक प्रहरी निरीक्षक खतिवडाले प्राविधिक कारणले नियमित रुपमा संचालन गर्न नसकेको बताए । उनले विभिन्न क्षेत्रमा ट्राफिक लाईट जडान गरे मात्र मुख्य सडकमा ट्राफिक व्यवस्थापन हुने बताए ।
हाल जिल्लामा ५० जना ट्राफिक प्रहरी कार्यरत छन् । जनशक्ति अभावका कारण पनि पर्सामा ट्राफिक व्यवस्थापन हुन सकेको छैन । यद्यपी सवारीचालक तथा पैदलयात्रुहरुले ट्राफिक निमयको पालना गरे पनि जिल्लाको ट्राफिक व्यस्थापनमा केही हदसम्म पक्कै सुधार हने स्थानीय बुद्धिजिवीहरु बताउँछन् ।
















प्रतिक्रिया दिनुहोस् !