Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

२८ करोडको लागतमा निर्मित ‘होल्डिङ्ग सेन्टर’ प्रयोगविहीन, संकट आए प्रयोग गरिन्छ : प्रजिअ रेग्मी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २९, २०८०
२८ करोडको लागतमा निर्मित ‘होल्डिङ्ग सेन्टर’ प्रयोगविहीन, संकट आए प्रयोग गरिन्छ : प्रजिअ रेग्मी

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २९ असोज । नेपाल सरकारले वीरगंज भन्सार स्थित निर्माण गरेको होल्डिङ्ग सेन्टर प्रयोगविहीन अवस्थामा छ । कोरोना महामारीको बखत सरकारले भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई राख्नको लागि वीरगंज लगायत नेपाल भारत सिमासँग जोडिएको ८ स्थानमा होल्डिङ्ग सेन्टर निर्माण गरेको हो । नेपाली सेनाको निगरानीमा बीरगंज भन्सार कार्यलयको गोदाममा करिब १ हजार व्यक्ति अटाउन सक्ने क्षमताको उक्त होल्डिङ्ग सेन्टर अहिले अलपत्र अवस्थामा छ । होल्डिङ्ग सेन्टर अहिले नेपाली सेनाको प्रत्यक्ष निगरानी छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भारतबाट वीरगंज नाकाहँदै भित्रिने नेपाली नागरिकहरुलाई क्वारेन्टिनमा राखी खान, बस्न तथा चिकित्सँग सेवा निःशुल्क रुपमा उपलब्ध गराउने योजना अनुरुप होडिल्ङ्ग सेन्टर निमाणर् कार्य गरिएको थियो । क्वाराईन्टिनमा बस्नका लागि ५० जना अट्ने गरि २० वटा हल, एक प्रशासनीक भवन, एक सेन्ट्रल किचेन गरि कुल २२ भवनको निर्माण गरिएको छ भने सुविधायुक्त शौचालय पनि निर्माण गरिएको छ ।

कोरोनाको पहिलो तथा दाश्रो लहरमा क्वारेन्टिन अभावका कारण विद्यालय तथा कलेजहरुलाई क्वारेन्टिन बनाईएको भन्दै सरकारको निकै आलोचना भएको थियो । सोही कुरालाई मध्यनजर गर्दै नेपाल सरकारले वि.स. २०७८ वैशाख ५ गते मन्त्रीपरिषद्को निणर्य अनुरुप कोरोना रोकथाम तथा नियन्त्रणकोे उदेश्य सहित मुलुकका विभिन्न ८ नाकामा होल्डिङ सेन्टर निर्माण कार्यलाई अघि बढाएको थियो ।

२८ करोडको लागतमा १ हजार व्यक्ति अटाउन सक्ने क्षमताको होल्डिङ्ग सेन्टर निर्माण गरेको हो । वीरगंज भन्सार कार्यालयको पश्चिमपट्टिको गोदाम नजिक रहेको करिब २ विघा जग्गामा २०७८ असार २५ गतेदेखि होल्डिङ सेन्टरको निर्माण कार्य शुरु गरेको थियो । नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा हनुमान कन्सट्रक्सन ललितपुरले उक्त ठेक्का पाएको थियो । निर्माण शुरु भएको ९ महिना अर्थात २०७८ चैत्र अन्तिम सम्ममा सम्पन्न भएको थियो । तर सरकारको त्यत्रो ठूलो लगानीमा निर्माण गरिएको होल्डिङ्ग सेन्टर प्रयोगमा आउन सकेको छैन ।

भारतबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्नका लागि कुल ६० वटा भवन निर्माण गरिएको छ । जसमध्ये १३ वटा भान्सा घर, २२ वटा शौचालय छन् भने १ हजार व्यक्ति अट्ने गरि २२ वटा क्वारेन्टिन भवन छन् । उक्त होल्डिङ्ग सेन्टरमा राखिएको ९ सय बेडमा सामान्य लक्षण भएकाहरुलाई राखिने छ भने बाँकी १ सय वेड जटिल अवस्थाको बिरामीलाई राखिने छ । यसैगरी अन्य ३ वटा एसी सहितको भवन अनुगमन गर्न आउने सरकारी प्रतिनिधिका लागि समेत निर्माण गरिएको छ ।

यसबारे पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले होल्डिङ्ग सेन्टर नेपाली सेनाको प्रत्यक्ष निगरानीमा रहेको बताए । उनले नेपाल सरकारको आदेशानुसार संरक्षण सम्वद्र्धन गर्नुपर्ने मात्रै भएकोले सेनालाई हस्तान्तरण गरि संरक्षणको जिम्मा लगाइएको बताए । कोरोना संक्रमणको बखत होल्डिङ्ग सेन्टर निर्माण गरिएपनि हाल त्यो प्रयोगमा नरहेपनि मुलुकमै तत्काल कुनै विपत्त, संकट आएको बखत सरकारको निर्देशनमा त्यसलाई प्रयोग गरिने बताए । संकट आउने वित्तिकै तत्कालै भौतिक संरचना निर्माण गर्न नसकिने भएको देशकै ठूलो योजनाको रुपमा रहेको होल्डिङ्ग सेन्टरलाई सरकारको निर्देशनमा कुनैपनि बखत संकट आएको बेला प्रयोग गर्न सकिने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

१५ वर्षदेखिको बेवास्तापछि नगवा ‘नहरको सडक’मा अस्थायी राहत, स्थायी समाधानको माग यथावत

साउन १२, २०८३
निर्माणाधीन पुलछेउको पानी जमेको खाल्डोमा डुबेर दुई दिदीबहिनीको मृत्यु

निर्माणाधीन पुलछेउको पानी जमेको खाल्डोमा डुबेर दुई दिदीबहिनीको मृत्यु

साउन १२, २०८३
नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

साउन १२, २०८३
चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

चिकित्सकमाथि आक्रमण र प्रहरी दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेक सेवा ठप्प

साउन १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि