Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राजस्व अनुसन्धान विभागले बार्गेनिङ गरेर व्यापारीलाई दु:ख दियो: सांसद प्रदीप यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २६, २०८०
सांसद यादवले आवाज उठाएपछि बक्यौता विद्युत् महसुल तिर्न सूचना जारी

वीरगंज (पर्सा), २६ असोज । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले राजस्व अनुसन्धान विभागले व्यापारीलाई दु:ख दिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले मन्दीका कारण व्यापार व्यवसाय चौपट भएका बेला राजस्व विभागले अनावश्यक रुपमा छापा मारेर दु:ख दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

‘मन्दीका कारण वीरगंजसहित देशभर व्यापार चौपट भएको छ । उद्योग कलकारखानाले आफ्नो उत्पादनमा आधा कटौती गरी जसोतसो चलिरहेका छन् । उत्पादन पनि बजारमा नपाएको अवस्था छ । मन्दी भएको बेला व्यवसायीलाई राहत दिनुको साटो प्रधानमन्त्री कार्यालय मातहतमा रहको राजस्व अनुसन्धान विभागले सानो ठूलो व्यापारीलाई दुख दिने काम गरिरहेको छ,’ उनले भने । कसैको बहिखाता त कसैको कम्प्युटर उठाउने, कसैलाई यसै तनाव दिने, अनि कम्प्युटरमा केही फेला नपरेपछि अनावश्यक जरिवाना गरिदिने, कुनै न कुनै बहाना लगाएर जरिवाना गरिदिने र दु:ख दिने काम राजस्व विभागले देशभरी नै गरिरहेको उनको दाबी थियो ।

‘कालीमाटीका तरकारी व्यवसायी, आलुप्याज व्यवसायी, कुलेश्वरका फलमण्डकीका व्यापारी, वीरगंजका कलकारखाना व्यवसाय गरिरहेका व्यवसायीलाई दुख दिने, फोन गरेर तुरुन्त बहिखाता लिएर आउनुस् भन्ने, तर्साउने अनि बीचमा बार्गेनिङको काम गर्ने, दलालहरु सक्रिय पार्ने गरिरहेको छ,’ उनले भने, ‘त्यसकारण प्रधानमन्त्रीजीलाई मेरो अनुरोध छ, मातहत रहेको राजस्व अनुसन्धान विभागलाई नियन्त्रणमा राखेर लगाम लगाउने काम सरकारले गरोस् ।‘

सांसद यादवले मिटरब्याजबाट पीडितलाई कानुनी दायरामा ल्याउन संसदले कानुन बनाए पनि त्यसको दुरुपयोग भएको दाबी गरे । ‘कानुन बनेपछि काम सुरु भयो तर अनुचेत लेनदेन पीडितको पक्षमा काम भएको छैन । पीडकको पक्षमा काम भइरहेको छ । जो सित पैसा छ, जसको पहुँच छ, जो बार्गेनिङ गर्न सक्छ, त्यसको पक्षमा अहिले काम भइरहेको छ,’ उनले भने, ‘गृह मन्त्रालयले निगरानी गर्नुपर्दैन ? गृह मातहतको सिडीओ कार्यालय के गरिरहेको छ ? वीरगंजमा परेको उजुरीमा ३९ प्रतिशतमात्रै पीडितको पक्षमा निर्णय भएको छ । बाँकी सबै पीडकको पक्षमा न्याय भएको छ । यसमा सरकारको ध्यान जाओस् ।’

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजका मेयर राजेशमान सिंह प्रहरी नियन्त्रणमा, अनुसन्धानको लागि अदालतमा उपस्थित गराइयो

वीरगंजका मेयर राजेशमान सिंह प्रहरी नियन्त्रणमा, अनुसन्धानको लागि अदालतमा उपस्थित गराइयो

जेष्ठ १९, २०८३
रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि