वीरगंज (पर्सा), २४ असोज । हेटाैंडाबाट पथलैया तर्फ जादै गरेकाे पिकअपमा ७० किलाे लागु औषध गाँजा बरामद भएकाे छ । उक्त लागु औषध गाँजा र पिकअप गाडी सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएकाे छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चाैकी रातोमाटे मकवानपुरबाट खटिएको संयुक्त टाेलीले मकवानपुर राक्सिराङ गाउँपालिका ५ निवासी २२ बर्षिय सन्देश प्रजा र साेही ठाउँ निवासी ३४ बर्षिय युबराज प्रजालाई नियन्त्रणमा लिएकाे हाे ।
हेटौडा उपमहानगरपालिकाकाे वडा नं. १५ रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व-पश्चिम सडकखण्डमा खटिएकाे चेकिङ टोलीले मंगलबार राति ११ बजे हेटौडाबाट वीरगंज तर्फ जादै गरेको ना ५३ प ३९३० नम्बरको माेटरसाइकलमा सवार दुबै जनामाथि शंका लागेर नियन्त्रणमा लिएकाे थियाे । चेकजाँच गर्ने क्रममा निजहरुको मोबाईल नियन्त्रणमा लिई सोधपुछ गर्दा निजहरुको मोबाईल मार्फत हेटौडा बाट पथलैया तर्फ जादै गरेको बा १२ च ९७४२ नं.को पिकअप गाडीमा ला.औ.गाँजा आउदै छ भन्ने सुचना प्राप्त भयाे ।
सूचना प्राप्त हुन साथ उक्त पिकअपलाई साेही ठाउँमा रोक्न खोज्दा प्रहरीलाई देखी भित्री सडक खण्ड तर्फ भाग्ने क्रममा बिक्रम चोक नजिक पिकअप गाडी छाडी चालक फरार भएको र सो गाडी चेक जाँच गर्दा गाडीको ढाला र क्याबिन मुनी ११ वटा पोकामा लागु औषध गाँजा ७० के.जी.फेला परेको जिल्ला प्रहरी कार्यालय मकावनपुरले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस् !