वीरगंज (पर्सा), २० असोज । वीरगंज महानगरपालिका वडा नं. १ निवासी पुनम देवीको हत्या प्रकरणमा अनुसन्धानको लागि प्रहरीले एकजना स्थानीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडा निवासी सुनिल सर्राफ रहेका छन् । छपकैया स्थित व्युटिपार्लर संचालन गर्दै आएकी पुनमको बिहीबार राति आफ्नै घरमा टाउकोमा चोट लागि गम्भिर अवस्थामा भेटिएकी थिइन् ।
स्थानीयका अनुसार शुक्रवार बिहान टाउँकोबाट रगत बगिरहेको अवस्थामा अचेत भेटिएकी पुनमलाई उपाचारको लागि नारायणी अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि नेशनल मेडिकल कलेजमा पठाइएको थियो । थप उपचारको लागि नेशनल मेडिकल कलेजमा लगेपछि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गरि रहेको छ । टाउकोमा घरेलु हतियारले हानेर पुनमलाई अचेत बनाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । अनुसन्धानकै क्रममा प्रहरीले पुनम देवीले संचालन गर्दै आएकी व्युटिपार्लरको घरसाहुका छोरा सुनिल सर्राफलाई पक्राउ गरेको हो । मृतक पुनमको टाउँकोमा ४/५ ठाउँमा गम्भीर चोट लागेको देखिएको छ ।
को हुन् सुनिल सर्राफ, र कसरी घटना यहाँसम्म पुग्यो ?
पक्राउ परेका सुनिल मृतक पुनमले ब्यूटिपार्लर सञ्चालन गर्दै आएकी घर साहुकाे छाेरा हुन् । पुनमले सुनिलकै घरमा भाडा लिएर ब्युटिपार्लर सञ्चालन गरिरहेकी थिइन् । सुनिलकाे पुनमसंग त्यहीँ ब्युटिपार्लरबाट नजिकि बढ्दै गएको प्रारम्भिक अनुसन्धानमा पाइएको छ । सुनिलकाे नजिकि व्युटिपार्लरसम्म मात्रै रहेन्, पुनम देवीको घरसम्म पुग्यो । सर्राफले पुनम देवीसँग फोन संवादलाई पनि बढाए । उनीहरु दुबैजनाको दैनिकी कुराकानी हुन थाल्यो ।
मृतक पुनम देबीको ‘कल डिटेल’ मा सुनिलकाे फोन नम्बरको पनि देखिएको छ । ‘कल डिटेल्स’का अनुसार सुनिलकाे मृतक पुनमको निरन्तर सम्पर्कमा रहेको देखिन्छ । यसरी ‘कल डिटेल्स’ को आधारबाट सुरु भएको प्रहरी अनुसन्धानले पहिलो चरणमै सुनिललाई नियन्त्रणमा लियो । पुनमको मृत्यु हुनुभन्दा अगाडि सर्राफसंग कुरा भएको देखिन्छ ।
प्रहरी अनुसन्धान पनि यहीबाट सुरु भएको छ, तर यही आरोपित हो भनेर प्रहरी अनुसन्धान भने टुंगो लागी नसकेको अवस्था छ । अहिलेसम्म सर्राफले ठोस बयान दिएका छैनन् । मृतक पुनमको शुक्रबार विहान हत्या भएको थियाे । घटनाबारे अझै अनुसन्धान भइरहेकाेले अहिले नै केही भन्न नसकिने प्रहरी अधिकारीहरुकाे भनाई छ ।
प्रतिक्रिया दिनुहोस् !