Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दशैंमा छैन व्यापार, ‘सुनसान वीरगंज बजार’, घरको भाडा तिर्न पनि धौ धौ ! किन छ मौन सरकार ?

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १७, २०८०
दशैंमा छैन व्यापार, ‘सुनसान वीरगंज बजार’, घरको भाडा तिर्न पनि धौ धौ ! किन छ मौन सरकार ?

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १७ असोज । हिन्दुहरुको महानपर्व दशैँ नजिकीदै गर्दा वीरगंजका बजारहरुमा भने खासै चहलपहल देखिएको छैन । विगतमा चाडपर्वको एकमहिना अघिबाट ग्राहकले भरिभराउ हुने मुख्य बजार यतिबेला सुनसान बनेको कारण व्यापारीहरु फुर्सदिला भएका छन् । कोभिड महामारी लगतै आर्थिक संकटबाट तग्रिन नपाउदै बढदो महंगीको कारण नेपालीहरु थप मारमा छन ।

मुलुकको आर्थिक नगरीको रुपमा चिनिने वीरगंज बजार चाडवाडको बेला पनि सुनसान छ । वर्षभरी ग्राहकको भिडले चहलपहल हुने गरेको वीरगंज बजारमा यतिबेला दशैँको मुखमा पनि ग्राहकको चहलपहल नहुँदा उद्योगी व्यवसायी निरास भएका छन् । कोरोना महामारीबाट थलिएको अर्थतन्त्र विस्तारै लयमा फर्कन नपाउँदै रुस युक्रेनको युद्धको कारण मुलुकमा थप आर्थिक संकट उत्पन्न भएको छ । जसकारण उपभोक्तहरुको क्रयशक्ति कम हुँदै गएकोले यसको नकारात्मक असर प्रत्यक्षरुपले वीरगंज बजारमा परेको छ ।

सरकारले मुलुकमा आर्थिक संकट उत्पन्न नभएको दाबी गरेपनि दिन प्रतिदिनको व्यापारघाटाले उद्योगी व्यवसायीले बैंकको ऋण तिर्न सकेका छैन्न । चाडवाडको समयमा थोरै भएपनि व्यापार हुने आस गरेका व्यापारीहरुले दशैँ आउन केहीदिन बाँँकी रहदा समेत बजारको अवस्थामा सुधार नआएपछि केहीले पसल खाली गरेका छन् भने केहीले आफ्नो पसल ब्रिकीमा राखेका छन् ।

उनीहरुले व्यापार नभएको कारण महिनौदेखि साहुलाई भाडा तिर्न नसकेको गुनासो गरेका छ्न । वीरगंजको माईस्थानमा कपडा पसल संचालन गर्दै आएका व्यापारी अनिलकुमार गुप्ताले पसलमा ग्राहक आउनै छाडेको बताए । उनले महंगीका कारण ग्राहकहरु किनमेलका लागि  रौक्सौल जाने गरेको गुनासो गरे । उनले यही अवस्था रहे, आगामी दिनमा पसल बन्द गरी काम खोज्न तर्फ लागी पर्ने बताए ।

यस्तै दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिदा उपभोक्ताको भान्सा नराम्ररी प्रभावित भएको छ । मन्दीको कारण खाद्य सामाग्रीमा भएको मूल्यवृद्धिले आफूहरु थप मारमा परेको यहाँका स्थानीयहरुले बताएका छन्  । विगतका चाडपर्वको बेला खुसीको माहोल हुने गरेकोमा यसपटक आफूहरुमा कुनै उत्साह नथपिएको उनीहरुको भनाई छ । भुकम्पदेखि विभिन्न आन्दोलनको सामना गरेको वीरगंजले यस्तो अवस्था कहिलै नदेखेको भन्दै यहाँका उद्योगीहरु चिन्तित भएका छन् ।

सरकारको गैरजिम्मेवारीपन र राष्ट्र बैंकको गलत नीतिले उद्योगी व्यवसायीहरु मारमा परेको वीरगञ्ज उद्योग वाणिज्य संघका अधयक्ष अनील अग्रवालले जानकारी दिए । उनले बारा–पर्सा औद्योगिक करिडोरमा रहेका ९० प्रतिशत उद्योगहरु बन्द हुने अवस्थामा आउँदा समेत सरकार मुखदर्शक भएको गुनासो गरे । बैंकको चर्काे ब्याजदर र उद्योग व्यापार ठप्प भएको कारण कर्मचारीलाई तलब दिन समेत दिन नसक्ने अवस्थाले अधिकांश उद्यागीहरुले रोजगारी कटौती गर्नुपरेको वीउवासंघका अध्यक्ष अग्रवालको भनाई छ ।

यता वीरगंज महानगरपालिकाले वीरगंजको बजारलाई चलायमान बनाउन घटस्थापनादखि ५ दिनसम्म रात्रि बजार संचालन गर्ने भएको छ । वैशाख देखि प्रत्येक महिनाको अन्तिममा संचालन गर्दै आएको रात्रि बजार गर्मीका कारण स्थगीत भएकोमा चाडपर्वलाई लक्षित गर्दै पुन संचालनमा ल्याउने भएको छ । यसले केहि हदसम्म स्थानीय व्यवसायीलाई राहत पुग्ने विश्वास लिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि